Thursday, April 23News That Matters

Author: डाँडाघरे खबर

कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

ताजा समाचार, मुख्य समाचर
बैशाख २० बिहीबार / पोखरा/ ट्राफिक प्रहरी कार्यालय कास्कीले आज २० गते बिहिवार फेरि ११ सार्वजनिक सवारी नियन्त्रणमा लिएको छ। पोखराको सडकमा जाचपास फेल भएका सार्वजनिक सवारी गुडिरहेको अवस्थामा चेकजाच गर्ने क्रममा ९ सवारि जाचपास फेल भएको र २ सवारी जाचपास साथमा नराखेकै कारण आज २० गते बिहिवारका दिन कास्की ट्राफिक प्रहरिले ११ सार्वजनिक सवारी लाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। यसो त हिजो बैशाख १९ गते बुधवारका दिन नगरक्षेत्रमा गुडिरहेका ३५ वसलाइ उपकरण सहित प्रदुषण चेकजाच गर्ने क्रममा ३० सवारि मा प्रदुषण देखिएको हुदा नियन्त्रणमा लिएर नियमानुसार कार्वाहिका लागि यातायात व्यवस्थापन कार्यालयमा पठाइएको कास्की ट्राफिक प्रहरि कार्यालय कास्किका वरिष्ठ प्रनानि तथा सुचना अधिकरि मीन खड्काले वताएका छन्।पोखरामा सडकमा गुड्ने सार्वजनिक सवारिले धुवाको मुस्लो फाल्दै सडकमा गुडिरहेको देखेर पनि ध्यान नदि...
पर्यटकिय राजधानी पोखराका सडकमा धुवाको मुस्लो ,उपकरण तथा जनशक्ति अभाव

पर्यटकिय राजधानी पोखराका सडकमा धुवाको मुस्लो ,उपकरण तथा जनशक्ति अभाव

ताजा समाचार, सडक सरोकार
केहिदिन  पहिला  हरियो रङ्ग भएको  सार्वजनिक नगरवस अघि अघि ट्राफिक प्रहरी दुइपाङ्ग्रे सवारीमा पछि पछि  सवारी गुडाउदै गरेको तस्बिर सहित सामाजिक सञ्जालमा एउटा पोष्ट भाइरलनै बन्यो ।  आम सर्वसाधारण फेसवुक प्रयोगकर्ताले आलोचनायुक्त कमेन्ट गरे त्यसपछि कास्की ट्राफिक प्रहरीले बैशाख १० गते पोखराको सडकमा धुवाको मुस्लो फाल्दै गुडि रहेको ग १ ख ८१२४ नम्बरको  हरियो रङ्गको एक नगरवसलाइ आफ्नो नियन्त्रणमा लिने काम गर्यो कारवाहिका लागि यातयात व्यवस्थापन कार्यालय समेत पठायो  । तब कतिपय नागरिकले सामाजिक सञ्जालमा मात्रै हैन अन्यत्र पनि  कास्की ट्राफिक प्रहरिले स्वागतयोग्य राम्रो काम गरेको भन्दै स्वागत गरे भने कतिपयले देखावटि  मात्र भनेर टिकाटिप्पणि पनि गरे ।  पोखरामा एक त सडक कहिले धुलाम्य हुने त कहिले हिलाम्य हुने  समस्या बाट अझै पनि ग्रस्तमुक्त हुन सकिरहेको छैन । त्यसमा...
लालिगुरास एशोसियसन क्लव द्वारा रक्तदान कार्यक्रम सम्पन्न

लालिगुरास एशोसियसन क्लव द्वारा रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार
आइतवार बैशाख१६ पोखरा / सामाजिक सेवा गर्दै आइरहेको लालिगुरास एशोसियसन क्लवले  यहि १५ गते  शनिवार  आफ्नो बाह्रौ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ।प्रमुख अतिथि तथा गण्डकी प्रदेस माननीय साँसद स्वरास्वस्ति गुरुङ्को प्रमुख आतिथ्यतामा उद्घाटन तथा  शुभारम्भ गरिएको थियोे ।   आयोजित रक्तदान कार्यक्रमको अवसरमा बिशिष्ट अतिथि  वडा नम्वर १३ वडा अध्यक्ष किरण वराल अतिथिमा अमरसिह उच्च माध्यामिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा १०२  युनिट रगत सङ्कलन भएको रक्तदान कार्यक्रमका सँयोजक इश्वर बस्यालले वताए।  अमरसिह खेलमैदानमा गरिएको रक्तदान कार्यक्रम क्लवका अध्यक्ष डम्वर सिह गुरुङको अध्यक्षतामा गरिएको थियोे भने कार्यक्रम सँयोजक इश्वर बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए। ...
अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

ताजा समाचार
जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ  ।अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङखला पोखराको रमणीय स्थल खास्टेताल किनारमा रहेको जेष्ठी बाराही मन्दिर परिसरमा सम्पन्न भएको हो  । पोखरा महानगरपालिका वडा नं २६ तथा खास्टेताल टोल विकाश संस्थाको स्थानीय व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्यिक मनहरुको उपस्थितिले तालको सुन्दरतामा अझै सुनमा सुगन्ध थपिएको महशुस गरेको वताए ।  वडाध्यक्ष थापाले साहित्य समाजको ऐना भएकाले त्यहाँको पर्यटन प्रवद्र्धन...
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

ताजा समाचार, मुख्य समाचर
बर्दिबास, १५ वैशाख ।पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए । नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको...
सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश त्रिपाठी

सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश त्रिपाठी

मनोरन्जन
काठमाण्डौ १५ वैशाख टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न  लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश त्रिपाठी जोडीएका छन् ।फिल्मको यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा छन् । निर्माताले आधिकारिकरुपमा केही नबताएपनि फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण विकास भएको छ । यो कमेडी–सोसल ड्रामामा सागर लम्साल ‘बले’ र दीपक आचार्य ‘काकु’ कलाकार हुने र कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने खबर यसअघि नै सार्वजनिक भइसकेको छ । निर्माताले अधिकारिक घोषणा नहुञ्जेलसम्म सूचनालाई बाहिर आउन नदिन निकै प्रयास गरिरहेका छन् । यद्यपि, यो फिल्मको कास्टिङ रोचक हुने पक्का छ । स्रोतका अनुसार यो फिल्ममा हल्कार फेम महेश त्रिपाठी पनि जोडीएका छन् । त्रिपाठीको केही महिना अगाडी धरानमा सुटीङ भएको अर्को कमेडी जन्द्राको...
लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

ताजा समाचार
पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । भित्तेपात्रोको विमोचन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले पोखरा पर्यटकीय राजधानी घोषणा संगै यसलाई सार्थकता दिन सम्पूर्ण व्यवसायीको जिम्मेवारी हुने वताइन । पोखरा आफैमा पर्यटकीय गन्तब्य भएतापनि सरकारी स्तरबाटै पर्यटकीय राजधानी घोषणा हुनु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, पश्चिमाञ्चल होटल संघका अयक्ष लक्ष्मण सुवेदी, सारस वेभरेज डिलरका प्रतिनिधी राजु सुवेदी लगायत ब्यवशायीले ब्यवसायीक मर्यादामा रहेर ब्यवसाय गर्नुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष रोशन देवकोटाले लेकसाइड मदिरा ब्यवसायी समितिमा आवद्ध ब्यवसायीहरुले ब्यवसायमात्र नभइ सामाजिक काममा स...
एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

ताजा समाचार
पोखरा, ११ वैशाख । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ ।लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुुभयो ।पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमीको व्ययभार विमा कम्पनीले नै जिम्मा लिने गरी नेपा...
पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

ताजा समाचार
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुंडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको हो । जस अन्तर्गत कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष रोजेश गुरुङले वताए । पोखरा महानगरभित्र रहेर पनि हाल सम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच सेट कम्प्युटर समेत प्रदान गरिएको वताउदै उक्त सहयोगले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले क...
भ्रष्टाचार शब्द एक प्रकार अनेक

भ्रष्टाचार शब्द एक प्रकार अनेक

विचार/लेख
तैपनि भ्रष्टचार  शब्द एक प्रकार अनेक किन भनिन्छ भने यहा भ्रष्टचार  शब्द एक प्रकार अनेक छन् त्यसमा पनि  सिहदरवार वालुवाटार वानेश्वर बाट जन्मलिने भ्रष्टचार  ठुला ठुला  र ठुलाबडाले गर्ने भ्रष्टाचार हुन्।जसलाइ जो कोहिले अन्त्य गर्ने आट गर्न पनि सक्दैनन्। किन भने त्यस्ता भ्रष्टचार भनेका राष्ट्रिय शक्ति सग सम्वन्धिथत हुन सक्छन्।  जस्तै ललिता निवासआधा रोपनिकाण्ड सत्तरी काण्ड एमसिसिकाण्ड  ,एनसिल काण्ड , भुटानि शरणार्थी ,काण्ड राहदानि काण्ड  यस्ता दर्जनौ भिआइपि भ्रष्टाचारका काण्ड र प्रकरण छन्।  विकासका नाममा ठेक्का पट्टा टेण्डरका नाममा  भ्रष्टाचार,  नियुक्तिका नाममा भ्रष्टाचार , स्थायि अस्थायि करार जागिरका नाममा भ्रष्टचार , सरुवा बढुवाका नाममा भ्रष्टाचार , सिफारिसका नाममा भ्रष्टाचार , यहासम्मकि  भ्रष्ट तस्कर माफियालाइ उन्मुक्ति दिने कारवाहि नगर्ने जोगाउने बचाउने सफाइ दिने  नाममा  समेत भ्रष्टचा...