पोखरामा पनि हनुमान जयन्ती मनाइयो
पोखरा बैशाख ११ मङ्गलवार विश्व हिन्दु परिषद नेपाल कास्कीको आयोजनामा विश्वहिन्दु परिषद् नेपालका महासचिव जितेन्द्र सिहको उपस्थितिमा पोखरामा पनि हनुमान जयन्ती मनाइयो।
आयोजित हनुमान जयन्ती कार्यक्रमको अवसरमा हिन्दु धर्मालम्वि भक्तजनहरु द्वारा पोखराको नदिपुर निलकण्ठ महादेव आश्रम सेवा समिति नारायणथान बाट बजरङ्गवलि जय श्रीराम अङ्कित झण्डा सहित शुरु भएको धर्मिक मोटरसाइकल र्यालि पोखराको वगर, सिम्पानि, हरिचोक ,विन्दवासिनि ,पर्स्याङ, जिरोकिलोमिटर हुदै लेकसाइ ,हल्लनचोक, वाराहिचोक राष्ट्रबैक चोक हुदै पृथ्वी चोक, सभागृह चोक हुँदै न्युरोड, महेन्द्रपुल ,पालिखेचोक हुदै पुन नारायणस्थान पुगि एक कार्यक्रमका बिच समापन गरिएको थियो।
र्यालिमा हनुमानजि कि जय, जय वजरङ्गवलि हनुमानजि कि जयको स्तुति भजन सहित भक्तजनहरु द्वारा उच्चारण गर्नुका साथै भजन सहितको उक्त र्यलिमा भक्तजनहरुको बाक्...









