Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

मनसरा ः मिश्रित समाजको कथा

मनसरा ः मिश्रित समाजको कथा

ताजा समाचार, मनोरन्जन
पोखरा ।मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो ।समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए । उनले भने ,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।” सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“, उनले भने ।निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई ...
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

मनोरन्जन
पोखरा, २ वैशाखदोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो । पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् । गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डक न्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् । इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजन गर्दै आएका छन् । उनी खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका...
यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

ताजा समाचार
पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको हो । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लव परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितहरुको संख्या विस्तारै वढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्टरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन...
पोखरा महानगर पालिकका इन्जिनियर वराल अख्तियारको फन्दामा

पोखरा महानगर पालिकका इन्जिनियर वराल अख्तियारको फन्दामा

ताजा समाचार, मुख्य समाचर
पोखरा / पोखरा महानगर पालिकाका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनेक्रममा घुस लिएको आरोपमा इन्जिनियर वराल लाइ मंगलबार साँझ पक्राउ गरिएको हो । गत चैत २८ गते पक्राउ परेका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरीङका सुरज कुँवरमाथि अनुसन्धान गर्नेक्रममा इन्जिनियर बरालको पनि नाम जोडिएको पाइएपछि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनीहरुले एउटै काममा पटकपटक घुस लिएको बताइएको छ । यसो त पोखरा महानगर पालिका बाट सेवा लिनेमा सबै भन्दा बढि घर सरचना सम्पन्न गर्नका लागि जाने सेवाग्राहीले सास्ती पाएका गुनासाहरु नआएका भने हैनन्। ...
दलिय झण्डाको घेरामा राष्ट्रिय झण्डा

दलिय झण्डाको घेरामा राष्ट्रिय झण्डा

ताजा समाचार, विचार/लेख
कुनैपनि राष्ट्रको राष्ट्रियता , राष्ट्रिय स्वाधिनता राष्ट्रिय स्वाभिमान र पहिचान भनेकै राष्ट्रिय झण्डा हो । राष्ट्र को गरिमा हो राष्ट्रिय प्रतीक हो। विश्व इतिहास लाई पुरै डुवुल्कि मारेर गहिराइमा पुग्न नसकिएता पनि सुनेजति बुझे जती कुरा लाइ सत्य मान्ने हो भने नेपालको झण्डा सबै भन्दा पुरानो र आध्यात्मिक तथा भौतिक  वैज्ञानिक रुपले पनि विश्वकै झण्डा मध्ये फरक सुन्दर र आकर्षक  मान्न सकिन्छ। किन भने नेपाल को झण्डा चन्द्र सुर्य अङ्कित त्यसै बनाइएको छैन हाम्रा  पुर्वजहरुले सानो तिनो सोच र सामान्य वुद्दिले बनाएको झण्डा हैन।  त्यसैले त  हिजो नेपाल प्रति गिद्दे नजर लगाउने नेपाल माथि आक्रमण गर्न  खोज्ने दुस्मनहरुका लागि  नेपालिलाइ देख्नु पर्दैनथ्यो नेपालको झण्डा र खुकुरि देखे पुग्थ्यो। जब एक हातमा खुकुरि र अर्को  झण्डा लिएर वीर गोर्खाली  सेना दुस्मन माथि जा...
नवबर्ष ८१ शुभकामना आदानप्रदान ,तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन

नवबर्ष ८१ शुभकामना आदानप्रदान ,तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन

ताजा समाचार
पोखरा/  बैशाख ४ मङ्गलवार / गण्डकी मिनि मझौला ट्रक सञ्चालक समितिले नया बर्ष २०८१ को शुभारम्भ सगै  राष्ट्रिय यातायात व्यवशायि महासघका केन्द्रिय सदस्य तथा समितिका पुर्व अध्यक्ष तथा सरक्षक प्रमुख अतिथि  खड्क वहादुर विश्वकर्माको  आतिथ्यतामा शुभकामना आदानप्रदान तथा २०८१ क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।  शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन  कार्यक्रमका प्रखुख अतिथि खड्क वहादुर विश्वकर्माले  नया बर्ष २०८१  क्यालेण्डर विमोचन  गर्नु भयो।   विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्कर्माले  नया बर्ष को शुभकामना दिदै आफू सदैव  व्यवशायिकै पक्षमा रहेको वताउदै  व्यवशायिको हक हित तथा सरक्षणका लागि कुनै कसर बाकि नराख्ने वताए। प्रमुख अतिथि विश्वकर्माले  आफू पनि व्यवशायिनै भएको जनाउदै पछिल्ला केहि बर्ष यता  कोरोनाकै कारण र राष्ट्रियस्...
महोत्सव अवधिभर ३० लाखको आलु बिक्री

महोत्सव अवधिभर ३० लाखको आलु बिक्री

ताजा समाचार
पोखरा / बैशाख - ४ मङ्गलवार १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ ।चैत २५ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक भन्दा बढीले महोत्सव अवलोकन गरेका छन्।कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिएका छन् । उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि वताएका छन् । हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेको जानकारी गराउदै ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको तिमिल्सिना वताए । महोत्सवको शुभारम्भ सहित उद्घाटनको दिन चैत २५ गते आयोजित झाँकी र...
हेम्जा आलु महोत्सव अब मात्रै तीन दिन बाकि

हेम्जा आलु महोत्सव अब मात्रै तीन दिन बाकि

ताजा समाचार
पोखरा,बैशाख २ आइतबार । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अब मात्रै तीन दिन बाकि छन् महोत्सव अन्त्यतिर आइपुग्दा आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन थालेको छ ।महोत्सव अवलोकन गर्न आउनेहरु कतिपय सेल्फीमा रमाउदै सेल्फि खिच्दै त कति किनमेल गर्दै त कति मन‍ोरञ्जनमा रमाइ रहेका देखिन्छन्। महोत्सवमा पुग्ने प्राय सबै उमेर समुहकाहरु आलुको पहाडसँगै आ आफ्नो तस्विर खिच्नमै व्यस्त देखिन्छन्।चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षका रुपमा आलुको पहाड देखिएको छ।कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ,। हेमजा आलुका लागि मात्रै नभएर कृषि उपजका लागि प्रख्यात रहेको आयोजकले जनाएको छ।आइतवारसम्म ४८ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा २ हजार ५ सय ४ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक...
नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

डाँडाबाट हेर्दा, ताजा समाचार, मुख्य समाचर
नयाँबर्ष २०८१ शुभारम्भकै पहिलो दिन नया बर्षको शुभकामना साथै ,नया बर्ष नया काम, राष्ट्रिय झण्डा दिवस मनाम ,भन्ने  मुल नारा सहित पोखरामा झण्डा दिवस मनाइएको छ।  सयोजक नवीन श्रेष्ठ  परिवर्तनका लागि हामी अभियान नेपाल , सयोजक शिवराज बस्ताकोटि शिवदाइ जनता जनार्दन अभियान नेपाल ,र  अध्यक्ष रवि भण्डारि  वागेस्वरि असल शासन क्लव ( बास) कास्कीको सयुक्त आयोजनामा  नया बर्ष ८१ को अवसरमा  प्रमुख अतिथि तथा पत्रकार महासघ कास्की पुर्व अध्यक्ष तथा एभरेष्ट प्रमुख  दिपेन्द्र श्रेष्ठको आतिथ्यतामा  राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका लागि,नया बर्ष नया काम , राष्ट्रिय झण्डा दिवस मनाम, भन्ने मुल नारा सहित पोखरामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आयोजित राष्ट्रिय झण्डा दिवसको अवसरमा  प्रमुख अतिथि श्रेष्ठले नया बर्षको शुभकामना द...
आलु महोत्सवमा दर्सकको बाक्लो उपस्थितिअन्तरक्रिया कार्यक्रम विज्ञ द्वारा उत्पादनमा ज‍ोड

आलु महोत्सवमा दर्सकको बाक्लो उपस्थितिअन्तरक्रिया कार्यक्रम विज्ञ द्वारा उत्पादनमा ज‍ोड

ताजा समाचार
पोखरा, चैत्र २९ बुधबार ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको अवसरमा गरिएको कृषि अन्तरक्रिया कार्यक्रम को अवसरमा बेला बखत माटो परिक्षण गरेर माटो लाई स्वास्थ राख्न सके बढि भन्दा बढि उत्पादन लिन सकिने विज्ञ हरुको भनाइ रहेको छ। महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच माटो लाई स्वस्थ राख्नु पर्नेमा विज्ञहरुको जोड रहेको छ।कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने वताउनु भयो । ।साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन, त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ, जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु...