भेट्रान फुटबललाई ग्रीन डेभलपमेन्ट बैंकको साथ
पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ । बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि सह–प्रायोजकको लागि एक समारोहका बिच सम्झौता भएको हो ।बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फबाट सिइओ हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए । भाईखलकको तर्फबाट प्रमुख सल्लाहकार दिनेस कुमार श्रेष्ठ र महासचिव याम बहादुर गुरुङ तथा बैंकको तर्फबाट डेपुटि सिइओ प्रकाश गुरुङ र व्यापार प्रबन्धक प्रमुख अनुप केसीको समेत उपस्थिती रहेको थियो ।
एक हप्तासम्म चल्ने प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।प्रतियोगिताको ४० वर्षमाथि उमेर सम...









