मालेपाटन वाराहि मैदानमा खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता साथै श्रष्टा सन्मान कार्यक्रम हुने
पोखरा /समाजमा भएका देखिएका विकृति विसगतिलाई हटाउने, सचेतनाफैलाउने ,श्रष्टासन्मान सहित सँस्कृतिको सँरक्षण गर्ने उद्देस्यका हरेक बर्ष मनाउदै आइरहेको नेपाली महिलाहरुको महान हरितालिका तिजपर्वको अवसरमा सूर्यचन्द्र विकास समाज पोखरा- ५ ले १० औं मालेपाटन खुला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता कार्यक्रम २०८१ गर्न लागेको पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाएको छ।
प्रतियोगितालाई भव्य बनाऔं, संस्कृतिको जगेर्ना गरौ, उद्योग तथा व्यापारिक प्रतिष्ठानको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ बाराही माविको खेल मैदानमा २०८१ भदौ १७ देखि २१ गतेसम्म कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष कमला गौतमले पत्रकार बिच जानकारी गराउनु भयो।
विस २०५१ सालमा स्थापना भएको समाजले वडा नम्बर ५ मालेपाटनको घोषणालाई कार्यान्वयन गरौं’ भड्किलो तिजमुक्त क्षेत्र बनाउ भन्ने अभियाननै चलाएको छ । समाजले मौलिक लोक संस्कृतिको ज...








