Friday, May 1News That Matters

ताजा समाचार

आइतबार ५ बजेसम्मको समय दिइएकाले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ सपथ गराइने भएको छ ।

आइतबार ५ बजेसम्मको समय दिइएकाले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ सपथ गराइने भएको छ ।

ताजा समाचार, मुख्य समाचर, राजनिति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ५ बजेसम्मको समय दिइएकाले आइतबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ सपथ गराइने भएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए । आज भन्दा ३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका थिए । ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त...
वान पर्पोज र ऋचा बजिमय मेमोरियल फाउन्डेसनको नि:शुल्क पाठेघरको मुखको तथा स्तन क्यान्सर जाँच शिविर

वान पर्पोज र ऋचा बजिमय मेमोरियल फाउन्डेसनको नि:शुल्क पाठेघरको मुखको तथा स्तन क्यान्सर जाँच शिविर

जन संदेश, ताजा समाचार
काठमाडौं, नेपाल – जुलाई ६, २०२४ – वान पर्पोजले ऋचा बजिमय मेमोरियल फाउण्डेशनसँगको सहकार्यमा बूढानीलकण्ठ माध्यमिक विद्यालय, बुढानीलकण्ठमा जुलाई ६, २०२४ मा नि:शुल्क पाठेघरको मुख तथा स्तन क्यान्सर सचेतना तथा परीक्षण शिविर सफलतापूर्वक आयोजना गरेको छ । शिविरमा राष्ट्रिय क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, नेपाल क्यान्सर सहायता समूह, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्सको सहयोग रहेको थियो । डाक्टरहरू र क्यान्सर पीडितहरूबाट बहुमूल्य परामर्श प्राप्त गर्दै शिविरबाट १३० भन्दा बढी सहभागीहरूले लाभ उठाए। सत्रहरूले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षणहरू र रोकथामका उपायहरू सहित महत्त्वपूर्ण जानकारीहरू समेटेका थिए। थप रूपमा, सहभागीहरूले दुबै क्यान्सरहरूको लागि स्क्रीनिंगहरू प्राप्त गरे। वान पर्पोजकी ...
लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र वान पर्पोजले श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम आयोजना गरेको छ

लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र वान पर्पोजले श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम आयोजना गरेको छ

ताजा समाचार, मुख्य समाचर
काठमाडौं, असार १७, २०८१ – लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथले वान पर्पोजका साथ सीतापाइलाको हरिसिद्धीस्थित श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलको उद्देश्य युवा विद्यार्थीहरूलाई दिगो अभ्यासहरूको महत्त्व, विशेष गरी फोहोर व्यवस्थापनमा शिक्षित गराउने थियो। कार्यक्रमले कक्षा ४ देखि कक्षा १० सम्मका ३९० विद्यार्थीहरूलाई फोहोर घटाउने, पुन: प्रयोग गर्ने र उचित व्यवस्थापन गर्ने सिद्धान्तहरूमा केन्द्रित अन्तरक्रियात्मक सिकाइहरूमा संलग्न गराएको थियो। यी गतिविधिहरू मार्फत, विद्यार्थीहरूले आफ्नो दैनिक जीवनमा दिगो फोहोर व्यवस्थापन अभ्यासहरूको महत्त्व बुझ्न सक्षम भए। कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक, दिगोपन विषयमा क्विज थियो, जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखियो। सही जवाफ दिनेहरूले उपहारहरू प्राप्त गरे, जसबाट उनीहरू...
विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

डाँडाबाट हेर्दा, ताजा समाचार
शनिबार /पोखरा १७ श्री सिद्देश्वर कृषि सहकारी द्वारा आयोजित विध्यार्थि सग हिले महोत्सव अर्थात् असारे पन्ध्र धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाहीको आतिथ्यतामा मौलिक पञ्चे बाजा भेषभुषा सहित गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव साथै स्थानियको उपस्थितिमा महतगौडामा विद्यार्थीहरु सँगै धान दिवश कार्यक्रम मनाइएको छ।उक्त कार्यक्रममा विद्यार्थीहरु विच चित्रकला, रसी तान्ने, माछा समात्ने प्रतियोगिता रहेको थियो। प्रतियोगितामा चित्रकला तर्फ बालोदय विध्यालय प्रथम, दौडमा हिमालय स्कुल प्रथम, रसी तान्ने खेलमा जागरण आमा समूह प्रथम भएका छन।प्रथम स्थान हासिल गरेका सबैलाइ पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि शाहिले किसानका जायज माग राज्यले समाधान गर्नुपर्ने धारणा राख्दै बिध्यार्...
याम्दि देखि हरिचोक सडकखण्डमा हिले महोत्सव

याम्दि देखि हरिचोक सडकखण्डमा हिले महोत्सव

डाँडाबाट हेर्दा, ताजा समाचार, सडक सरोकार
पोखरा / समयमै सडक निर्माणको काम सम्पन्न नगरेपछि कहिले धुलो कहिले पहिरो, कहिले सडकमै पोखरि , कहिले सडकभरि हिलो भएकै कारण पैदलयात्रा गर्न,र सवारी चलाएर आवतजावत गर्न कठिनाइ भएको आम नागरिकले सास्ती पाएको भन्दै स्थानियवासिले विरोध स्वरुप हिले महोत्सव को आयोजना गर्ने भएका छन् । सडक निर्माण कम्पनी तथा सम्वन्धित निकाय सघिय प्रदेस तथा स्थानिय निकायलाइ पटकपटक जानकारी गराउदा पनि नसुनेको भन्दै पुन ध्यानाकर्षण गराउनका लागि साङ्केतिक विरोध स्वरुप दिक्क परेका स्थानिए जनताले पोखरा महानगर पालिका याम्दि देखि हरिचोक सडक खण्डमा हिले महोत्सवको आयोजना गरेका छन् । हेम्जा याम्दि सिम्पानि हरिचोकका स्थानियवासि जनताले भने याम्दि हरिचोक सडक खण्डमा धान रोपाइ हिले महोत्सव गर्ने भएका छन्। स्थानिय वासिन्दाका अनुसार भोलि १५ गते शनिवार बिहान ८.३० बजे बाट सडकमै धान रोपाइँ अर्थात् हिले महोत्सव हुने भएकोछ। पट...
बर्षाकै कारण पृथ्वीराजमार्ग सडकखण्ड विजयपुर पुलनेर सडक भत्कियो

बर्षाकै कारण पृथ्वीराजमार्ग सडकखण्ड विजयपुर पुलनेर सडक भत्कियो

ताजा समाचार, सडक सरोकार
पोखरा महानगर  पालिका वडा नम्वर १४   पृथ्वी राजमार्ग सडकखण्ड विजयपुर  पुलनेर  सडक भत्किएपछि सडक अवरुद्ध भएको छ। गएराति मङ्गलवार  करिव ९ बजेदेखि शुरु भएको  अविरल बर्षाको कारण बुधबार करिव ५ बजे  बिहान सडक भत्किएपछि सडक अवरुद्ध भइ सवारी आवत जावत गर्न कठिनाई भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ।  अवरुद्द सडक खोल्नका लागि नेपाली सेना नेपाल प्रहरी, ट्राफिक प्रहरी पृथ्वी राजमार्ग सडक निर्माण कम्पनीको चिनिया टोलि साथै वडा नम्बर १४ वडा अध्यक्ष समेतको उपस्थितिमा सडक खोल्नका लागि प्रयास भैरहेको कास्की ट्राफिक प्रहरी वरिष्ठ प्र ना नि तथा सुचना अधिकारि मिन वहादुर खड्काले वताए।  कास्किका सबै सुरक्षा निकाय तथा  कास्कि  ट्राफिक प्रहरी को प्रयासमा एकतर्फि सवारी आवतजावत का लागि पहल भइरहेको पनि खड्काले वताए। सुचना अधिकारी खड्काका अनुसार आजै ...
विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

डाँडाबाट हेर्दा, ताजा समाचार
पोखरा वडा नम्वर १७ महतगौडाश्री सिद्देश्वर ( बहुउद्देश्यीय कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा यहि असार १५ गते धान दिवसको अवसरमा युवा तथा विद्यार्थी सँग असारे पन्ध्रम् भन्ने घोषणा सहित महतगौडामा धान रोपाइ कार्यक्रम गर्ने भएको छ। नया पुस्तालाई पुरानो परम्परा र सँस्कार हस्तान्तरण गर्ने अभिप्रायले युवा तथा बिध्यर्थि लाई कृषि उत्पादनमा आकर्षित गराउनुका साथै कृषिको महत्त्व बारे जानकारी गराउने उदेस्यका साथ धान दिवस तथा असारे रोपाइँ कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष शंकर राज भण्डारीले वताउनु भयो ।सोही दिन धान दिवस तथा असारे रोपाइँ कार्यक्रमा चित्रकला प्रदर्शनी, असारे गित प्रस्तुती ,विभिन्न खेलकुद प्रदर्शनी, पञ्चेबाजा साथै नाचगान सहितको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जानकारि गराउनु भयो । सँस्थाले विगतका बर्ष देखि वार्षिक कार्यक्रम गर्दै आइ रहेको जानकारी गराउदै आगाम...
पास विना सार्वजनिक विदाको दिन सडकमा हुइकिने सरकारि सवारी कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा 

पास विना सार्वजनिक विदाको दिन सडकमा हुइकिने सरकारि सवारी कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा 

डाँडाबाट हेर्दा, ताजा समाचार, सडक सरोकार
यसो त नेपाल सरकार तथा गृह मन्त्रालयले कुनैपनि सरकारि सवारी सार्वजनिक विदाको दिन  पास विना सवारी नचलाउन अति आवस्यक भएको अवस्थामा मुख्य मन्त्री कार्यालय वा सम्वन्धित मनत्रालय सचिव  जिल्ला प्रशासन कार्यालय बाट सवारि सञ्चालन पास लिनु पर्ने ऐन कानुन मुताविक  नियम अनुशासन पालना गर्न सबै सरकारि कार्यालय लाई पटकपटक सुचना जारी गरेको छ। यसरी थाहा हुदा हुँदै जान्दा जान्दै नेपाल सरकारले जारि गरेको ऐन नियमलाइ नै लत्याउदै  सार्बजनिक बिदाको दिन सवारी पास नलिइ निजि प्रयोजनका लागि  मनपरि सडकमा  हुइकिने ६ वटा सरकारी गाडी कास्की प्रहरिको फन्दामा परेकाछन ।   यसो त सरकारी प्रयोजनमा गुड्ने गाडिले जिल्ला प्रशासन कार्यालय र प्रदेश स्तरका कार्यालयले संबंधित मन्त्रालयका सचिब वा मुख्यमन्त्री कार्यालयबाट सवारी पास लिएर मात्र सार्बजनिक बिदाको दिन गुडाउन पाउने कानु...
प्रेस सेन्टर गण्डकी प्रदेस द्वारा आयोजित दुइदिने तालिम सम्पन्न

प्रेस सेन्टर गण्डकी प्रदेस द्वारा आयोजित दुइदिने तालिम सम्पन्न

ताजा समाचार
पोखरा /प्रेस सेन्टर नेपाल गण्डकी प्रदेसले सुचना तथा प्रविधि सम्वन्धि दुइदिने तालिम सम्पन्न गरेको छ। तालिममा  गण्डकी प्रदेसमा सक्रिय  पत्रकारिता गर्दै आइरहेका  ९ जिल्लाका प्रेस सेन्टरका  पत्रकार हरुको सहभागिता रहेको थियो। असार ७ र ८ गते भएको तालिममा   गण्डकी प्रदेसका करिब ४० जना सक्रिय पत्रकार हरुको सहभागिता रहेको थियो।  तालिममा गण्डकी प्रदेस मुख्यमन्त्रि  तथा मन्त्रि परिषद कार्यालयको सहयोगमा गरिएको आयोजित कार्यक्रममा पुर्व प्रतिनिधि सभाका सदस्य  हरि राज अधिकारिले कार्यक्रमको उद्घाटन गर्दै अबको पत्रकारिता सुचना प्रविधि तथा जनपक्षिय पत्रकारिता हुनु पर्नेमा जोड दिदै  आवाजविहिनको आवाज बन्न र  वर्गिय पत्रकारिता गर्न सुझाउदै  सिङ्गो समाज र राष्ट्रलाइ परिवर्तन गर्दै शुशासनको पक्षमा कलम चलाउनु पर्ने वताउनु भयो। सोही अवसरमा तालिम तथा...
काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

जन संदेश, ताजा समाचार
बिगत लामो समय काठमाण्डौ बिर अस्पतालमा काम गरी हाल नेपाल सरकारको ११ औं तहमा पदस्थापना भै पोखरा आउनु भएका बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. बिकास खत्री MBBS, MD, DM ( IOM, Maharajganj) ले अब तपाई हाम्रै आविष्कार अस्पताल बुद्धचोकमा मृगौलासॅग सम्बन्धित समस्या भएका बिरामीहरुको नियमित जॅाच तथा उपचार गर्नु हुने सहर्ष जानकारी गर्दछौं ।तपाहीहरुले डाक्टरलाई बिहान ८ देखि ९  बेलुका ४ः३० देखि ६ः३० बजे आविष्कार अस्पताल बुद्ध चौकमा भेटन सक्नू हुनछ ।  मृगौला सॅग सम्बन्धित नया तथा पुराना नियमित काठमाण्डौ जानु पर्ने बिरामीहरुले सम्पर्क गर्नुहोला । केही जिज्ञासा भएमा अस्पतालको ०६१ ५८६४६९ अथवा ९८२४४०१०२८ मा सम्पर्क गर्न सक्नू हुनछ । ...