मतदान स्थलबाट लिइएको फोटोमा क्षेत्र नम्बर २ को यस्तो दृश्य देखिएको छ। निर्वाचन रिपोर्टिङ फोटो ।
मतदान स्थलबाट लिइएको फोटोमा क्षेत्र नम्बर २ को यस्तो दृश्य देखिएको छ। निर्वाचन रिपोर्टिङ फोटो ।
१ फाल्गुन २०८२, शुक्रबार१ फाल्गुन २०८२, शुक्रबार१ फाल्गुन २०८२, शुक्रबार by डाँडाघरे खबरNo Comments
पोखरा
पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्न जाल हान्ने क्रममा एसएलआर राइफल र १८ राउण्ड गोली बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार मिति २०८२।१०।२९ गते साँझ करिब ५ बजे स्थानीय ४२ वर्षीय कुमार जलारीले जालमा हतियार अड्किएको सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट टोली तुरुन्तै घटनास्थलतर्फ अगाडि बढी अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले मु वा १११ (बट) नम्बर तथा बडी नं. १३८१० लेखिएको एसएलआर हतियार १ थान र सोही हतियारमा लोड गरिएको १८ राउण्ड गोलीसहितको म्यागजिन १ थान बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बरामद हतियारको फोटो तथा विवरण प्रहरी नायव उपर...
१ फाल्गुन २०८२, शुक्रबार१ फाल्गुन २०८२, शुक्रबार१ फाल्गुन २०८२, शुक्रबार by डाँडाघरे खबरNo Comments
पोखरामा निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो।
तालिम समापन समारोहमा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएको उल्लेख गर्दै यस अवधिमा पत्रकारहरूले अझ बढी संवेदनशील र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। उहाँले स्वच्छ, शान्त र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आम सञ्चारमाध्यमको भूमिकालाई ध्यानमा राख्दै तालिम आयोजना गरिएकोप्रति महासंघ कास्कीलाई धन्यवाद दिनुभयो।
तालिममा सहभागी पत्रकारहरू शिशिर पौडेल, खिम गुरुङ र तिलक पुनले आफ्ना अनुभव साझा गर्दै तालिमबाट निर्वाचन प्रक्रिया र जिम्मेवार रिपोर्टिङबारे उपयोगी ज्ञान प्राप्त भएक...
पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना हुने २०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता फागुन २ गते शनिबार पोखरामा आयोजना हुँदैछ।
२०५८ सालमा स्थापना भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले खेलकुद विकास, खेल संस्कृतिको प्रवर्द्धन र खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा म्याराथनलाई निरन्तरता दिँदै आएको छ। सिटी म्याराथनको अवधारणाअनुसार सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउने लक्ष्य आयोजकको रहेको छ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरा म्याराथनलाई वर्षको एक दिन सहरकै उत्सवका रूपमा स्थापित गर्ने प्रयास भइरहेको बताए। “खेलाडीहरू घर–घर अगाडि पुग्दा स्थानीयवासीले घडा र कलश राखेर स्वागत गर्ने संस्कृति पोखरा म्याराथनको पहिचान बनेको छ,” उनले भने। साथै, ...
पोखरा ,
भेडाको साँड जुधाईसहित विविध खेलकुद
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म ‘घान्द्रुक पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव सञ्चालन हुने रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले जानकारी दिए।
‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित विगत केही वर्षदेखि निरन्तर रूपमा महोत्सव आयोजना हुँदै आएको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसपटक पनि महोत्सव आयोजना गरिएको बताए।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई होटल तथा होमस्टेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए। उ...
पोखरा
सहारा क्लब पोखराद्वारा आयोजित क्याराभान गोल्डकप सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर–क्लब आमन्त्रित २५औँ आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालाको खेल मैदानमा सञ्चालन हुने भएको छ।
“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ” भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिता यस वर्ष रजत जयन्ती (सिल्भर जुब्ली) संस्करणका रूपमा मनाइँदैछ।
रजत जयन्तीको अवसरमा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा नेपालसहित विदेशी गरी १२ टिम सहभागी हुने आयोजकले जनाएको छ। सहभागी टिमहरूमा नेपाल पुलिस क्लब, मनाङ म...
पोखरा
परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा एशियन कन्क्रिटो प्रस्तुत दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तथा उद्देश्यबारे जानकारी दिन क्लबले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।
युवा क्लबका अध्यक्ष श्री सुदिप बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्चालन सचिव श्री दक्षिणा बरालले गर्नुभएको थियो भने उपाध्यक्ष श्री सरस्वती बरालले स्वागत मन्तव्य राख्नुभयो भने सह-सचिव श्री प्रेरणा ढकालले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा मिक्स मार्शल आर्ट्स एसोसिएसन गण्डकी प्रदेशका सचिव निर्दोष विक्रम पौडेलको विशेष उपस्थिति रहेको थियो।
“समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिता यही फागुन ७ देखि ९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित ...
पोखरा । प्रतिनिधि सभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिनाले आफ्नो राजनीतिक दृष्टिकोण तथा पर्वत जिल्लाको विकाससम्बन्धी प्रतिबद्धताबारे प्रारम्भिक धारणा सार्वजनिक गरेका छन्।
पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उम्मेदवार तिमिल्सिनाले आफ्ना ‘प्रतिबद्धता’बारे धारणा राख्दै पर्वतको समग्र विकास, सुशासन, रोजगारी र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्ने बताएका छन्।
कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय कमिटी सदस्य सन्देश श्रेष्ठले पर्वतको विकासका आधारशिला तथा पूर्वाधार निर्माणमा तिमिल्सिनाले प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै यस्ता उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।
अन्तरक्रियाका क्रममा राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय अनुभव राखेका व्यक्तित्व मनहरि तिमिल्सिनाले आफ्नो अनुभवबारे जानकारी गराए। तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयो...
पोखरा
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा NCELL छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ।
नेपाल भलिबल संघको स्वीकृति तथा संयोजनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन्। यसपटक विदेशी टिमको सहभागिता प्रतियोगिताको विशेष आकर्षण रहनेछ।
महिला तर्फ थाईल्याण्ड क्विन्स् र पुरुष तर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब र थाईल्याण्ड क्विन्स् सहभागी हुनेछन् भने पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभ...
पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
१० दिनसम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिएका २१ जना बिद्यालय स्तरिय बालबालिकाहरुको सहभागिता रहेको तालिमका प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले जानकारी दिए। जाडो बिदाको बेलामा बिद्यालय बिदा हुने हुँदा त्यो समयको उपयोग गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको सञ्चालक पहारीले उल्लेख गरे। तालिम लिने बिद्यार्थीहरु पोखरा बजार क्षेत्रका चर्चित बिद्यालयका बिद्यार्थीहरु हुन् ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण तथा तालिम पश्चातको अनुभव र बिभिन्न अवार्डले सम्मान समेत गरिएको थियो । २ चरणमा भएको समापन कार्यक्रममा पहिलो चरणमा प्रशिक्षार्थी बिद्यार्थीहरुले नै कार्यक्रम तालिका बनाएर कुशलता पुर्वक कार्यक्रम सञ्चालन गरेका थ...