२८औँ भूकम्प दिवसका अवसरमा सुरक्षा कृत्रिम घटना अभ्यास सम्पन्न
पोखरा
पोखरा महानगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको संयुक्त आयोजनामा भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास (सिमोल्सन ) कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम २०८२ साल माघ २ गते बिहान ८:३० बजे पोखरा महानगरपालिका–५, मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो।
अभ्यासमा सम्भावित भूकम्पपछिको खोज तथा उद्धार, घाइतेको प्राथमिक उपचार, राहत वितरण र सम्बन्धित निकायबीचको समन्वय अभ्यास प्रदर्शन गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा ।नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
वक्ताहरूले भूकम्पजस्ता प्राकृतिक विपद् न्यूनी...









