‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ : नाइट स्ट्रिट रेसको तयारी अन्तिम चरणमा
पोखरा,
नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरा क्लिकर तथा पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा चैत २८ गते हुने प्रतियोगिताबारे शनिबार फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
५ किलोमिटर दूरीको यो रात्रिकालीन दौड वाराहीघाटबाट बेलुका ७ बजे सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेडुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुनेछ।
अंग्रेजी नयाँ वर्षको तुलनामा नेपाली नयाँ वर्षमा पर्यटन प्रवर्द्धनका कार्यक्रम कम भइरहेका बेला ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक दीननाथ बरालका अनुसार रात्रिकाल...









