राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. जगदिशलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष तेज बहादुर गुरुङ, २०३१ सालको एसएलसी परीक्षामा बोर्ड फस्ट दानकुमार प्रधान, ललितकलाकर्मी एवम वरिष्ठ व्यङ्ग्य चित्रकार दुर्गा बराल, नेपाल सरकारका पूर्व उद्योग वाणिज्य सहायक मन्त्री प्रकाश बहादुर गुरुङ, पोखरा विश्वविद्य...









