Wednesday, July 29News That Matters

ताजा समाचार

आलु महोत्सवमा दर्सकको बाक्लो उपस्थितिअन्तरक्रिया कार्यक्रम विज्ञ द्वारा उत्पादनमा ज‍ोड

आलु महोत्सवमा दर्सकको बाक्लो उपस्थितिअन्तरक्रिया कार्यक्रम विज्ञ द्वारा उत्पादनमा ज‍ोड

ताजा समाचार
पोखरा, चैत्र २९ बुधबार ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको अवसरमा गरिएको कृषि अन्तरक्रिया कार्यक्रम को अवसरमा बेला बखत माटो परिक्षण गरेर माटो लाई स्वास्थ राख्न सके बढि भन्दा बढि उत्पादन लिन सकिने विज्ञ हरुको भनाइ रहेको छ। महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच माटो लाई स्वस्थ राख्नु पर्नेमा विज्ञहरुको जोड रहेको छ।कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने वताउनु भयो । ।साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन, त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ, जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु...
पोखराका सडक खाल्डाखुल्डी रहित हुने सङ्केत

पोखराका सडक खाल्डाखुल्डी रहित हुने सङ्केत

ताजा समाचार, सडक सरोकार
पोखराका विभिन्न ठाउमा भित्री बाहिरि सडकमा अनगिन्ती खाल्डाखुल्डी परेकै कार आम नगरवासिले सामाजिक सञ्जाल तथा विभिन्न माध्यम बाट चौतर्फि विरोध सहित गुनासो गर्न थाले पछि सडक डिभिजन कार्यालय पोखराले पिच सडक टालटुल गरि कालोपत्रे (प्याच अप ) गर्न मोबाइल इक्युपमेन्ट भेहिकल प्रयोगमा ल्याएको छ । रोड मेन्टिनेन्स भेहिकल (RMV ) नामको उक्त भेहिकल जापान बाट झिकाइएको पोखरा डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर नवराज बास्तोलाले बताउनु भएको छ। करिब ५ करोड रुपैयाँ पर्ने उक्त गाडीमा सडक पिच गर्न आवश्यक पर्ने सबै सामग्री जडान गरिएको हुन्छ । बाटोको फोहोर सफा गर्ने भ्याकुम पाइप , बिटुमिन स्प्रेअर , गिटि मिक्स्चर सबै उक्त गाडिमा जडित रहेको प्रमुख वास्तोलाले बताउनु भएको छ । पिच गर्न आवश्यक पर्ने कच्चा पदार्थ गिटि रोडा समेत सोही गाडिमा हुने भएकोले खाल्डा खुल्डी परेका सडक टाल्न ठाउँ ठाउँमा आगो बाल...
वैचारिक राजनीतिको विलय

वैचारिक राजनीतिको विलय

ताजा समाचार, विचार/लेख
कुनैपनि पाटिमा सिद्दान्त दर्सन वाद भनेका  पाटिका नेता र कार्यकर्ता हरुका लागि राजनतिक  यात्राका मुल आधार हुन्  भने   वैचारिक राजनीति भनेकै त्यो पाटिका लागि मेरुदण्ड समान हो । तर नेपालमा तत्कालिन अवस्थामा  दाइ काङ्ग्रेस र भाइ कम्युनिष्टले  जन्मलिए तब ती दुवै पाटिले आ आफ्नै ढङ्गले राजनितिक व्याख्या गर्दै अगाडि वढ्दै जाँदै गर्दा कम्युनिष्ट हरुले मार्कसवाद लेनिनवाद माओवाद लाई अगाडि सार्दै आए भने काङ्ग्रसले विपिवादलाइ  अगाडि सार्दै  आयो । विभिन्न दलमा विभिन्नवादले जन्मलिदै जानेक्रम बढ्दै जानथाल्यो।  जसले गर्दा वैचारिक राजनितीले निकै महत्व पाउन थाल्यो। नेपालमा जब विपिवादले जन्म लियो  तब वाद को सङ्घर्षले स्थान पाउदै जान थाल्यो। जसले गर्दा नेपालमा विपिवादले महत्त्व पाउन थाल्यो । किन भने विपिवाद लाइ नेपाल भित्रै जन्माइएको वाद भन्ने  राजनितिक हिसावले विपिवाद लाइ नेपालि जनताले महत्ब दिन थाले जसल...
आलु महोत्सवमा बढ्दो सहभागिता

आलु महोत्सवमा बढ्दो सहभागिता

ताजा समाचार
पोखरा, २७ चैत ।१२ औं राष्ट्रिय हेम्जा आलु महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइचो बढ्न थालेको छ ।महोत्सव शुरु भए यता दिनहु सहभागिता पनि बढ्दै गएको वताइएको छ। महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन आयोजकले वताएका छन्। । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन्। महोत्सव अवलोकन गर्नकै लागि हेम्जा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ्रे गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल आउन थालेका छन् ।महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । कृषि उपज लाई टेवा पुग्ने गरि गरिएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोक...
पोखरेल टेक्सि सेवा प्रालि अन्तर्गत पोखरा अन्तराष्ट्रिय विमानस्थल टेक्सि सेवा केन्द्र द्वारा दृष्टि विहिनलाई  महानगर पालिका भित्र नि:शुल्क टेक्सि सेवा

पोखरेल टेक्सि सेवा प्रालि अन्तर्गत पोखरा अन्तराष्ट्रिय विमानस्थल टेक्सि सेवा केन्द्र द्वारा दृष्टि विहिनलाई महानगर पालिका भित्र नि:शुल्क टेक्सि सेवा

ताजा समाचार
पोखरेल ट्याक्सि सेवा प्रा लि  अन्तरगत रहेको  अन्तराष्ट्रिय विमानस्थल टेक्सि सेवा केन्द्रले  बैशाख १ गते देखि दृृष्टि विहिन हरुलाइ पोखरा महानगर पालिका भित्र निशुल्क टेक्सि  सेवा दिने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  टेक्सि सेवा केन्द्रले आयोजना गरेको आयोजित  नया बर्ष २०८१ क्यालेन्डर लोकार्पण तथा नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै पोखरेलि  टेक्सि सेवा प्रालि अध्यक्ष तथा  प्रमुख अतिथि   शोभाकान्त पौडेलले नया बर्ष ८१ को शुभकामना दिनु हुदै सोही कुरा वताउनु भएको हो।।प्रमुख अतिथि  पौडेलले   पोखरा महानगर पालिका भित्र  कोहिपनि दृष्टिविहिन  लाइ  एक ठाउ बाट अर्को ठाउमा जानका लागि समस्या परेमा  वा सडकमा अलपत्र देखेमा निशुल्क  टेक्सि सेवा प्रदान गर्न  अन्तराष्ट्रिय विमानस्थल टेक्सि सेवा केन्द्र लाई  निर्देसन  दिदै सेवा प्रदान गरेपछि प्रालि लाइ जानकारि गराउन समे...
सवारि दुर्घटना किन बढ्दैछ।

सवारि दुर्घटना किन बढ्दैछ।

ताजा समाचार, विचार/लेख
झट्ट भन्नु पर्दा आम मानिसका लागि यातायात भन्ने वित्तिकै एक ठाउबाट अर्को ठाउमा सजिलै जान आउन वा  दैनिकि जीवन यापनका लागि समान ओसारपसार गर्ने अत्यनै सरल माध्यम हो।  विश्व विकासक्रमको युग परिवर्तन सगै हिजो ठेला गाडा बाट शुरुवात भएर आज स्थलमार्ग जलमार्ग अकासमार्ग सिलिङ मार्ग रेलमार्ग हुँदै आजसम्म आइपुग्दा हामिले जति सहज जिवन यापन गरेका छौ त्यतिनै क्षति ब्यहोर्दै आएका छौ ।किन भने हामि सचेत र सजग हुन सकिरहेका छैनौ । सरकार  जसरि विभिन्न रोग नियन्त्रण  र उन्मुलन गर्न लागि परेको छ बिभिन्न सरोकार निकाय हरु लागि परेका छन्। ठिक त्यसै गरि सवारी दुर्घटना न्युनिकरणका लागि तथा दुर्घटना हुनै नदिन का लागि गरिने उपायको बारेमा भने सर्वपक्ष कमजोर देखिएको अवस्था छ। हिजो  कोरोना बाट भन्दा सवारि दुर्घटना बाट निधन हुने हरुको सख्या दिनप्रतिदिन बढि रहेको अवस्था छ। समग्र देसै भरको सवारि द...
क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन दमौलीमा

क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन दमौलीमा

ताजा समाचार
शोमवार १९/पोखरा /क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन यहि चैत २५ र २६ गते तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशन सम्वन्धमा क्षत्री समाज नेपालले सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको होे । महाधिवेशन लागि वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रहने गरि स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप–समितिहरु गठन गरिएको महासचिव केशबहादुर केसीले पत्रकार सम्मेलनमा बताउनु भयो । महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिनुका साथै दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने केसीले बताउनु । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको ...
१२ अौ आलु महोत्सवको तयारी अन्तिम चरणमा

१२ अौ आलु महोत्सवको तयारी अन्तिम चरणमा

ताजा समाचार
चैत्र १७ शनिबार पोखरा /चैत्र २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विष्णुपादुका क्लव द्वारा आयोजित महोत्सवको बारेमा शनिवार आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजक विष्णु पादुका क्लवले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष समेत रहनु भएका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताउदै , महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पार्नु भयो । क्लव सचिव समेत रहनु भएका मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेम्जावासीको महोत्सवका रुपमा राष्ट्रिय हेम्जा आलु महोत्सवलाई चिनाउँदै महोत्सव सग हेम्जाको पहिचान जोडिएको बताउनु भयो । वहाले यस वर्षको म...
पोखरा २७ अर्चलेमा वस दुर्घटना

पोखरा २७ अर्चलेमा वस दुर्घटना

ताजा समाचार
पोखरा चैत्र  १७ शनिवार  /आज बिहान पोखरा २७ अर्घौ अर्चले हरकोट भन्ने ठाउमा वस  दुर्घटना भएको छ।बिहानको समयमा चालक सहचालक मात्रै रहेको ८६८० नम्बरको सो बस दुर्घटना भएको हो। पोखरा २७ बस्ने बर्ष २७ का टिकाराम  विक घाइते भएका छन् उनलाई उपचारका लागि गण्डकि हस्पिटलमा  ल्याइएको छ ।सहचालक भने सामान्य घाइते भएको चालकको छातिमा च‍ोट पुगेको ट्राफिक प्रहरी कास्किले जनाएको छ। दुर्घटना किन र कसरी भयो भन्ने बारे थप विवरण आउन बाकि छ। दुर्घटना स्थलतर्फ ट्राफिक  सुरक्षा टोलि  जाँदै गरेको कास्की ट्राफिक प्रहरीले वताएको छ।   सामाजिक सञ्जालमा देखिएको तस्बिरलाइ हेर्दा कास्किमा भएका दर्जनौ दुर्घटना मध्य  सायद यस्तो सवारि दुर्घटना पहिलो हुनु पर्छ । ...
एमाले कास्कीमा बैन वहादुर अधिकारी क्षत्री विजयि अधिकारी पक्ष बलियो

एमाले कास्कीमा बैन वहादुर अधिकारी क्षत्री विजयि अधिकारी पक्ष बलियो

ताजा समाचार, राजनिति
पोखरा चैत्र १५/नेकपा (एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । १० गतेदेखी पोखरामा सुरु भएको सम्पन्न मतगणनामा अधिकारीले पाँच सय ५१ मत ल्याइ विजयी भएका छन् । प्रत्यासि माधव बास्तोलाले तीन सय ४७ मत ल्याएका छन् । क्षेत्री दुई सय चार मतान्तरले विजयी भएका छन् ।अर्का स्वतन्त्र समुहविहिन निरप्यानल अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याएका छन्। । एमाले कास्कीको अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका दूई समूहले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वाचित अधिकारी खगराज पक्ष समुहका हुन् भने,बास्तोला गुरुङ पक्षका हुन् । खगराज पक्ष समूहले कास्कीमा अध्यक्ष सहित पदाधिकारी सबैमा जित हासिल गरेको छ। गुरुङ पक्ष समूह बलियो भएको चर्चा चले पनि चुनावि परिणामले भने अधिकारी पक्ष...