विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियन सिप खेल पोखरामा हुदै
पोखरा १९ फागुनसुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि औपचारिक खेल सुरु हुँदैछ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समिति द्वारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको सुन्दर ढोका सेवा का कार्यकारिणि निर्देसक विजता अधिकारिले जानकारी गराउनु भयो ।
सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने भएका छन् । ...









