Thursday, April 30News That Matters

ताजा समाचार

गण्डकी प्रदेसमा प्रदेस स्तरिय रुट प्रमिट लागू

गण्डकी प्रदेसमा प्रदेस स्तरिय रुट प्रमिट लागू

डाँडाबाट हेर्दा, ताजा समाचार
गण्डकी प्रदेशमा जिल्ला बाट मात्रै सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशस्तरिय रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो । प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकीमा सञ्चालन हुने सार्वजनिक सवारी जीप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । “व्यवसायीको चाहनाअनुसार प्रदेशभर रुट परमिट लिन पाउने व्यवस्था गरेका हौँ । तोकिएको दुईभन्दा बढी जिल्लामा जानका लागि अस्थायी रुट परमिट लिनुपर्ने झन्झट हटाएका छौँ।...
सयुक्त आयोजनामा दिप प्रज्ज्वलन कार्यक्रम

सयुक्त आयोजनामा दिप प्रज्ज्वलन कार्यक्रम

ताजा समाचार
पोखरा /परिवर्तनका लागि हामी अभियान नेपाल ,पहिलो पाइला पोखरा शाखा, लियो क्लव अफ चौतारी  पोखरा, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानको सयुक्त आयोजनामा पोखरा १७ सहिद पार्कमा दिप प्रज्वलन कार्यक्रम भएको छ।  कार्यक्रममा  सहिद स्मरण सहित एक मिनेट मौन धारणा गर्नु का साथै दिप प्रज्ज्वलन गरि सहिद दिवस मनाइएको थियो ।  आयोजित  कार्यक्रममा  परिवर्तनका लागि हामि अभियान नेपालका सल्लाहकार तथा सरक्षक शिबराज बस्ताकोटि (शिवदाइ) पहिलो पाइला  प‍ोखरा शाखाका सल्लाहकार सन्तोष न्यौपाने मेनुका वराल ,लियो क्लवका लियो आभाष दहाल,  लियो सहनशिल वराल ,विश्वको  उत्कृष्ट गन्तब्य नेपाल बनाउने महा अभियान नेपालका सयोजक नगेनसिह ठकुरि लगायतले सहिद दिवसको बारेमा बोल्नु भएको थियो। सयुक्त  कार्यक्रममा लियो क्लव अफ चौतारि, पहिलो पाइला पोखरा शाखा, परिवर्तनका लागि हामि अभियान नेपाल साथै  विश्व...
एटिएम तोडफोड गर्दा गर्दै पक्राउ

एटिएम तोडफोड गर्दा गर्दै पक्राउ

ताजा समाचार
पोखरा / बैंकको एटीएम मेसिन तोड्न खोज्ने एक युवक पक्राउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–९ कास्की घर भइ हाल पोखराको विरौटा बस्ने २७ वर्षीय टिकाराम पौडेल (राजकुमार) लाई प्रहरीले पक्राउ गरेको हो । पोखराको जिरो किलोमिटर चोकमै रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्दै गर्दाको अवस्थामा वडा प्रहरि कार्यालय बैदाम बाट खटिएको टोलि द्वारा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताउनु भएको छ । डिएसपि तथा सुचना अधिकारीका अनुसार जिल्ला अदालत कास्कीमा चोरी उद्योग मुद्वामा ७ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको जनाउनु भयो। ...
पुन हिल कप भलिबल प्रतियोगिता शुरु

पुन हिल कप भलिबल प्रतियोगिता शुरु

ताजा समाचार
पोखरा, १५ माघ । पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ ।  पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ वा शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको सुनाए । परिषदले खेलककुद विकासको लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । ‘यस्ता प्रतियोगित...
रोटरी क्लब अफ पोखरा मिडटाउन द्धारा मादीमा स्वास्थ्य शिविर

रोटरी क्लब अफ पोखरा मिडटाउन द्धारा मादीमा स्वास्थ्य शिविर

ताजा समाचार
पोखरा । कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन । रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा मादी ४ सिमलचौर तारकाङ भेगका २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएको रोटरी क्लब अफ पोखरा मिडटाउनका एडिटर सृजना कार्कीले जानकारी दिइन । कार्कीका अनुसार उक्त शिविरमा मादी गाउँपालिका, रोट्रयाक क्लब, हिमालयन आँखा अस्पताल, र परिवार नियोजनको सहकार्य रहेको थियोभने मेडिकल, सर्जिकल, अर्थो, ओ वि जी, सम्बन्धी सुबिधा समेत प्रदान गरिएको थियो । ...
नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

ताजा समाचार, मनोरन्जन
पोखरा, माघ १४, नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए । सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका थिए । यसरी अभिनय गर्ने रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रो...
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी

ताजा समाचार
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । अपांगतारअल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । शर्माले तीन हजार ६६० मत पाईन भने  परियारले तीन हजार ७७९ मतभार ल्याए । श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे । ...
वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

ताजा समाचार
 ११ माघ, पोखरा वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।  मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।  मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।  मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्वेटर, टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्...
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ

पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ

ताजा समाचार
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ । २०६९ सालमा स्थापित यस  संस्थाले वार्षिकोत्सब काे अबसरमा कार्यलयमा उपस्थित पहिलाे २ जना शेयर सदस्यहरुलाई ढाका टाेपी , पछाैरी र मायाकाे चिनाे प्रदान गर्नुका साथै पानसमा दिप प्रज्वलन गरि काराेवार सुरु गरिएकाे थियाे । वार्षिकोत्सब काे अबसर पारेर आयाेजना गरिएकाे अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थाकाे वित्तीय बिश्लेक्षण गरिएकाे थियाे । साे अबसरमा बाेल्दै संस्था का सल्लाहकार श्री मुक्तिनाथ चालिसे ले बर्तमान विषम परिस्थितिमा पनि संस्था सफल रहेकाे चर्चा गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम संचालन गर्न सुझाव दिनुभयाे । संस्थाको कर्जा असुली प्रक्रिया अझै प्रभावकारी हुन नसकेकाेमा जाेड दिदै उहाँले आफ्नो सम्पुर्ण शक्ति असुलीमा लगाउन सल्लाह दिनुभयाे । साे अबसरमा बाेल्दै लेखा समिति का ...
पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

ताजा समाचार
पोखरा पोखरा १८ ग्यारजातीमा भएको जिप दुर्घटनाका घाइते चालक कृष्ण थापाको उपचारको क्रममा मृत्यु भएको छ । विहान करिब ९ बजेर ४५ मिनेटको समयमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक थापाको पोखराको मणिपाल शिक्षाण अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवण विकले जानकारी दिए । मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो अनियन्त्रित भइ खसेको थियो । विकका अनुसार सडकको दाँया तर्फ करिब २० फिट तल खसेको थियो । ४९ वर्षिय जिप चालक सोहीस्थानका हुन् । दुर्घटनामा परि ६९ वर्षिया हिमकला थापा र ७० वर्षिय चन्द्रकला थापा घाइते भएका छन् । हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ । ...