प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै
पोखरा
स्पोट्र्स डेभलपमेन्ट फोरम पोखराको आयोजनामा पोखरामा खुल्ला महिला एमेचर तथा पुरुष हिमचुली कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले पाँच हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र अनुशासित टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । आगामी पुस ७ गते पोखरा ४ स्पोट्र्स क्यासलको फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए । फुटसलको लोकप्रियता बढेसँगै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न सानो राशीको भएपनि प्रतियोगिता आयोजना गर्न लागेको थापाले बताए । उनका अनुसार पुरुषतर्फको विजेताले ट्रफीमात्र प्राप्त गर्नेछन् ।
...









