नेपाली काङ्ग्रेस प्रजातन्त्र सेनानि बस्ताकोटिको निधन
पोखरा /पोखरा २४ कास्की कोटमा काङ्ग्रेस भन्ने बित्तिकै वच्चा देखि बुढा पाका सम्मकाले सम्झिने नाम देवि प्रसाद बस्ताकोटि (डिलको नानि) नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानि ८५ बर्षिय नेता देबि प्रसाद बस्ताकोटिको २०८१ चैत्र २४ गतेका दिन बिहान करिब ११ बजे निधन भएको छ।
वाहाको पार्थिव शरीर लाई आइतवार हिन्दु धर्मसँस्कार अनुसार पोखरा २५ हेम्जा पुलमुनि मर्दिघाटमा दाह सँस्कार गरिएको छ।बस्ताकोटिको पार्थिव शरिरमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेस सभापति शुक्र राज शर्माले पाटिको झण्डा ओढाएर श्रद्धाञ्जली दिनु भएको थियो ।सोही क्रममा पोखरा महानगर पालिका २४ वडा अध्यक्ष भरत वहादुर अधिकारी , नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति मनोज गुरुङ, पुर्व सभापति पोषनाथ शर्मा गणेशमान फाउन्डेसन अध्यक्ष दुर्गा तिमिल्सिना ,नेपालि काङ्ग्रेस किसान सँघ केन्द्रीय सदस्य मनहरी चुवाइ लगायत नेपालि...









