स्कुल वस दुर्घटना टेक्सि द्वारा सामाजिक उत्तरदायित्व वहन
पोखरा १५ /पोखरा वडा नम्वर २१ मट्टिखान सडकखण्ड एकहाते छरछरे भन्ने ठाउमा सोमवार बिहान एलपि देवकोटा बोर्डिङ इङलिस स्कुलको ग १ क ६२१९ नम्बरको वस स्कुलका बालबालिका लिएर आउनेक्रममा दुर्घटना भएको थियो । चालक परिचालक समेत गरि करिव ३० जना सवार सबै सोही दुर्घटनामा परि घाइते भएका थिए।
घाइते सबैलाई स्थानीय तथा सुरक्षा निकायले उद्दार गर्ने क्रममा एम्बुलेन्सले मात्रै घाइते सबैलाई उपचारका लागि ल्याउनका लागि साधनस्रोतको अभाव देखेपछि पोखरेलि ट्याक्सि कम्पनी प्रालिमा आवद्द छोरेपाटन इकाई कमिटिका करिव एक दर्जन ट्याक्सि दुर्घटना स्थलमा पुगेर घाइते लाई उपचारका लागि निशुल्क बिभिन्न हस्पिटलमा पुराइएको पोखरेलि ट्याक्सि कम्पनी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले वताए। पोखरामा यस्ता सवारी दुर्घटना हुदा वा विपद्को बेला समाजिक तथा मानवियता देखाउने काममा सार्वजनिक सवारिले पनि यसरी सहयोग गर्दै आइरहेको प्रालिका...









