दोविल्लाघाटमा सुविधा सम्पन्न घाट तथा पार्क निर्माण गरिने तथा विभिन्न प्रजातिका बिरुवा रोपने कार्यक्रम
पोखरा । दोविल्लाघाटमा दाउरा हस्तान्तरण, तुलसी, विभिन्न प्रजातिका बोट बिरुवारोपने कार्यक्रम सहित डस्टबीन प्रदान गरिएको छ ।
सेतीखोला नदी र स्थानीय फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरको वडा नं १७, २१ र ३३ का बासिन्दाले घाटको रुपमा प्रयोग गर्दै आएका छन् ।
त्यस घाटमा बुधवार बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईज र दशनामी समाज कास्कीको संयुक्त आयोजना साथै लायन्स क्लब अफ पोखरा अभियानको आयोजनामा पनि बृक्षारोपण सहित डस्टबीन प्रदान गरिएको हो ।
दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीलाई फ़ाउण्डेशनका सचिव टंकराजअधिकारी, रोटरी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, दशनामी समाजकाका अध्यक्ष भूपेन्द्र गिरी र लायन्स क्लबअफ पोखरा अभियानका अध्यक्ष दिनेश भण्डारीले बोटबिरुवा र डस्टबीन हस्तान्तरण गरेका थिए ।
दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समित...









