वडा नम्बर ३३ का अध्यक्ष अधिकारीमाथि ल्यान्डफिल साइट विरोधीलाई खुकुरी देखाएर तर्साएको आरोप
पोखरा
शुक्रबार लामो समय देखी विवादित पोखराको ३३ पुडिटार फोहोर प्रशोधन केन्द्र( ल्याण्डफिल साइड ) निर्माण गर्ने महानगर पालिकाको निर्णय विरुद्ध स्थानीय वासि विरोधमा उत्रिएका छन्। ल्याण्डफिल साइड निर्माण गर्न नदिने अडान लिदै आइरहेका स्थानिय माथि आक्रोस पोख्दै पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णय विरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आइरहेका थिए।बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको महानगर पालिकाले अटेरी गरेको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय ३३ अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए।
सो विरोध तथा घेराउ कार्यक्र...









