विश्व एड्स दिवसमा पोखरामा पत्रकार अन्तरक्रिया
पोखरा,
विश्व एड्स दिवसलाई अवसर पार्दै पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीको संयुक्त पहलमा महासंघ कास्कीको पोखरा–७ स्थित सभाहलमा यो कार्यक्रम गरिएको हो।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पंगेनीले समुदायमा सचेतना पु¥याउन पत्रकारहरूको सहभागिता अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे। उनका अनुसार, एड्स जस्ता दिवसमा सञ्चारकर्मीसँगको प्रत्यक्ष अन्तरक्रियाले तथ्य–जानकारी छिटो र प्रभावकारी रूपमा जनस्तरमा पुग्न मद्दत गर्छ।
कार्यक्रममा डा. सरदचन्द्र बरालले एचआइभी र पोखरा एआरटी सेवाबारे विस्तृत प्रस्तुति दिए। उनले एचआइभी/एड्स उपचार अब सहज उपलब्ध भए पनि सामाजिक कलंक र भेदभावका कारण धेर...









