जात्रा भित्रको माहाजात्रा
भगवान सबैका साझा हुन्छन् । आस्था र भरोसाका केन्द्रविन्दु मानिसहरुका मन र कर्मका आधारकर्ता जनजनका उद्धारकर्ता जीवन र जगत्का मार्गदर्शक रुपमा भगवानलाई मान्ने गरिन्छ। हिन्दू धर्मका सर्वोच्च रूप शिव र विष्णु लाई चिन्ने गरिन्छ ।
यसै रूपमध्ये कुनै बेला कुनै समय दुवै रूप धारण गरेर बनेको विशेष रूपलाई हरिहर भनेर चिनिने गरिन्छ। विश्वभरमा एकमात्र विशेष क्षेत्र हरिहरक्षेत्र पोखरा महानगर पालिका व वडा नं १७ ढुङ्गेसाघु महत्तगौडा सितापाइला नामले चिनिने यसक्षेत्र ७०० देखि८०० बर्ष पुरानो हरिहरको मूर्ति मा ८ हात मध्ये ४ हात शिब ४ हात विष्णु को रुप रहेको छ। यस मूर्ति विश्वमा कहिकतै नभएको यस क्षेत्रमा मात्र रहेको जानकारहरु बताउँछन् । हरेक वर्ष माघ १ गते गण्डकी प्रदेशकै विशेष मेला ढुङ्गेसाघु मेला लाग्ने गरेको छ ।
भगवान रामसिता ले तरुल चिउरा खाएको रातभर जागराम बसेर भजन गाएको कुरा ईतिहास मा पाउने ग...





