Sunday, April 19News That Matters

ताजा समाचार

छोरेपाटन सडकखण्डमा टिपरको ठक्कर बाट एक महिलाको निधन

छोरेपाटन सडकखण्डमा टिपरको ठक्कर बाट एक महिलाको निधन

ताजा समाचार, मुख्य समाचर
शुक्रबार -पोखरा २२ पुम्दि भुम्दि सडकखण्डमा टिपरको ठक्कर बाट एक महिलाको ज्यान गएको छ ।पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिपरले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी अन्दाजी बर्ष ३८ कि मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखराको छोरेपाटन बाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिपरले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको वहाँलाइ प्रहरी र स्थानियले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) पुर्याइएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । उक्त घटना आज करिब १२ः३० बजे भएको को टिप्पर चालक पोखरा २७ दोबिल्ला बस्ने बर्ष ५१ का लक्ष वहादुर महर्जन र टिप्परलाई वप्रका बैदाम प्रहरीले नियन्त्रण...
पोखरामा अन्तर्राष्ट्रियस्तरको योगा र ध्यानको शिक्षक प्रशिक्षण सुरु हुँदै

पोखरामा अन्तर्राष्ट्रियस्तरको योगा र ध्यानको शिक्षक प्रशिक्षण सुरु हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखराको लेकसाइडस्थित बिजी बी रिसोर्टमा यही साउन ४ गते (२० जुलाई २०२५) देखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय योगा तथा ध्यान शिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहभागिता खुला गरिएको छ। ७७ दिनसम्म सञ्चालन हुने यस विशेष आवासीय प्रशिक्षणमा योग, ध्यान सम्बन्धी गहन शैक्षिक र जीवन उपयोगी ज्ञान प्रदान गरिनेछ। उक्त कार्यक्रमको नेतृत्व भारतको स्वामी विवेकानन्द योग विश्वविद्यालयबाट योगामा स्नातकोत्तर गरेकी तथा गण्डकी विश्वविद्यालयमा अध्यापन गरिरहेकी ममता अधिकारीले गर्नेछिन्। प्रशिक्षणकी प्रमुख प्रशिक्षिका ममता अधिकारीले योगलाई केवल शारीरिक अभ्यासको रूपमा मात्र नभई आत्मचेतनालाई आध्यात्मिक रूपमा परमात्माको चेतनासँग जोड्ने विज्ञानको रूपमा बुझ्नुपर्ने बताइन्। उनले भनिन् – “आज विश्वभर योग पश्चिमीकरण हुँदै व्यावसायिक रूपमा फैलिएको छ, तर योगको मूल सार भनेको आफैंलाई चिन्नु हो। योग अनुशासन हो, योग जी...
मुख्य मन्त्री पाण्डे द्वारा सत्य तथ्य समाचार सम्प्रेषण गर्न र पुर्वाग्रह बाट टाढा रहन आग्रह

मुख्य मन्त्री पाण्डे द्वारा सत्य तथ्य समाचार सम्प्रेषण गर्न र पुर्वाग्रह बाट टाढा रहन आग्रह

ताजा समाचार, मुख्य समाचर
प्रकाश अधिकारी,पोखरा "सूचना मागौं: भ्रष्टाचार अन्त्य गरौं" भन्ने मूल नारासहित पोखराको न्यूरोडस्थित होटल दीपसागरमा आयोजित कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशामा सत्य, प्रमाण र जिम्मेवारीका आधारमा काम गर्नुपर्नेमा जोड दिएका छन्। "पत्रकारहरू तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ," मुख्यमन्त्री पाण्डेले भने, "व्यक्तिगत पूर्वाग्रहले पत्रकारितालाई कमजोर बनाउँछ, यसबाट टाढा रहन जरुरी छ।" सूचनाको हक सबै नागरिकको अधिकार भएको स्वीकार गर्दै उनले त्यसको दुरुपयोग भए समाजमा भ्रम फैलिने खतरा रहेको बताए।"सूचनाको हकको नाममा सामाजिक सञ्जालका अप्रमाणित सामग्रीलाई समाचार बनाउने प्रवृत्ति गलत हो," उनले चेतावनी दिए, "यस्तो अभ्यासले लोकतन्त्रलाई नै कमजोर पार्न सक्छ।" मुख्यमन्त्री पाण्डेले स्वतन्त्रता र नियन्त्रणबीचको सन्तुलन आवश्यक रह...
नेवा जागरण मञ्च कास्कीद्वारा यमरी र चटामरी तालिम सुरु, संस्कृति संरक्षणमा जोड

नेवा जागरण मञ्च कास्कीद्वारा यमरी र चटामरी तालिम सुरु, संस्कृति संरक्षणमा जोड

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका–८ स्थित होटल मित्र, पृथ्वीचोकमा नेवा जागरण मञ्च कास्कीको आयोजनामा यमरी र चटामरी बनाउने तीन दिने विशेष तालिम सुरु भएको छ। तालिमको उद्घाटन वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए। उद्घाटन समारोह मञ्चका अध्यक्ष राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ सल्लाहकार उदय बहादुर अमात्य, संरक्षक राजेन्द्र साई, र विशेष अतिथि अशोक कुमार पालिखेले आ–आफ्ना विचार तथा शुभकामना व्यक्त गरे। तालिममा यमरी तथा चटामरी जस्ता नेवा समुदायका मौलिक परिकार तयार गर्ने व्यावहारिक सीप सिकाइँदैछ। प्रशिक्षकको रूपमा मनिला ताम्रकारले सहभागीहरूलाई परिकार बनाउने व्यावसायिक तथा परम्परागत तरिका प्रस्तुत गरिरहेकी छन्। साथै, अधिवक्ता राजेन्द्रमान श्रेष्ठले यमरी र चटामरीको सांस्कृतिक, ऐतिहासिक र सैद्...
पोखरामा सुन बिक्री असफल, बुटवल फर्किंदै गर्दा पुम्दिभुम्दिमा पक्राउ – १ करोड ३० लाख बराबरको गरगहना बरामद (भिडियो)

पोखरामा सुन बिक्री असफल, बुटवल फर्किंदै गर्दा पुम्दिभुम्दिमा पक्राउ – १ करोड ३० लाख बराबरको गरगहना बरामद (भिडियो)

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा अवैध सुनका गरगहना बिक्री गर्न खोजेका दुई जना भारत र नेपालका नागरिक पोखराबाट बुटवल फर्किंदै गर्दा पुम्दिभुम्दिमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरू भारत, पञ्जाब अमृतसरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६, पूर्वबहिया निवासी ४७ वर्षीय रामबहादुर बिक रहेका छन्। उनीहरूले झण्डै १ करोड ३० लाख रुपैयाँ बराबरको गरगहना साथमा राखेका थिए। प्रहरीका अनुसार दुवै जनाले पोखराका सुन पसलहरूमा बिना बिलका सुनका गहना बिक्री गर्न खोजेका थिए। तर पसलेहरूले बिल र कागजात नभएको भन्दै गहना नकिनेपछि, उनीहरू माइक्रोबस चढेर बुटवल फर्किंदै थिए। यही क्रममा पुम्दिभुम्दिमा चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। बरामद गरगहनामा सुनका ढिक्का , सिक्री, दानावाला मा...
पोखरामा लागुऔषधसहित चार जना पक्राउ, दुई मोटरसाइकल र मोबाइल बरामद

पोखरामा लागुऔषधसहित चार जना पक्राउ, दुई मोटरसाइकल र मोबाइल बरामद

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्की प्रहरीले लागुऔषध ट्यापेन्टाडोल १०० एमजीका १,०५० ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा, पोखराबाट खटिएको प्रहरी टोलीले असार ३ गते साँझ करिब ६ बजे पोखरा महानगरपालिका–८, सिमलचौरस्थित प्रतिभा मार्गमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई समातेको हो। पक्राउ पर्नेहरूमा स्याङ्जा, पुतलीबजार नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–७ रत्नचोकमा बस्दै आएका २८ वर्षीय मनोज रेज्मी, पोखरा–१७ घरिपाटन निवासी २८ वर्षीय राजबहादुर पौडेल, २८ वर्षीय राजेश बहादुर पौडेल र रत्नचोककी एक महिला छन्। उनीहरू सवार ग १७ प ७२३४ र ग १४ प ३३५९ नम्बरका मोटरसाइकलमा चेकजाँच गर्दा ट्यापेन्टाडोल ट्याब्लेटसहित दुई थान मोबाइल फोन पनि बरामद भएको छ । चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। कास्की जिल्ला अदालतबाट उनीहरूलाई ६ दिनको ...
प्रदेस स्तरीय आयोजित ट्राफिक सप्ताह २०८२ सम्पन्न

प्रदेस स्तरीय आयोजित ट्राफिक सप्ताह २०८२ सम्पन्न

ताजा समाचार, मुख्य समाचर
दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन साथै सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्नसडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ सम्पन्न भएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा दुर्घटना न्यूनिकरण गराउने उदेश्यका साथ आयोजना गरिएको सप्ताह शनिबार सम्पन्न भएको हो ।ट्राफिक नियम सम्बन्धि सचेतना अभिवृद्धि गर्ने, सवारी दुघेटना न्यूनिकरण तथा रोकथाम, ट्राफिक नियमहरु प्रभावकारी कार्यान्वयन गर्ने, सरोकारवाला निकाय बिच समन्वय र सहकार्य तथा जनसहभागिता अभिवृद्धि गर्ने उदेश्यका साथ सप्ताह आयोजना गरिएको थियो । उक्त सप्ताह गण्डकी प्रदेशभित्रका सबै जिल्ला र मातहतका इकाइ, ट्राफिक प्रहरी पोष्टमार्फत सञ्चालन गरिएको थियो । एकसातामा ३ हजार ४१२ कार्यक्रम सञ्चालन गरिएको थियो भने २ लाख २२ हजार ३१२ लाभान्वित भएका छन् ।सप्ताह अन्तरगत पहिलो दिन प्रभातफेरीसँग हेल्मेट ल...
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

ताजा समाचार, मुख्य समाचर
गण्डकी प्रदेशसभाका अर्थमन्त्री डा. टकराज गुरुङले आइतबार आगामी वर्षको लागि नयाँ बजेट सार्वजनिक गरेको हाे । चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ बजेटमा  विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो । यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो । अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए । ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब ७९ करोड २८ लाख ४० हजार राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ । ...
वडा नम्बर २४ वडा अध्यक्ष अधिकारि मातृशोकमा

वडा नम्बर २४ वडा अध्यक्ष अधिकारि मातृशोकमा

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका–२४ कास्कीकोटका वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक परेको छ।वडाध्यक्ष अधिकारीकी आमा अम्बिका अधिकारीको ८२ बर्षको उमेरमा आइतबार निधन भएको हो। सामान्य स्वास्थ्य अवस्थामा रहेकी उनि केहि दिन अगाडी सामान्य बिरामी परेपछि उपचारको लागि अस्पताल लगिएकोमा मणिपाल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। सामाजिक तथा राजनीतिक ब्यक्तित्व बम बहादुर अधिकारि कि धर्मपत्नीस्व. अधिकारीका ५ छोरा र १ छोरी रहेका छन।छोराहरु धनबहादुर, गणेश बहादुर, मिनबहादुर, भरत बहादुर र रामबहादुर तथा छोरी देवका अधिकारी थापा रहेका छन ।काइँला छोरा भरत अधिकारी पोखरा -२४ को वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस महाअधिवेसन प्रतिनिधि साथै कास्किकोट सम्पर्क समितिका पुर्व अध्यक्ष समेत हुन् भने ,साइला छोरा मिनबहादुर बर्षौदेखि पोखरामा ब्यबसाय गर्दै आएका एक सफल व्यवसायि साथै कास्की कोट पोखरा सम्पर्क समितिका पुर्...
महत्तगौडामा असार १५ गते रोपाइँ महोत्सव आयोजना हुने, स्थानीय क्लब र संस्थाहरूको सहकार्यमा

महत्तगौडामा असार १५ गते रोपाइँ महोत्सव आयोजना हुने, स्थानीय क्लब र संस्थाहरूको सहकार्यमा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७ मा अवस्थित महत्तगौडा क्षेत्रमा यस वर्ष पनि रोपाइँ महोत्सव भव्य रूपमा आयोजना हुने भएको छ। श्री सिदेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्थाको पहलमा हुन लागेको उक्त कार्यक्रम विरुवा फाट क्षेत्रमा सम्पन्न हुने छ। कार्यक्रममा क्लब १६ लेकसाइड, ढुंगेसाँघु बोर्डिङ स्कुल महत्तगौडा, स्थानीय आमा समूह, स्थानीय बासिन्दा तथा पोखरा महानगरपालिका कृषि महाशाखालगायतको सहकार्य रहने आयोजक संस्थाले जानकारी दिएको छ। महोत्सवमा परम्परागत रोपाइँ प्रदर्शन, सांस्कृतिक कार्यक्रम, स्थानीय परिकारहरूको प्रदर्शनी र कृषि सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समावेश गरिने बताइएको छ। स्थानीय कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस महोत्सवले परम्परागत कृषि संस्कृति जगेर्ना गर्न र समुदायमा सहकार्य तथा एकता बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ। ...