Sunday, April 19News That Matters

ताजा समाचार

नेकपा वहुमतद्वारा छोरेपाटन व्यवस्थापन समिति अध्यक्ष पहारि लाइ कालोमोसो

नेकपा वहुमतद्वारा छोरेपाटन व्यवस्थापन समिति अध्यक्ष पहारि लाइ कालोमोसो

ताजा समाचार, मुख्य समाचर
सम्झौता खारेज नगरे कडा कारवाहिको चेतावनि पोखरा १७ स्थित पर्यटकीय स्थल पातले छाँगोको तथा (डेभिडफल्स ) बर्षौदेखि विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाउदै ठेकेदारकै मतियार भएको आरोपमा पोखरा १७ स्थित श्री छोरेपाटन माध्यमिक विद्यालय, कास्कीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी लाई नेकपा बहुमत गण्डकी प्रदेसले जनकारबाही गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उनलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको जनाएको छ। विद्यालयको सार्वजनिक सम्पत्ति रहेको पातले छाँगो विगत ४८ वर्षदेखि छोरेपाटन माविले संरक्षण र भोगचलन गर्दै आएको थियो । तर, हालै उक्त जग्गा निजी कम्पनीलाई ठेक्कामा दिइएपछि स्थानिय वासिन्दा समेत चिन्तित रहेका थिए भने, विद्यार्थीको भविष्यसँग ...
बसमा सवार महिलाको सिक्री लुटपाट गर्ने दुई जना काठमाडौँबाट पक्राउ

बसमा सवार महिलाको सिक्री लुटपाट गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, बसमा यात्रा गरिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी फरार भएका दुई जना व्यक्तिहरूलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएअनुसार मिति २५ असार २०८२ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थितबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले जनाएअनुसार मिति २९ चैत्र २०८. साँझ करिब १७:१५ बजे अमरसिंहचोकबाट लेखनाथतर्फ गइरहेको यात्रुबाहक बसमा सवार एक महिलाको घाँटीमा लगाइएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका वडा नं. १० शिवचोक नजिकै सोही बसमा सवार दुई व्यक्तिहरूले चोरी तथा लुटपाट गरी फरार भएको सूचना प्राप्त भएपछि अनुसन्धान थालिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी परिचालन गरी अनुसन्धानको क्रममा काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको सहयोगमा उक्त घटना संग संल...
करीब २ लाख १३ हजार नगदसहित जुवा खेल्दै गरेका १७ जना पक्राउ

करीब २ लाख १३ हजार नगदसहित जुवा खेल्दै गरेका १७ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको अपराध अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। असार २२ गते पोखरा–१० रक्षामार्गबाट जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूको साथबाट ४ बुक तास र २ लाख २२ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। त्यसैगरी, पोखराको रामबजारस्थित घलेचोकबाट ४ बुक तास र १ लाख ९१ हजार रुपैयाँ नगदसहित ८ जना जुवाडे पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी अविनाश दीप केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पक्राउ परेकामध्ये ६ जना महिला र ११ जना पुरुष रहेका छन्। ...
नक्कली परिक्षार्थी पक्राउ: चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ठगी प्रयास

नक्कली परिक्षार्थी पक्राउ: चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ठगी प्रयास

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालयले कास्कीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २०८२/३/२३ गते पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश ,पोखराबाट संचालन भएको परीक्षामा बर्ग 'बि' (कार, जीप, डेलिभरी भ्यान) को प्रयोगात्मक परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्ति पर्वत जिल्लाको अमलाचौरका ३३ वर्षीय मोहम्मद रहीम रहेको कास्की प्रहरीले जानकारी दिएको छ । रहीमले पोखरा यातायात व्यवस्था कार्यालयबाट सञ्चालन भएको परीक्षामा कुमार भण्डारी नामका व्यक्तिको नाममा परीक्षा दिइरहेका थिए। अनुसन्धानमा रहीमले कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँसी न...
नक्कली प्रशिक्षार्थी पक्राउ : अर्काको नागरिकतामा फोटो टाँसेर ट्रायल दिन खोज्दा समातिए

नक्कली प्रशिक्षार्थी पक्राउ : अर्काको नागरिकतामा फोटो टाँसेर ट्रायल दिन खोज्दा समातिए

ताजा समाचार, मुख्य समाचर
पोखरा,सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिन खोज्दा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्। पोखरास्थित यातायात व्यवस्थापन सवारी चालक अनुमति पत्र कार्यालय गण्डकी, कास्कीमा हलुका सवारी साधनको ट्रायल दिन आएका एक व्यक्तिले अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसी सक्कली प्रशिक्षार्थी बनेर ट्रायल दिएको खुलेको हो। शङ्का लागेपछि गरिएको भेरिफिकेशन प्रक्रियामा उनी नक्कली भएको पुष्टि भएपछि पक्राउ गरिएको हो। कार्यालयका प्रमुख मिलनबहादुर केसीका अनुसार उनले उक्त कार्यका लागि रु १० हजार रकम लिएको स्वीकार गरेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रमुख प्रनि कृष्णबहादुर रानाभाटले जानकारी दिए। घटनासम्बन्धी थप विवरण भने आउन बाँकी छ। ...
बक्स पोखराद्वारा आकर्षक पुरस्कार राशीसहितको खुला फुटसल प्रतियोगिता हुँदै

बक्स पोखराद्वारा आकर्षक पुरस्कार राशीसहितको खुला फुटसल प्रतियोगिता हुँदै

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा "खेलकुद युवाको शक्ति हो" भन्ने मूल सन्देशका साथ बक्स पोखराको आयोजनामा खुला फुटसल प्रतियोगिता २०८२ असार २७, २८ र २९ गते हुने भएको छ। पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवनमा प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। पत्रकार सम्मेलन समारोहका प्रमुख अतिथि खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम.बी  आस्था मगर रहेका थिए । उनले आफ्नो भनाई राख्दै , "फुटबलले नै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। त्यही फुटबलको एउटा अविभाज्य अङ्गको रूपमा रहेको फुटसल आज युवामाझ लोकप्रिय बन्दै गएको छ। यस्तो ठूलो पुरस्कार राशी सहितको खुला प्रतियोगिता आयोजना गर्नु बक्स  पोखराको साहसिक निर्णय हो।" उनले थपे , "राज्यले फुटसललाई अझै औपचारिक मान्यता नदिएको यथार्थ हो, तर हामी सबै मिलेर यसलाई संस्थागत बनाउने पहल गर्नुपर्छ। यसले व...
महानगर पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न मेयरआचार्य आलोचना र प्रस्नको घेरामा,गरेको कामको मुल्यांकन गर्न आग्रह , बोलेका कुरा पूरा गर्ने प्रतिवद्दता

महानगर पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न मेयरआचार्य आलोचना र प्रस्नको घेरामा,गरेको कामको मुल्यांकन गर्न आग्रह , बोलेका कुरा पूरा गर्ने प्रतिवद्दता

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम पोखरा सभागृहमा भइरहँदा केही वडामा पनि सार्वजनिक सुनुवाइ भइरहेको थियो भने सभागृहमा अपेक्षाकृत उपस्थिति थिएन। कतिपय वडा अध्यक्ष र सदस्यको उपस्थिति नभएको सार्वजनिक सुनुवाइमा उपस्थित रहेका सर्वसाधारण नगरवासीहरूले भने न्यून उपस्थिति देखिएको र लगभग आधा सभा हल खाली रहेकोमा चिन्ता व्यक्त गर्दै, स्थानीय सरकार जस्तो महानगरपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो न्यून उपस्थिति हुनुको कारण के हो भन्ने प्रश्न राखेका थिए। मेयर धनराज आचार्य, जो नेकपा एससँगै तत्कालीन गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा मेयर पदमा निर्वाचित भएका थिए, भने उपमेयरमा काँग्रेसकै उम्मेदवार पराजित भएका थिए। महानगरका कतिपय पछिल्ला कार्यक्रम र गतिविधिह...
दुर्घटना न्यूनीकरणका लागि विद्युतीय सवारी चालकलाई प्रशिक्षणका लागि ध्यानाकर्षण पत्र

दुर्घटना न्यूनीकरणका लागि विद्युतीय सवारी चालकलाई प्रशिक्षणका लागि ध्यानाकर्षण पत्र

ताजा समाचार, मुख्य समाचर
पोखरा, सरकारले वातावरण प्रदूषणबाट मानवीय स्वास्थ्यमा असर परेको भन्दै नागरिक स्वास्थ्य सुरक्षाका लागि इन्धन सवारी विस्थापित गर्दै विद्युतीय सवारी भित्र्याएसँगै नेपालका सडकमा विद्युतीय सवारी गुड्न थालेका छन्।यसरी विद्युतीय सवारी गुड्न थालेपछि पछिल्लो समय इन्धन सवारीको अनुपातमा विद्युतीय सवारी दुर्घटना भएर जनधनको क्षति हुन पुगेको सवारी दुर्घटना तथ्यांकले देखाएको छ। चिल्ला सडकमा नयाँ विद्युतीय सवारी गुड्न थालेपछि आम यात्रुले तीव्र गतिमा हाकेकै कारण अनियन्त्रित भई सवारी दुर्घटना भएका गुनासा आउन थालेपछि, विद्युतीय सवारीबाट हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न र जनधनको क्षति हुनबाट जोगाउनका लागि, तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित पोखराका एक सचेत नागरिक शिवराज बस्ताकोटीले विद्युतीय सवारी साधनसँग सम्बन्धित बढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय का...
गण्डकी महिला टि–२० क्रिकेट: कृषाको कप्तानीमा पर्वतको टोली तयार

गण्डकी महिला टि–२० क्रिकेट: कृषाको कप्तानीमा पर्वतको टोली तयार

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताका लागि पर्वत जिल्लाले आफ्नो १४ सदस्यीय महिला टोली सार्वजनिक गरेको छ। कप्तानको जिम्मेवारी युवा खेलाडी कृषा अखेलीलाई दिइएको छ भने टोली बुधबारदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगितामा सहभागिता जनाउँदैछ। टोलीमा शुसिला भट्टराई, जिबिका क्षेत्री, प्रतिभा खड्का, अनुषा पौडेल, योगिता केसी, रिदिमा पौडेल, रोजिना चापागाईं, ऐनजल अधिकारी, बिपासा, ऐन्जल परियार, गरिमा केसी, जेनिशा शर्मा र दिपिका सापकोटा रहेका छन्। प्रशिक्षकको भूमिकामा अजय लामिछाने रहेका छन्। गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा र नवलपुर गरी चार जिल्लाको सहभागिता रहनेछ। प्रतियोगिता अन्तर्गत पहिलो दिन (१८ गते बुधबार) कास्की र स्याङ्जा आमने–सामने हुनेछन् भने पर्वतले दोस्रो खेलमा नवलपुरको सामना गर्नेछ। त्यस्तै पर्वतले १९ ...
असार १५ : पोखरामा रोपाइँ महोत्सवहरूको रौनक, कृषि–पर्यटन प्रवर्द्धनमा उत्साह

असार १५ : पोखरामा रोपाइँ महोत्सवहरूको रौनक, कृषि–पर्यटन प्रवर्द्धनमा उत्साह

ताजा समाचार, मुख्य समाचर
प्रकाश अधिकारी ,पोखरा ‘मानो रोपेर मुरी फलाउने’- भन्ने नेपाली उखानलाई आत्मसात गर्दै यस वर्षको असार १५ मा पोखराका विभिन्न ठाउँमा आयोजना गरिएका रोपाइँ महोत्सवहरू उल्लासपूर्वक सम्पन्न भएका छन्। धान खेतीप्रति सम्मान, कृषकप्रतिको कदर र कृषि–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित महोत्सवहरूले पोखरालाई कृषि पर्यटनको आकर्षक गन्तव्यको रूपमा थप उचाइमा पुर्‍याएको छ। गुँदेतालमा २०औँ रोपाइँ महोत्सवपोखरा महानगरपालिका वडा नं. २६ स्थित गुँदेताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २०औँ असारे रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भयो। 'पर्यटन सबै मौसमका लागि' भन्ने मूल नारासहित आयोजित महोत्सवमा परम्परागत हल गोरुद्वारा धान रोपाइँ, हिलो छ्यापाछ्याप, रस्साकस्सी, माछा समाउने, र विविध सांगीतिक प्रस्तुतिहरूले सहभागी तथा दर्शकलाई भरपूर मनोरञ्जन दिलायो। गुँदेतालमा आयोजित पत्रकारहरूको छुट्टै ह...