सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी
पोखरा
सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी
आइतबार सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले समितिका सयोजक केदार पौडेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मार्फत आज प्रदेस सरकारलाई गैर जिम्मेवारीपुर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ।
प्रदेस सरकारको तर्फ बाट एकलौटी रुपमा वार्तामा बोलाएको व्यवसायी हरु नआएको भन्ने भ्रमपुर्ण खवर सँचार माध्यम बाट थाहा पाउँदा दुखि भएको उल्लेख गर्दै यस्ता अर्थहिन अभिव्यक्ति नदिनसमेत आग्रह गर्दछौ भन्दै आफू हरु सकारात्मक वार्ता र सम्वादका लागि २४ सै घण्टा खुल्ला रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
गण्डकी प्रदेश सरकार द्वारा रातो नम्बर प्लेटका दुई पाङग्रे तथा चार पाङग्रे सवारी साधनले सार्वजनिक सवारी साधनले सरह यात्रु ओसारपोसार गर्न पाउने गरी जारी गरेको राइड शेयरिङ नियमावली २०८२ को बिरोधमा सार्वजनिक यातायात व्यवसायी तथा म...









