“योग-प्रज्ञा साधना-१”: पोखरामा ओशोधारा संघ नेपालद्वारा चारदिने अध्यात्मिक यात्रा सुरु हुँदै
पोखरा
अध्यात्म, ध्यान, र योगको गहिरो अनुभूति गर्न चाहनेहरूको लागि पोखरामा "योग-प्रज्ञा साधना-१" कार्यक्रम माघ १६ देखि १९ सम्म विशेष रूपमा आयोजना गरिँदैछ। ओशोधारा संघ नेपाल ध्यान केन्द्र पोखराको संयोजनमा विजयपुरस्थित खेल मैदान नजिकको हाईड्रो पावर मुहान क्षेत्रमा चार दिनसम्म चल्ने यस कार्यक्रमले सहभागीहरूलाई आत्मिक शान्ति, मानसिक शुद्धता, र जीवनको गहिराइलाई बुझ्न नयाँ दृष्टिकोण प्रदान गर्नेछ।
कार्यक्रमको बारेमा आयोजित पत्रकार सम्मेलनमा आचार्य श्री ओशो अखण्डले पत्रकारहरूको जिज्ञासाको उत्तर दिनुहुँदै कार्यक्रमको उद्देश्य, विशेषता, र महत्वबारे स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो "ध्यान र योग मानिसको जीवनलाई बाहिरी शोरबाट मुक्त गराएर आत्मिक शान्ति र आनन्दतर्फ डोर्याउने सशक्त माध्यम हो। 'योग-प्रज्ञा साधना-१' ले सहभागीहरूलाई आफूभित्रको सम्भावना चिन्न र जीवनलाई नयाँ दृष्टिकोणले बुझ्न मद्दत गर...









