पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ हुने
पोखरा—
पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ को आयोजना गर्ने भएको छ। महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशका नाटकहरू प्रस्तुत गरिनेछन्।
वि.सं २०७५ मा पहिलो पटक आयोजना गरिएको पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, मेसेडोनिया लगायतका देशका कलाकारहरूको उपस्थिति रहेको थियो। उक्त महोत्सवले पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।यसै परम्परालाई निरन्तरता दिँदै पोखरा थिएटरले पुनः दोस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेको हो।
यस महोत्सवमा पाँच देशका नाटकहरू मञ्चन हुनेछन्, जसले बहुसांस्कृतिक तथा विविध नाट्य अनुभव प्रदान गर्नेछ।फोरम थिएटर र कार्यशालाहरू मार्फत...









