Saturday, June 6News That Matters

मुख्य समाचर

पोखरामा सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

पोखरामा सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा फिर्के सृजनाचोक नजिक आज बिहान एक दर्दनाक सवारी दुर्घटना हुँदा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन्। मृतक पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङ रहेको प्रहरीले जनाएको छ। pic:- dadagharekhabar.com गम्भीर घाइते भएकी मायाको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा निधन भएको हो। दुर्घटनामा उनका छोरा २६ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ। pic:- dadagharekhabar.com प्रहरीका अनुसार, बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय नजिक दुर्घटना भएको हो। सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ। मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर उनका छोरा मनोजले चल...
“राप्रपाद्वारा बृहत् विरोध सभा घोषणा, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनको आह्वान”

“राप्रपाद्वारा बृहत् विरोध सभा घोषणा, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनको आह्वान”

ताजा समाचार, मुख्य समाचर
पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश समितिले फागुन ९ गते आयोजना गर्न लागेको बृहत् विरोध सभाको पूर्वसन्ध्यामा पोखरामा मोटरसाइकल र्याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ। र्याली पृथ्वीचोकबाट सुरु भएर पोखराका मुख्य सडक परिक्रमा गर्दै चिप्लेढुंगामा पुगेर समापन गरिएको थियो। राप्रपाका कार्यकर्ता एवं समर्थकहरूले राष्ट्रिय झण्डा र पार्टीका झण्डा फहराउँदै ‘संवैधानिक राजसंस्था पुनःस्थापना गर’, ‘भ्रष्टाचारमुक्त शासन व्यवस्था चाहिन्छ’, ‘नेपालको पहिचान मेट्न दिँदैनौं’ लगायतका नारासहित प्रदर्शन गरेका थिए। र्यालीमा सहभागी भएका कार्यकर्ताहरूले भ्रष्टाचार, कुशासन, र विदेशी प्रभावबाट नेपाललाई जोगाउन राप्रपाले अब निर्णायक संघर्ष गर्ने बताए। प्रदेश अध्यक्ष पञ्चराम गुरुङले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई संकटमा पार्दै लगेको आरोप लगाउँदै भने, “अबको लडाइँ भ्रष्ट...
कुनो कालिज फार्ममा बढेमानको चितुवा पसेपछि

कुनो कालिज फार्ममा बढेमानको चितुवा पसेपछि

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ । चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको छ । करिब ४० वटा कालिज फार्मबाट भागेका छन् । पोखरा ४ का जनप्रतिनिधिसमेत रहेका प्रकाश कोइरालाले सो फार्म सञ्चालन गर्दै आएका छन् । फार्ममा उनले सात सय कालिज र ५० वटा लोकल कुखुरा पालेका थिए । ‘५५ वटा कालिज र १५ वटा लोकल कुखुरा चितुवाले मारेको छ, उडेर कति भागे भन्ने एकीन छैन तर ४० वटा भागे भन्ने हाम्रो अनुमान छ’, सञ्चालक कोइरालाले भने । सबै हिसाब गर्दा एक लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । उनले गत वैशाखमा सात सय कालिज फार्ममा हालेका थिए । सोमबार बिहान करिब ५ बजे फार्मभित्र चितुवा देखिएको थियो । फार्मका कर्मचारीले सञ्चालक कोइरालाई जानकारी गराएपछि कोइरालाले जिल्ला वन कार्यालयम...
उद्घाटनकै  क्रममा वेलुन पड्किएपछि प्रमुख अतिथि पौडेल र आचार्य घाइते किर्तिपुर स्थित वर्नअस्पतालमा उपचार हुदै

उद्घाटनकै क्रममा वेलुन पड्किएपछि प्रमुख अतिथि पौडेल र आचार्य घाइते किर्तिपुर स्थित वर्नअस्पतालमा उपचार हुदै

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा भ्रमण बर्ष २०२५ उद्घाटन समारोह पोखरामा भइरहदा उद्घाटनकै क्रममा अचानक वेलुन पड्कन गई प्रमुख अतिथि उप प्रधानमन्त्री तथा अर्थमन्त्रीमाननीय बिष्णु पौडेल तथा पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य जलनबाट घाइते भएका छन्। दिप प्रज्वलन पछि रिमोट द्वारा फायर क्यानडल झिर झिर गरे लगत्तै गेयास भरिएका दुई झुत्ता वेलुन ल्याइएको थियोे ।गणयनसले भरिएका वेलुनका ती झुत्ता मेयर आचार्य साथै प्रमुख अतिथि पौडेलले समात्ने बित्तिकै सबै वेलुन एकसाथ पड्किदा निस्केको आगोको ज्वालाले दुबैलाइ लपेटे पछि भागदौड मच्चिएको थियो । सोही अवस्थामा पौडेल मञ्च तर्फ दौडिएका थिए भने आचार्य मञ्च तल चौर तर्फ दौडिएका थिए। तब मेयर आचार्यको देव्रे भागमा गाला कन्चट साथै कपाल समेत जलेको थियो। प्रलेस मन्त्री विन्दु कुमार थापाको हत्केलामा सामान्य रापले भेटाएको छ भने उनको सुरुवालमा जलेर सानो प्वाल परेको छ। ...
आहा! रारा पोखरा गोल्डकप फाइनल: नेपाल प्रहरीलाई हराउँदै ब्ल्याक बुल्सको ऐतिहासिक जित

आहा! रारा पोखरा गोल्डकप फाइनल: नेपाल प्रहरीलाई हराउँदै ब्ल्याक बुल्सको ऐतिहासिक जित

ताजा समाचार, भिडियो, मुख्य समाचर
पोखरा पोखरामा सम्पन्न आहा! रारा पोखरा गोल्डकपको फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ। सहारा क्लब पोखराको आयोजनामा शनिबार भएको यस महत्वपूर्ण फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न सफल भयो। ब्ल्याक बुल्सका जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ, र साभकातजोन सात्तोरोभले गोल गर्दै टिमलाई सहज जित दिलाए। नेपाल पुलिस क्लबका लागि शिशिर चौधरीले सान्त्वना गोल गरे। टेक्निकल्ली र ट्याक्टिकल्ली बलियो प्रदर्शन गरेको ब्ल्याक बुल्सले पहिलो हाफको ४० औं मिनेटमा खाता खोलेको थियो। नेपाल पुलिसका प्रज्वल चौधरीले ह्याण्ड गरेपछि ब्ल्याक बुल्सलाई प्राप्त फ्रिकिकमा जाखोनगिर अख्मादोभले उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। गोलरक्षक शत्रुधनको रोक्ने प्रयास असफल हुँदा बल नेटमा पुग्यो...
उद्घाटनकै क्रममा प्रमुख अतिथि पौडेल र आचार्य घाइते

उद्घाटनकै क्रममा प्रमुख अतिथि पौडेल र आचार्य घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा शनिवार /पोखरा भ्रमण बर्ष २०२५ अौपचारिक घोषणा समारोह उद्घाटनकै क्रममा प्रमुख अतिथि माननीय अर्थमन्त्री बिष्णु पौडेल साथै पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य घाइते भएका छन् ।प्राुख अतिथि पौडेल र आचार्यले उद्घाटन गर्न लाग्दा अचानक ग्यासले भरिएका वेलुन पड्कन गै दुबैजना घाइते भएका छन् । गण्डकी प्रदेस सामाजिक मन्त्री माननीय विन्दु कुमार थापा लाई हत्केलामा सामान्य पोलेको छ भने उनको सुरुवालमा सानो चुरोटको ठुटाले प‍‍ोलेस्तो गरि प्वाल परेको छ। मेयर आचार्य को गालामा गलामा कन्चेटको छाला केही भाग जलेको छ।घाइते दुवैलाई फिस्टेल हस्पिटछमा लगिएको छ। सामन्य उपचार पछि कार्यक्रम स्थलमा आउने जानकारी प्राप्त भएको छ। बेलुन कसरी पड्क्यो यसकारे थप विवरण आउन बाकी छ। ...
पुम्दीकोटमा भव्य श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा

पुम्दीकोटमा भव्य श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा

ताजा समाचार, मुख्य समाचर
पोखरा धर्म, आस्था, र सभ्यताका जरा गहिराइमा जोडिएका हुन्छन्। मानवीय अस्तित्वको सार नै आत्मज्ञान हो, र आत्मज्ञानको उज्यालो फैलाउने एउटा प्रमुख मार्ग हो— सत्संग, श्रवण, र भक्ति। यही पवित्र उद्देश्यले पोखरा-२२, पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा-२०८१ को भव्य आयोजना-"समृद्धि र विकास , बेरोजगार र विदेश पलायन हुनेहरुको लागि निकास" भन्ने नारा पुनः अघिसार्दै तयारी भइरहेको आज पत्रकार सम्मेलन मार्फत पुम्दिको महायज्ञ समितिले वताएको छ। धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पनि यहाँ विभिन्न यज्ञहरू सम्पन्न भइसकेको सो अवसरमा मुल समिति सँय‍ोजक चन्द्रकान्त वरालले वताए ।उनले २०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिको मुखारबिन्दबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ आयोजना भएको थियोे भने भागवत...
कोटिहोममा बाधा नपुर्याउन महानगर लाई उच्चको आदेस

कोटिहोममा बाधा नपुर्याउन महानगर लाई उच्चको आदेस

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाइडमा हुने भनिएको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनका लागि उच्च अदालत प‍ोखराको आदेसले बाटो खोलिदिएको छ।कोटिह‍म विराट ज्ञान महायज्ञ रोक लगाउने पोखरा महानगरपालिका कार्य पालिकाको निर्णयमाथि चुनौती थपिंदै गएको बेला उच्चअदालत पोखराले पनि महायज्ञ संचालनमा कुनै बाधा अबरोध नगर्न महानगर पालिका पोखरा लगायत सम्बन्धित सबै पक्षलाई निर्देश गरेको छ। । मानव सेवा फाउण्डेशन नेपालले दिएको निवेदन माथि उच्च अदालत पोखराले सुनुवाइ गरि कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न विपक्षी पोखरा महानगरपालिका लगायत सम्बन्धित पक्षलाई निर्देशन सहित आदेस गरेको छ। पोखरा महानगरपालिकाको कार्यपालिका र मेयर धनराज आचार्यमाथि उच्च अदालतको यो आदेसले झन् चुनौति माथि चुनौती थपिदै गएको छ। नेपाल ट्रष्टले&n...
प‍ोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यक : मेयर आचार्य

प‍ोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यक : मेयर आचार्य

ताजा समाचार, मुख्य समाचर
पोखरा, फागुन १ – पोखरा महानगरपालिकाले "पोखरा भ्रमण वर्ष २०२५" लाई सफल बनाउन योजनाबद्ध कार्यक्रमहरू सार्वजनिक गर्न पोखरा सभागृहमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले पोखरालाई ‘नेपालको पर्यटन राजधानी’ घोषणा गरेपछि, महानगरपालिकाले पोखराको पर्यटन विकासलाई तीव्रता दिनका लागि विभिन्न रणनीतिक योजना अघि सारेको छ। हिमाल, ताल, गुफा, धार्मिकस्थल तथा साहसिक खेलका लागि प्रसिद्ध पोखरालाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो। पत्रकार सम्मेलनमा महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा, भ्रमण वर्षलाई सफल बनाउन गठित १,५५१ सदस्यीय मूल समारोह समिति तथा ४३ उपसमितिहरू को विवरण प्रस्तुत गरियो। कार्यक्रममा, पोखरालाई विश्वभर प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ्ग गर्ने, विभिन्न देशका प्रमुख सहरहरूसँ...
पोखरा महानगर पालिका र वडा नम्बर ३२ का स्थानिय बिच आज बुधबार सहमति भएको छ।

पोखरा महानगर पालिका र वडा नम्बर ३२ का स्थानिय बिच आज बुधबार सहमति भएको छ।

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा वडा नम्बर ३२ का स्थानिय वासिन्दाले महानगर र आफुहरु बिच भएको सझौता अनुसार काम नभएको ,म्याद सकिएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि पोखरामा जताततै फोहोरको थुप्रो लाग्न थालेको थियो ।करिव एक साता नउठेको पोखरा महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सन्दर्भमा आज स्थानीय सरोकारवालारुसँगको छलफल सौहार्दपूर्ण रूपमा सम्पन्न भएको महानगर पालिका प्रवक्ता तथा वडा नम्बर २५ अध्यक्ष मोति तिमिल्सिनाले सामाजिक सघ्जाल मार्फत जानकारी गराएका छन्। उक्त छलफलमा पोखरा महानगरपालिका वडा नं ३२ को सामाजिक, पूर्वाधार विकास, वातावरण र विपद व्यवस्थापनको क्षेत्रमा देखिएका सवाल तथा समस्याहरूलाइ महानगरपालिकाको तर्फबाट आगामी कार्यपालिका नगरसभामा छलफल गरि सम्बोधन गरिने प्रतिबद्धता गरिएको समेत उनले सञ्जाल मार्फत जानकारी गराएका छन्। भोलि अर्थात फागुन १ गते बिहीबार बाट महानगरको फोहोर मैला व्यवस्था...