पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने प्रहरी नियन्त्रणमा
पोखरा
अन्तत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।
बनस्थलीस्थित आफ्नै पार्टी केन्द्रीय कार्यालयबाटै आजै साँझ शुक्रबार प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको छ।
Dadagharekhabar.com
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनी विरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो। उनलाई पक्राउ गर्ने सुइको पाउने बित्तिकै रास्वपाका हजारौं कार्यकर्ता जम्मा भएका थिए।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले सुर्यदर्सन सहकारीको ६५ करोड भन्दा बढि रकम ल्याएर गोर्खा मिडिया नेटवर्कका नाममा अपचलन गरेको मुद्दा जिल्ला प्रहरी...









