समाचार सङ्कलनका लागि गएका पत्रकार माथि समाचार सङ्कलनकै क्रममा अवरोध तथा दुर्व्यवहार
पोखरा
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई समाचार सङ्कलनकै क्रममा कास्की प्रहरीको प्रबक्ता समेत रहेका डिएसपी बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले समाचार सङ्कलन तथा भिडियो लिनेक्रममा अरोध गर्नुका साथै पत्रकार हरुमाथि नै दुर्व्यवहार गरेक़ा छन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई रुपन्देहि बाट पोखरा कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्ब्यबहार गरेको हो।
पार्टी सभापति रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याए पछि त्यहाँ शान्तिपूर्ण तरीकाले जम्मा भएका रास्वपाका नेता कार्यकर्ता तथा समर्थक हरुलाई प्रहरीले गिरफ्तार गर्न खोजे पछि फोटो तथा भिडियो खिच्दै रहेका पत्रकारहरुमाथि प...








