Friday, June 5News That Matters

मुख्य समाचर

पोखरामा केहिबेर झडप : पत्रकार समेत घाइते लामिछानेलाइ १० दिनको म्याद थप

पोखरामा केहिबेर झडप : पत्रकार समेत घाइते लामिछानेलाइ १० दिनको म्याद थप

ताजा समाचार, मुख्य समाचर
पोखरा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई आज म्याद थप गर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कार्यक्रम गरेको छ। अश्रुग्यास प्रहार आन्दोलनकारी माथी दिपावली तिहार सकिए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थप्न जिल्ला अदालत हाजिर गराउने भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले पार्टी कार्यालय घण्टाघरबाट विरोध र्यालीसहित पोखराको वाइचोकमा पुगेका थिए। अश्रुग्यास प्रहार आन्दोलनकारी माथी आन्दोलन तितरबितर प्रहरीले अश्रुग्यास प्रहार गरेपछि केहीबेर स्थिति तनावपूर्ण रह्यो। आन्दोलनकै क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भइरहँदा रिपोर्टिङको क्रममा रहेका कास्कीका पत्रकार गण्डकी छड्केका क्यामरापर्सन राजकुमार माझीमाथि बिना कारण प्रहरी झुम्मिएर कुटपिट गरेको छ, जसमा कतिपय आन्दोलनकारीसमेत घाइते भएका छन्। पत्रकारलाई लछार पछार गर्दै प्रहरी ...
रवि लामिछानेलाई थप अनुसन्धानको लागि १० दिनको म्याद थपियो

रवि लामिछानेलाई थप अनुसन्धानको लागि १० दिनको म्याद थपियो

ताजा समाचार, मुख्य समाचर
पोखरा रवि लामिछानेलाई थप अनुसन्धानको लागि १० दिनको म्याद थपिएको छ। अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ, जसले अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले थप समय पाएको संकेत गर्दछ। थप समाचार केहीबेर मा ।
हावाहुरि असिना पानि : कास्कीका विभिन्न ठाउँ प्रभावित

हावाहुरि असिना पानि : कास्कीका विभिन्न ठाउँ प्रभावित

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा वरपर क्षेत्रमा आज परेको असिना पानी हावाहुरिले विभिन्न ठाउँ प्रभावित भएको छ। किसानले बर्षभिरिको परिश्रम गरेर उत्पादन गरेको धान कार्तिकमा थन्क्याउने बेलामा आज सोमबार दिउसो देखि चलेको हावा हुरि बतास सगै परेको असिना पानिले पोखरा मात्रै नभइ सिङ्गो कास्कीमा ठुलो क्षति पुर्याएको छ। आजको असिना पानिले पोखरा २४ का रामचन्द्र थापाले आज पचासौ मुरि धानमा क्षति पुर्याएको वताएका छन्।यसैगरी वडा नम्बर ५ का वडा सदस्य गोविन्द पराजुलीले लुम्लेकाडे नाउँडाडातिर असिना पानी परेको भिडियो पोष्ट गरेदै आजको भारि बर्षाले किसान अत्यन्तै मर्कामा परेको वताएका छन्। T.N dhungana मौसक परिवर्तन सगै किसानले धान काट्ने थन्क्याउने बेलामा यसरी असिना पानिले क्षति पुर्याएपछि किसान हरु अत्यन्तै चिन्तित छन्। पोखरामा स्थानिय सरकारले जेठोबडो धानदाइ महत्त्व दिने गरि थालेको अभियान लाई पोखराका किसानले स्...
महानगर र छोरेपाटन विद्यालय तथा स्थानीयबीचको विवादले : पातले छाँगो (डेभिज फल) मा ताला बन्दी

महानगर र छोरेपाटन विद्यालय तथा स्थानीयबीचको विवादले : पातले छाँगो (डेभिज फल) मा ताला बन्दी

ताजा समाचार, मुख्य समाचर
पोखरा बिहीबार गण्डकी प्रदेशकै पर्यटकीय राजधानी पोखराको अत्यन्तै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा-१७ पातले छाँगो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन्। लामो समयसम्म विवादित रहेको, पर्यटकीय महत्त्व बोकेको, ठुलै आम्दानी हुने सो क्षेत्रमा महानगरपालिकाले आफ्नो स्वामित्वमा राख्ने गरी प्रवेश टिकट लगायत सम्पूर्ण आम्दानी आफैंले राख्ने उद्देश्यका साथ बिहीबारबाट महानगरका कर्मचारी उपस्थित गराएर काम कारबाही थालेपछि सोही विद्यालय व्यवस्थापन समिति सहितको उपस्थितिमा स्थानीयले ताला लगाएका हुन्। आजै बिहीबार उनीहरूले पर्यटकहरू प्रवेश गर्ने मूल गेटमा नै तीनवटा साङ्ले ताला लगाएका छन्। बिहीबार बिहान नगर प्रहरी र स्थानीय बीच केहीबेर झडप पनि भएको छ। विद्यालय र स्थानीयले दशकौंदेखि विद्यालयले भोगचलन गर्दै आएको त्यस क्षेत्रलाई महानगरले स्वामित्व हरण गरेर ठेक्कामा लगाउन न...
सुरक्षित यात्राका लागि स्तरीय बस सेवा  सञ्चालन

सुरक्षित यात्राका लागि स्तरीय बस सेवा सञ्चालन

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा पर्यटकिय राजधानी घोषणा भए सगै यातायात क्षेत्रमा पर्यटक हरुका लागि आरामदायी तथा सुरक्षित यात्राका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा दिने उदेश्य सहित नया प्रयासको थालनि गरेको छ। यतिबेला पोखराको हेम्जा बाट ललितपुर ,ललितपुर बाट पोखराका लागि कोइली ट्राभल्स प्रालिले यात्रुसेवाका लागि सुरक्षित तथा अत्यन्तै आरामदायि यात्राका लागि स्तरीय दुई वटा बस सेवा सञ्चालनमा ल्याएको छ।यहि कार्तिक १२ गते सोमबार देखि हेम्जावासि हरुलाइ समेत सहज बस सेवा दिने उदेश्यले हेम्जा बाट साँझ ७ बजे छुट्ने गरि बस सञ्चालन गर्न लागेको पृथ्वी राजमार्ग सञ्चालक समितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष योगेन्द्र वहादुर केसिले वताउनु भयो ।सोहिक्रममा केसिले यसभन्दा पहिला पनि दुइ वटा स्तरीय बस पोखरा देखि सौराहा सौराहा देखि पोखराका लागि सञ्चालनमा ल्याइ सकिए...
सवारी दुर्घटनामा दुइको ज्यान गयो

सवारी दुर्घटनामा दुइको ज्यान गयो

ताजा समाचार, मुख्य समाचर
पोखरा १० गते शनिबार अन्दाजी २.०० बजेको समयमा कास्की प‍ोखरा नागढुङ्गा स्थित सिद्दार्थ राजमार्ग सडकखण्डमा मुस्ताङ चोक पुरानो यरपोर्ट बाट पृथ्वी चोकतर्फ आउदै गरेको लु ८ प २९७० नम्बरको म‍ोटरसाइकल अनियन्त्रित भइ सडक छेउमै रहेको घरक‍ो पेटिमा अकस्मात ठोक्किदा स्याङ्जा जिल्ला वालिङ् नगरपालिका ४ घर भै हाल कास्की पोखरा १७ विरौटा बस्ने अन्दाजि २५ बर्षका जवर सिँह गुरुङ (जीवन) गम्भीर घाइते भइ उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारकै क्रममा रहेका उनको शनिबार बिहान करिब ३.५३ बजे निधन भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ। यसैगरी १० गते शनिबार अन्दाजी २०.३० बजेको समयमा कास्की प‍ोखरा महानगर पालिका २९ आदर्स च‍ोक स्थित पृथ्वी राजमार्ग अन्तर्गत सडकखण्डमा विजयपुर बाट पावर हाउस तर्फ जाँदै गरेको ग३च ४७५७ नम्बरको बलेरो जिपले पैदलयात्रि सर्लाही जिल्ला घर भइ हाल कास्की जिल्ला पोखरा महानगर पालिका ...
गण्डकी मझौला मिनि ट्रक  सञ्चालक समितिको ११औ  साधारणसभा सम्पन्न

गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको ११औ साधारणसभा सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा गण्डकी ढुवानि मझौला मिनि ट्रक समितिले आफ्नो ११औ साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख अतिथि राष्ट्रिय यातायात व्यवशायि महासघका वरिष्ठ उपाध्यक्ष ऐनकुमर शाहि को आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहिले व्यवशायिको हक हितका लागि महासँघ सदा लागि रहने वताउदै व्यवशायिका समस्या बारे ब‍ोल्नु हुँदै ढुवानी क्षेत्रमा सञ्चालन गरिएका सवारी सडकमा गुडाइ रहदा ट्राफिक प्रहरीले सानोतिनो गल्तिमा पनि दुख दिने गरेको वताए । राज्यलाई सबै भन्दा बढि कर राजस्व बुझाउने यातायात क्षेत्रलाई राज्यले नै बढि उपेक्षित गरेको गुनासो प‍ोख्दै व्यवशायि माथि प्रहरी प्रशासनले समेत दुख दिने गरेको जनाउदै वयवशायिाथि गरिने यस्ता व्यवहार बाट चिन्ता ब्यक्त गर्दै। राष्ट्रिय यातायात व्यवशायि महासघले माथिल्लो निकायमा समेत समस्या बारे जानकारी गराएको वहाले वताउनु भ...
विश्व हिन्दु परिषद नेपाल कास्कीको आयोजनामा : पृथ्वी चोकमा रक्तदान कार्यक्रम

विश्व हिन्दु परिषद नेपाल कास्कीको आयोजनामा : पृथ्वी चोकमा रक्तदान कार्यक्रम

ताजा समाचार, मुख्य समाचर
पोखरा विश्व हिन्दु परिषद नेपाल कास्कीले पोखराको पृथ्वी चोकमा रक्तदान कार्यक्रमकोआयोजना गर्ने भएको छ। रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन नदिनका लागि अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था नरह‍ोस् भन्ने उदेस्ये सहित विश्व हिन्दु परिषद् नेपाल कास्किले सोमबार पोखराको पृथ्वीचोकमा बिहान आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । आय‍ोजित कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिने बिश्व हिन्दु परिषद नेपाल कास्की अध्यक्ष लक्ष्मण पौडेलले वताए । अध्यक्ष पौडेलले खुल्ला रक्तदान कार्यक्रम यहि कार्तिक १२ गते सोमवार पृथ्वी चोकमा गरिने जनाउदै यो रक्तअभाव रक्तसङ्कटको घडिमा रक्तदान गरेर पुण्य कमाउन र मानवियतालाइ जगाउन आम नागरिकमा आब्हान गरेका छन्। पोखरामा रगतको अभाव भए सगै रगतको अभाव नहोस् कसैले रगतकै अभावले गर्दा ज्यान गुमाउनु नपरोस् भन्ने उदेस्का साथ विभिन्न सँ...
पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लाई ३ दिनको म्याद थप

पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लाई ३ दिनको म्याद थप

ताजा समाचार, मुख्य समाचर
पोखरा सहकारी ठगि आर‍ोपमा अनुसन्धानका लागि पक्राउ परेका पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लाई कास्की जिल्ला अदालत बाट ३ दिनको म्याद थप भएको रास्वपा स्रोत बाट जानकारी प्राप्त भएको छ। उनलाई शुक्रबार काठमाडौ बाट पक्राउ गरि राति नै पोखरा ल्याइएको थियो । पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लाई ३ दिनको म्याद थप गर्दै शनिवार विदा भएको कारण आज आइतवार उनलाई कास्की जिल्ला अदालत पुर्याइएको थियो । उनलाई जिल्ला अदालतमा म्याद थप्ने खवर भएसगै पोखराको राष्ट्रबैक चोकमा सहकारी पिडित जम्मा भएका थिए भने, सहिद च‍ोकमा रास्वपाका नेता कार्यकर्ता तथा रवि पक्षधर समर्थक जम्मा भएका थिए। कास्की प्रहरि प्रमुख श्यामबाबुको कमाण्डमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बल कालिकागण प्रमुख अरुण शर्माको कमाण्डमा शसस्त्र प्रहरि बलको ठुलै सख्या चौतर्फि तैनाथ गरिए थियो। ...
पोखरा १५ ढुङ्गेसाँघुमा विश्वशान्ति विराट महायज्ञ तथा कोटिहोम हुने

पोखरा १५ ढुङ्गेसाँघुमा विश्वशान्ति विराट महायज्ञ तथा कोटिहोम हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा अन्नपुर्णेश्व शिवालय शिवशक्तिधाम तथा वृहत धार्मिक क्षेत्रविकास समितिको आयोजनामा २०७८ मंसिर १७ देखि २७ सम्म पोखरा १५ ढुङ्गेसाँघु क्षेत्र पटनेरीमा ऐतिहासिक 'शुक्लागण्डकी विश्वशान्ति विराट महायज्ञ एवं कोटिहोम' को आयोजना हुने भएको छ। वाचन सङ्कल्प कर्ता सँरक्षक ज्योतिषाचार्य शोभााकान्त ढकाल (कृपालु दास ज्यु) प्रमुख रहनु भएको ऐतिहासिक कोटि होमलाइ सफल बनाउन पण्डित दिपक सापकोटा, नेत्र पराजुली, ऋषि पौडेल, कृष्ण दमाई, अर्जुन कृष्ण गन्धर्व, राधा किसोरी दासी, दीन दयाल रेग्मी, प्रा. डा. नारायण प्रसाद अधिकारी, चैतन्य कृष्ण, लोकानन्द स्वामी, धुर्व ढुङगाना लगायतका विभिन्न साधु सन्तहरूको आशीर्वचन रहनेछ। अत्यन्तै महत्त्वपूर्ण मानिदै आएको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पोखरा महानगरपालिकाको वडा नं. १५/१७ मा अवस्थित पवित्र र प्रसिद्ध स्थल ढुङ्गेसाँघु पटनेरी क्षेत्र धार्मिक तथा ऐ...