२४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते प्रतियोगिताको तयारी तीव्र
पोखरा
नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा २४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते तथा छैठौं क्योकुशिन कान कराँते प्रतियोगिता हुने भएको छ।प्रतियोगिता पुस २९ गते पोखरा रङ्गशालामा हुनेछ भने , माघ १ गते ढुङ्गेसाघु मेलामा हुनेछ।
नेपाल क्योकुशिन कास्कीका अध्यक्ष लक्ष्मण कुँवरका अनुसारप्रतियोगितामा नेपालभरका झन्डै ३०० खेलाडीले सहभागिता जनाउनेछन्। महिला र पुरुष दुवै तर्फ ३० केजीदेखि ६० केजीसम्मका विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ। साथै, खुला तौल समूहमा पनि खेल हुनेछ। नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवरका अनुसार प्रतियोगिताले नयाँ खेलाडीहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
प्रतियोगितामा विजेता, उपविजेता, र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्रले सम्मान गरिने छ। यसका साथै, उत्कृष्ट खेलाडीलाई विशेष रूप...









