Saturday, April 18News That Matters

मुख्य समाचर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

ताजा समाचार, मुख्य समाचर
त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । सुरज कुँवर, स्वरूप आचार्य
पोखराको मौसमी परिवर्तन: निरन्तर वर्षाको प्रभाव र तापक्रमको विश्लेषण

पोखराको मौसमी परिवर्तन: निरन्तर वर्षाको प्रभाव र तापक्रमको विश्लेषण

जन संदेश, ताजा समाचार, मुख्य समाचर
आज पोखराको मौसम आंशिक बादलयुक्त रहनेछ, जसमा हल्का वर्षा हुने सम्भावना छ। दिनभरको तापक्रम करिब २८°C रहने अनुमान छ, जसले गर्दा वातावरणमा केही चिसोपन महसुस हुनेछ। पछिल्लो केही दिनदेखि निरन्तर भएको वर्षाले गर्दा माटोको सतह चिसो भएको छ, जसले गर्दा वर्षाको प्रभाव अझै केही दिन कायम रहने सम्भावना छ। विभिन्न मौसम पूर्वानुमान संस्थाहरूका अनुसार, जुलाई महिनाको अन्त्यसम्म पोखरामा लगातार वर्षा हुने संभावना छ। यस अवधिमा झण्डै १५ देखि २२ दिनसम्म वर्षा हुने अनुमान गरिएको छ, जसले गर्दा स्थानीय बासिन्दा र पर्यटकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ। पोखराको मौसम परम्परागत रूपमा यो महिनामा आर्द्र रहन्छ, जहाँ औसत तापक्रम १७°C देखि २३°C को बीचमा हुन्छ। निरन्तरको वर्षाले गर्दा पोखराको पर्यावरणीय सौन्दर्यमा ताजगी आएकाले, यस समयमा पोखराको दृश्यावलोकन एक अद्वितीय अनुभव हुने गर्दछ। स्थानीय प्रशासनले सम्भावित...
तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ सम्पन्न: दर्जन बढी कलाकार सम्मानित

तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ सम्पन्न: दर्जन बढी कलाकार सम्मानित

ताजा समाचार, मुख्य समाचर
पोखरा, श्रावण ७ - आमा तिलकुमारी मिडियाद्वारा आयोजित तेस्रो 'आमा नेशनल अवार्ड २०८१' शनिबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ। प्रमुख अतिथि पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको विशेष आतिथ्यतामा आयोजित यस कार्यक्रममा विभिन्न श्रेणीका दर्जनभन्दा बढी कलाकारहरू सम्मानित सम्मानित भएका छन्। यस वर्षको 'आमा नेशनल अवार्ड २०८१' बाट सम्मानित कलाकारहरू विभिन्न श्रेणीमा पुरस्कृत हुनेहरूमा प्रिन्सु पोखरेल (बाल कलाकार), घनश्याम लामिछाने (लोकप्रिय निर्देशक), राजु पौडेल (राजु मास्टर) (सामाजिक टेलिचलचित्र), मरिचमान श्रेष्ठ (बल्छी धुब्रे) (हाँस्य टेलिचलचित्र), देशभक्त खनाल (सिनियर अभिनेता), मिथिया शर्मा (सिनियर अभिनेत्री), नाजिर हुसेन (लोकप्रिय नायक), पशुपति शर्मा (लोकप्रिय गायक), स्मिता दाहाल (लोकप्रिय गायिका), रामचन्द्र बोहोरा (टेलिसिरियल कथा पटकथा संवाद, बुहारी), नेत्र रावत (कमेडी सिरियल) रहे...
बोलबम पदयात्रा गाइघाट देखि केदारेश्वर

बोलबम पदयात्रा गाइघाट देखि केदारेश्वर

ताजा समाचार, मुख्य समाचर
बोलबमको नाराले सुख पाउन् साराले भन्ने मुल मन्त्र सहित यहि श्रावण पहिलो साता शोमवारका लागि बोलबम जलार्पण कार्यक्रमको तयारी पुरा भएको छ ।केदारेश्वर महादेवमणि सेवाश्रम समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जानकारी गराएको हो। । हरेक वर्ष हुने बोलबम पदयात्रासहित जलार्पण कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनका शनिबार विहान नै मोटरसाइकल र्याली समेत सम्पन्न भएको छ । आयोजित पत्रकार सम्मेलनमा बोल्दै केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधिश चिद्घन चैतन्य महाराजले संचारमाध्यमले यस्ता धार्मिक तथा आध्यात्मिक विषयको उठान गर्नुपर्ने तर्फ जोड दिनुभयो । पत्रकारहरुको साथ र सहयोगको प्रशंसा गर्दै उहाँले साउन महिना शिव शंकर भगवान् को विशेष महिना रहेकोले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको जानकारी गराउदै हिन्दु सनातनि धार्मिक तथा विशेष गरेर शिवभक्तहरुका लागि श्रावण महिना ...
घनस्याम भुसालको एस्तो डरलाग्दो आरोप अब के होला

घनस्याम भुसालको एस्तो डरलाग्दो आरोप अब के होला

ताजा समाचार, मुख्य समाचर
एकीकृत समाजवादी महासचिव घनश्याम भुसालको टिप्पणी: पुराना दलहरूले नयाँ दलहरूलाई आफूजस्तै बनाउन खोजेको आरोप पोखरा , साउन ५: एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले पुराना राजनीतिक दलहरूले नयाँ दलहरूलाई आफूजस्तै बनाउन खोजिरहेको आरोप लगाउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसालले भन्नुभयो, "कांग्रेस र एमालेले माओवादीलाई पनि घुस खान सिकाएको छ। हामीलाई पनि त्यसैगरी घुस खान सिकाइएको हो।" भुसालले थप्नुभयो, "राजाले बाहिरबाट घुस लिन सिकेको हो भने, कांग्रेस र एमालेले राजाबाट सिकेर माओवादीलाई पनि घुस खान सिकाएको हो। हामीलाई पनि यसरी सिकाइएको छ।" उनले पुराना दलहरूले आफूजस्तै बनाउनको लागि नयाँ दलहरूलाई घुस खाने परम्परा थमाएको आरोप लगाउनुभयो। भुसालको आरोप टिप्पणीको मुख्य बुँदाहरू: पुराना राजनीतिक दलहरूले नयाँ दलहरूलाई आफूजस्तै बनाउन खोजिरहेका छन्। कांग्रेस र एम...
सिमलताल दुर्घटना: नेपाली टोलीको असफलतापछि भारतीय विशेषज्ञ टोलीद्वारा बेपत्ता यात्रुहरूको उद्धार अभियान प्रारम्भ

सिमलताल दुर्घटना: नेपाली टोलीको असफलतापछि भारतीय विशेषज्ञ टोलीद्वारा बेपत्ता यात्रुहरूको उद्धार अभियान प्रारम्भ

ताजा समाचार, मुख्य समाचर
सिमलताल दुर्घटना: बेपत्ता यात्रुहरूको खोजीमा भारतीय उद्धार टोली नेपाल आइपुग्यो सिमलताल, साउन ५ – सिमलतालमा भएको दर्दनाक दुर्घटनामा बेपत्ता भएका यात्रुहरूको खोजीका लागि भारतीय उद्धार टोली नेपाल आइपुगेको छ। बाढी पहिरोले त्रिशूली नदीमा दुई बस खस्दा भएका बेपत्ता यात्रुहरूको उद्धार र खोजी कार्यलाई तीव्रता दिन भारतीय विशेषज्ञ टोली परिचालित भएको हो। भारतीय टोलीको आगमन भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शुक्रवार राति सुनौली नाका हुँदै नेपाल भित्रिएको हो। टोलीले भैरहवामा विश्राम गरेपछि शनिबार बिहानै घटनास्थलतर्फ प्रस्थान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, टोलीले आजैदेखि खोजी कार्य प्रारम्भ गर्ने छ। उन्नत उपकरणको प्रयोग भारतीय टोलीले पानीमुनि खोजतलासका लागि अत्याधुनिक सो...
सूर्यदर्शन सहकारी घोटाला अपराधी पक्राउको चुनौती कानून व्यवस्थाको परीक्षा

सूर्यदर्शन सहकारी घोटाला अपराधी पक्राउको चुनौती कानून व्यवस्थाको परीक्षा

ताजा समाचार, मुख्य समाचर
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणले नेपालको सहकारी क्षेत्रमा व्याप्त विकृतिलाई उजागर गरेको छ। सहकारीका पूर्वसञ्चालकहरूको संलग्नता र प्रहरी प्रशासनको अनुसन्धानमा देखिएका चुनौतीहरूले यस प्रकरणलाई थप जटिल बनाएको छ। तस्बिर सामाजिक संजाल सहकारीका संस्थापनाकालदेखि नै भएको अनियमितताका प्रमाण फेला परेपछि प्रहरीले थप २५ जना पूर्वसञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यसले सहकारीको व्यवस्थापनमा भएको लापरवाही र सञ्चालकहरूको गैरजिम्मेवारपूर्ण व्यवहार उजागर गरेको छ। सहकारी ठगीका पीडितहरूको निरन्तर दबाब र सञ्चार माध्यमको चासोका कारण प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको देखिन्छ। तर, ठगीमा संलग्न व्यक्तिहरूको प्रभावशाली सम्बन्ध र जटिल वित्तीय कारोबारका कारण अनुसन्धानमा चुनौतीहरू खडा भएका छन्। यस प्रकरणमा देखिएको राजनीतिक संरक्षण र प्रभावको आशंका पनि उठेको छ। स...
नेपालमा बाढीपहिरोको कहर: १२५ जनाको मृत्यु, १४३ जना घाइते

नेपालमा बाढीपहिरोको कहर: १२५ जनाको मृत्यु, १४३ जना घाइते

ताजा समाचार, मुख्य समाचर
बिहीबार दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, काठमाडौँमा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ५, वाग्मती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ गरी कुल १२५ जनाको ज्यान गएको छ। विपद्मा परी १४३ जना घाइते भएका छन्। काठमाडौँमा ८, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३३, र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्। फोटो सामाजिक संजाल फोटो:- सामाजिक संजाल त्यस्तै, कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ गरी कुल ५३ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा २, मधेस प्रदेशमा १, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी क...
आगामी दुई वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन्, र त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व लिने

आगामी दुई वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन्, र त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व लिने

ताजा समाचार, मुख्य समाचर, राजनिति
नेपालमा राजनीतिक स्थायित्व आउन थालेको संकेत देखिंदैछ, जसले सबै क्षेत्रमा नयाँ उत्साह ल्याएको छ। मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) का अनुसार, अहिलेको गठबन्धनले शंका हटाउन र स्थायित्व कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। दाहालले भने, "शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ। यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ। अब यहाँभन्दा हुने त केही छैन।" उनका अनुसार, ५/७ वटा दल मिलेर सरकार बनाउँदा कहिले सरकार ढल्ने हो भन्ने शंका सधैं रहन्छ। तर, यसपटकको गठबन्धनले यस्तो अस्थिरताको अवस्था हटाउने प्रयास गरेको छ। उनले थपे, "कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने। हामीले एउटा प्रतिबद्धता गरौं भनेर दुईवटा ठूला दलहरू र यो खुला पनि छ। पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन।" आगामी दुई वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने...
दोविल्लाघाटमा सुविधा सम्पन्न घाट तथा पार्क निर्माण गरिने तथा विभिन्न प्रजातिका बिरुवा रोपने कार्यक्रम

दोविल्लाघाटमा सुविधा सम्पन्न घाट तथा पार्क निर्माण गरिने तथा विभिन्न प्रजातिका बिरुवा रोपने कार्यक्रम

ताजा समाचार, मुख्य समाचर
पोखरा । दोविल्लाघाटमा दाउरा हस्तान्तरण, तुलसी, विभिन्न प्रजातिका बोट बिरुवारोपने कार्यक्रम सहित डस्टबीन प्रदान गरिएको छ । सेतीखोला नदी र स्थानीय फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरको वडा नं १७, २१ र ३३ का बासिन्दाले घाटको रुपमा प्रयोग गर्दै आएका छन् । त्यस घाटमा बुधवार बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईज र दशनामी समाज कास्कीको संयुक्त आयोजना साथै लायन्स क्लब अफ पोखरा अभियानको आयोजनामा पनि बृक्षारोपण सहित डस्टबीन प्रदान गरिएको हो । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीलाई फ़ाउण्डेशनका सचिव टंकराजअधिकारी, रोटरी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, दशनामी समाजकाका अध्यक्ष भूपेन्द्र गिरी र लायन्स क्लबअफ पोखरा अभियानका अध्यक्ष दिनेश भण्डारीले बोटबिरुवा र डस्टबीन हस्तान्तरण गरेका थिए । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समित...