बुटिक एसोसियसन नेपाल द्वारा ,पोखरा डिजाईनर्स फेशन वीक २०२५ आयोजना
पोखरा - वुटिक एशोसियन नेपालले यहि श्रावण ३० गते शुक्रबार पोखरा डिजाइनर्स फेसन विक २०२५ आयोजना गर्ने भएको छ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बद्लिदो फेसन सगै डिजाइनर मोडल तथा कारीगरहरूको क्षमता तथा प्रतिभालाइ थप वृद्धि गर्न बल पुग्ने अपेक्षा सहित उनिहरुको क्षमता र प्रतिभालाइ प्रस्तुत गर्नेअवसर प्रदान गर्ने उद्देश्यले फेशन शाे आयोजना गर्न लागिएको वुटिक एसोसिएन नेपालले मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
आयोजित प्रस्तुत वीकमा देसैभरका उत्कृष्ट मोडलहरुले र्याम्पमा उत्रिएर पाेखराका डिजाइनरहरू सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, ईन्दिरा लामिछाने, स्वेता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीष मगर, रेनु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङले तयार पारेका ड्रेस मार्फत प्रस्तुति दिने छन्।
अभिनेत्र...








