जिल्ला प्रशासन कार्यालय प्रमुख शर्माको आतिथ्यतामा कास्की कोट पोखरा सम्पर्क समिति द्वारा दरखाने कार्यक्रम सम्पन्न
पोखरा -२ भाद्र -कास्की कोट पोखरा सम्पर्क समितिले महिलाहरुको चाड हरितालिका तिज दरखाने कार्यक्रम २ गते सोमवार सम्पन्न गरेको छ।समितिले कास्कीकोट र पोखराआइ पेशा व्यवशाय गर्दैबसोबास गरि रहेका कास्की कोटका दिदिबहिनी हरुलाइ विगतका बर्ष जस्तै यस बर्ष पनि दरखाने कार्यक्रमको आयोजना गरेको हो।
आयोजित दर खाने कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख रुद्रादेवि शर्माले दिप प्रज्वलन गरि उद्घाटन गर्दै महिला हरुका लागि तिज महत्त्वपूर्ण पर्वको रुपमा रहेको वताउदै यस्ता चाड पर्वमा गरिने कार्यक्रम बाट केहि रकम छुट्याएर दुखि विपन्न परिवारका बालबच्चा हरुलाइ शिक्षा प्रदान गर्नका लागि सुझाउदै आगामी बर्ष यस्तै कार्यक्रम बाट केही रकम छुट्याएर यस्ता सहयोगि कार्यक्रम गर्न आग्रह गरिन् ।
उपस्थित सबैमा महिला हरुको विशेष पर्वको रुपमा मानिदै आइरहेको तिजको छुट्टै महत्त्व रहेको उल्लेख गर...








