Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

सम्झौताबाट अलग सन्दीप : समर्थन र संकोचबीच एउटा फेरि मोडिएको यात्रा

सम्झौताबाट अलग सन्दीप : समर्थन र संकोचबीच एउटा फेरि मोडिएको यात्रा

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा चर्चित लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट संघ नेपाल (क्यान) सँगको केन्द्रीय सम्झौताबाट यसपटक अलग रहने निर्णय गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै भनेका छन्, “धेरै सोचविचारपछि मैले क्यानको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेको छु। यो कुनै टाढिने कदम होइन, बरु व्यक्तिगत र व्यावसायिक रूपमा अझ सक्षम हुने दिशातर्फको यात्रा हो।”सन्दीपले यो निर्णयलाई आफ्नो देशप्रतिको समर्पणबाट टाढिएको भनेर बुझ्न नहुने स्पष्ट पारेका छन्। उनले भनेका छन्: “नेपालका लागि म पहिलेजस्तै समर्पण, उत्साह र जिम्मेवारीका साथ खेलिरहनेछु। जीवन परिवर्तनशील छ—अबको यात्रा क्रिकेटसँगै नयाँ मोड लिन्छ।”तर सन्दीपको यो पोस्टपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। स्टाटसमा २६ हजारभन्दा बढी लाइक, २७३ सेयर र २४ सयभन्दा बढी कमेन्ट आएका छन...
पोखरा ३२ लामेआहालमा इभी माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

पोखरा ३२ लामेआहालमा इभी माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा ३२ लामेआहालमा काठमाण्डौंबाट पोखरा आउँदै गरेको इभी माइक्रोबस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। लामेआहालस्थित सडकबाट करिब ३५ मिटर तल खेतमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, माइक्रोबस तीव्र गतिमा रहेको र चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। ...
कोटिहोममा जेठ ११ गतेदेखि राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ ११ गतेदेखि राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत जेठ ११ गतेदेखि राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा हुने प्रतियोगिताबारे जानकारी दिँदै संयोजक तथा पब्लिक स्पिकर, मोटिभेटर, शिक्षा एवं संस्कृतिविद् डा. तुलसी प्रभास खनालले विद्यार्थीलाई संस्कृति र वाक्चातुर्यमा जोड्न प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार सुरुमा जेठको पहिलो साताबाट प्रतियोगिता गर्ने योजना थियो, तर कक्षा १२ को परीक्षा र अभिभावकहरूको अनुरोधका कारण जेठ ११ बाट सुरु गर्ने निर्णय गरिएको हो। प्रतियोगितामा सहभागी हुन चाहनेले जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन्। साथै, एसईई र ...
विश्वशान्ति स्तूपा नजिकै नगरबस दुर्घटना २२ यात्रु घाइते

विश्वशान्ति स्तूपा नजिकै नगरबस दुर्घटना २२ यात्रु घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा २२ स्थित विश्वशान्ति स्तूपा नजिकै आज दिउँसो एक नगरबस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। पार्किङस्थलभन्दा केही माथि सडकमा ग २ ख ३८८६ नम्बरको पोखरा नगरबस दुर्घटनामा परेको हो। बसमा २६ जना यात्रु सवार रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। दुर्घटनापछि घाइते २२ जनालाई पोखराका विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको यथार्थ कारण पुष्टि हुन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ। ...
गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, रक्तदानले सामाजिक सद्भावलाई दिएर नयाँ आयाम

गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, रक्तदानले सामाजिक सद्भावलाई दिएर नयाँ आयाम

ताजा समाचार, मुख्य समाचर
पोखरा श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आइतबारदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्ना झाँकी र संगीत समूहसहित प्रवचन सुरु गरेका छन्। उनले आगामी जेठ ३ गतेसम्म सात दिनसम्म धर्मकथा वाचन गर्ने कार्यक्रम रहेको छ। यसअघि शनिबार वाल्मीकि श्रीराम कथा वाचक आचार्य पं. प. पराकुशजीको विदाईपछि पोखरेलको प्रवचन आरम्भ गरिएको हो। महायज्ञमा प्रत्येक दिन भक्तजनको उल्लेखनीय सहभागिता देखिएको छ। महायज्ञको अवसर पारेर आयोजना गरिएको नियमित रक्तदान कार्यक्रममा आइतबारसम्म दुई सयभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। आयोजकका अनुसार महायज्ञमा सहभागी भक्तजनहरूलाई "जे जति सकिन्छ, केही न केही सहयोग गरौं" भन्ने भावना जागृत गराउन रक्तदान कार्यक्रम राखिएको हो। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्ण मूर्तिले सबैलाई रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन आग्रह ग...
वाई.सि.एल. नेपाल स्याङ्जा जिल्ला चौथो सम्मेलन सम्पन्न, तिवारी अध्यक्षमा चयन

वाई.सि.एल. नेपाल स्याङ्जा जिल्ला चौथो सम्मेलन सम्पन्न, तिवारी अध्यक्षमा चयन

ताजा समाचार, मुख्य समाचर
पोखरा वाई.सि.एल. नेपाल स्याङ्जा जिल्ला चौथो सम्मेलन सम्पन्न, पुर्व जनमुक्ति सेना कमान्डर सफल तिवारी (अर्जुन) अध्यक्षमा चयन स्याङ्जा — वाई.सि.एल. (योङ्ग कम्युनिस्ट लिग) नेपाल स्याङ्जा जिल्लाको चौथो जिल्ला सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले पुर्व जनमुक्ति सेना कमान्डर सफल तिवारी (अर्जुन)लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो। सम्मेलनबाट नवगठित ४५ सदस्यीय जिल्ला समिति निम्नानुसार चयन गरिएको छ:उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सह-सचिवमा आविष्कार क्षेत्री, प्रेम राना, टोप ब. गुरुङ, राजेश श्रेष्ठ, सुवास सुनार लगायत अन्य सदस्यहरू रहेका छन्। नयाँ नेतृत्वको चयनसँगै संगठनलाई अझ सशक्त, अनुशासित र जनमुखी बनाउँदै लैजाने सम्मेलनको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्। सम्मेलनमा विभिन्न गाउँ–नगर र वडास्तरका प्रतिनिधिहरूको उल्लेख...
प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता : कमल गिरि

प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता : कमल गिरि

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दुई दिने 'विकास पत्रकारिता तालिम' सम्पन्न भएको छ। वैशाख २६ र २७ गते सञ्चालन भएको तालिममा विकास पत्रकारिता, आर्थिक पत्रकारिता, जनपत्रकारिता तथा सञ्चार माध्यमको सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिइएको थियो। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोगमा सम्पन्न तालिममा पहिलो दिन बिनोद शर्मा र दिपक परियारले प्रशिक्षण दिएका थिए। दोश्रो दिनमा प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय सदस्य चिरन्जीवी अधिकारीले आइटी सम्बन्धी ग्यान समेत प्रदान गरेका थिए। प्रशिक्षक बिनोद शर्माले पत्रकारितालाई राइट होल्डर्सबाट डिउटी बेरियर्ससम्म पुर्‍याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले विकास पत्रकारिताको सम्मानजन्य भूमिका स्थापित गर्नका लागि सूचना श्रृंखला (Chain of Information) लाई प्र...
खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, वर्ष खेलाडी बने अरुणा र विश्वास पोखरा नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए । महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शा...
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

ताजा समाचार, मुख्य समाचर
पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनीहरूसँगै आजै नै पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको पनि उपस्थिति रहने छ जसले आज कोटिहोम सङ्गीतमय हुनेछ । शुक्रवार नै टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति  र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आउदैछन् । त्यस अवसरमा प्रमुख प्रशासकीय  अधिकृत बिसीको भजनको भिडियो व...

राष्ट्रिय पत्रकारिता पुरस्कार बाट श्रेष्ठ सन्मानित।

ताजा समाचार, मुख्य समाचर
राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार महासँघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठ सन्मानित हुनु भएको छ।राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वहाँ सहित ६ जना पत्रकार सम्मानित हुनु भएको छ। श्रेष्ठ सहित विमल गौतम, लोग्शरी कुँवर, दीपेन्द्र बान्तवा, डम्बर खतिवडा र सागर पण्डितलाई एक लाख राशिको पुरस्कार प्रदान गरिएको छ ।बुधबार सूचना तथा सँञ्चार प्रविधि मन्त्रालय द्वारा शितल निवासमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वहाहरु पुरस्कृत हुनु भएको छ। त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनु भएको छ। आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिदै ,नेपालको ...