Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

पोखरामा ‘कोटिहोम चोक’ नामकरण, कोटिहोम महायज्ञको स्मृतिमा स्थानीयको पहल

पोखरामा ‘कोटिहोम चोक’ नामकरण, कोटिहोम महायज्ञको स्मृतिमा स्थानीयको पहल

ताजा समाचार, मुख्य समाचर
पोखरा ऐतिहासिक गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको स्थानलाई स्थानीयवासीले ‘कोटिहोम चोक’ नामकरण गरेका छन्। माछापुच्छ्रे टोल र पाल्पाली मार्गका नामले चिनिँदै आएको उक्त स्थान अबदेखि कोटिहोम चोकका रूपमा चिनिने भएको हो। आज स्थानीयको सक्रियतामा बोर्डसहित कोटिहोम चोकको औपचारिक नामाकरण गरिएको हो। स्थानीय समाजसेवी शारदा पंगेनीका अनुसार, “हाम्रो पालोमा यस्तो दिव्य कोटिहोम महायज्ञको साक्षी हुन पाउनु भाग्यको कुरा हो। भावी पुस्ताले पनि यो ऐतिहासिक अवसरलाई सम्झन सकून् भन्ने हेतुले चोकको नाम कोटिहोमसँग जोडिएको हो।” त्यस्तै, स्थानीय धनी प्रसाद ढकालले भने, “अहिले त हामीले सानो बोर्ड राखेका छौं, तर आगामी वर्ष कोटिहोम महायज्ञको स्मारकका रूपमा ठूलो प्रवेशद्वार निर्माण गर्ने योजना छ।” स्थानीय बिनोद केसीले कोटिहोम चोक नामकरणले स्थान पहिचान गर्न सहज हुने र सांस्कृतिक सन्देश फैलाउने...
लागू औषधसहित धम्पुसका एकजना मानिस  पक्राउ

लागू औषधसहित धम्पुसका एकजना मानिस पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा लागू औषध कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले माछापुच्छ्रे गाउँपालिका–७ स्थित घट्टेखोलामा १ मानिसलाई लागू औषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले धम्पुसका ४१ वर्षीय युवराज गुरुङलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट बुप्रिनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल, फेनारगन ४६ एम्पुल गरी कुल १३३ एम्पुल लागू औषध र एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका गुरुङमाथि लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाटपाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। ...
भजन प्रवचन ऐतिहासिक कोटिहोम

भजन प्रवचन ऐतिहासिक कोटिहोम

विचार/लेख
नेपाल हिन्दु राष्ट्र थियोे देसमा बर्षौदेखि एकआपसमा मायाप्रेम सद्भावका साथ मिलेर बसेका बिभिन्न जातजाति समुदाय राजनीति विहिन आ आफ्नो सँस्कार धर्म सँस्कृतिमा रमाइ रहेका थिए। देसमा एउटा ठुलै परिवर्तन आयो व्यवस्था परिवर्तन भयो शासक भने केही रहे, केही फेरिए, केहि हराए जसले देसमा केही फरक अवस्था सृजना गर्यो र देस धर्म निरपेक्षतामा प्रवेस गर्यो। धर्म निरपेक्षता सगै विभिन्न धर्ममा मात्र हैन एउटै धर्म मान्नेहरु बिच पनि राजनीतिले प्रवेस पायो पटकपटक खिचडि शासकहरुले शासन गर्दै रहे।जसले गर्दा हिन्दु सनातनि बौद्द धर्मावलम्बी साथै विभिन्न धर्मावलम्बीले एक भएर अगाडि बढि रहेपनि केही पक्ष बाट फरकफरक मत आउने क्रम सँग सँगै एउटै धर्म सँस्कार मान्ने हरुमा समेत फरकफरक मत सहित विभाजनका रेखा हरु कोरिन थाले ।फेरि पनि हिजो आ आफ्नो धर्म सँस्कार सँस्कृति अनुसार सब‌ले आ आफ्नो धर्म भेला पुजा आता महायज्ञ विभिन्न साँस्कृत...
पोखरामा सुरु हुँदै नवौ एन.भी.ए प्रधानमन्त्री कप भलिवल लिग पोखरा बन्ने भलिवलको सहर

पोखरामा सुरु हुँदै नवौ एन.भी.ए प्रधानमन्त्री कप भलिवल लिग पोखरा बन्ने भलिवलको सहर

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल भलिवल संघको आयोजनामा पोखरामा ‘नवौ प्रधानमन्त्री कप– एन.भी.ए महिला तथा पुरुष भलिवल लिग २०८२’ आयोजना हुने भएको छ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म कास्कीको पोखरामा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका शीर्ष क्लबहरूको सहभागिता रहनेछ । संघले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने र ३२ लाख रुपैयाँ बराबरको पुरस्कार राशी रहने जानकारी दिएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पोखरा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्ण क्षमता बोकेको शहर भएको उल्लेख गर्दै पोखरालाई भलिवुड सिटीको रूपमा स्थापित गर्ने दिशामा संघ अघि बढेको बताए । उनले यस प्रतियोगिताको सफल आयोजना गर्न सबै पक्षको सहयोग अपेक्षित रहेको भन्दै आगामी दिनमा काभा च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिता पनि पोखराम...
पोखरामा माओवादीको विशाल जनसभा हुने ,पूर्वअर्थमन्त्री पुन : ‘सरकार ०८४ मा बनाउने तयारीमा छौँ’

पोखरामा माओवादीको विशाल जनसभा हुने ,पूर्वअर्थमन्त्री पुन : ‘सरकार ०८४ मा बनाउने तयारीमा छौँ’

ताजा समाचार, मुख्य समाचर
पोखरा जनता सङ्ग माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत यही जेठ १० गते पोखराको चिप्लेढुंगामा विशाल जनसभा आयोजना हुने भएको छ। उक्त सभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन आइतबार अपरान्ह काठमाडौँबाट थवाङ जाँदै गर्दा पोखरामा केहीबेर रोकिएर पत्रकारसँग भेटघाट गरे। भेटघाटमा पुनले अहिलेको सरकारलाई बिचौलियाहरूले बनाइदिएको बताउँदै उनीहरूकै हितमा काम गरिरहेको आरोप लगाए। "हामीले त्यतिबेलै भनेका थियौँ, अहिले प्रमाणित भइसकेको छ," उनले भने। पुनले सुशासन कमजोर बनाउन र भ्रष्टाचार संस्थागत गर्न वर्तमान संयुक्त सरकार लागिपरेको आरोप पनि लगाए।...
कोटिहोममा पुनः देवी प्रतिभाको आगमन हुने , पोखरा फेरि गुञ्जिनेछ ‘प्यार से बोलो ना’

कोटिहोममा पुनः देवी प्रतिभाको आगमन हुने , पोखरा फेरि गुञ्जिनेछ ‘प्यार से बोलो ना’

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरामा आयोजित गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभाको आगमन हुने भएको छ। भक्तजनको आग्रह र आयोजकको पहलमा उनी फेरि एक पटक आफ्नो कोकिल स्वरमा श्रीमद्भागवत कथा प्रस्तुत गर्न आउँदैछिन्। देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म कोटिहोमको पावन मञ्चबाट कथा वाचन गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। यसअघि १४ दिनसम्म कथा वाचन गरेर श्रोताको मन जितेकी देवी प्रतिभाको कथा शैली यति प्रभावशाली रह्यो कि उनको विदाइको दिन धेरैको आँखाबाट आँसु बगेको थियो। उनको 'प्यार से बोलो ना' भन्ने शैली, भावपूर्ण कथा, र आध्यात्मिक ऊर्जाले महायज्ञस्थल गुञ्जायमान हुने विश्वास गरिएको छ। यति मात्र होइन, उनी कथा वाचनमा कहिले भावुक बनाउँछिन्, कहिले कोमल हास्य छर्छिन्, जसले श्रोतालाई मन्त्रमुग्ध बनाउँछ। ...
पोखरामा कार्जस्पाको भव्य उद्घाटन, अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थिति

पोखरामा कार्जस्पाको भव्य उद्घाटन, अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थिति

ताजा समाचार, मुख्य समाचर
पोखरा, वैशाख — पोखरामा अन्तर्राष्ट्रिय स्तरको कार डिटेलिङ सेवा CarzSpa को भव्य शुभारम्भ गरिएको छ। उद्घाटन समारोहमा लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको आकर्षक उपस्थिति रहेको थियो। कार्यक्रममा उनले भनिन्, “CarzSpa सुन्दा नै यस्तो लाग्छ, जस्तो हामीले शरीरको सुरक्षाका लागि स्पा जाने जस्तै अब कारका लागि पनि स्पा बन्यो। मलाई नामले नै आकर्षित गर्‍यो।” उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापा प्रमुख अतिथि रहेका थिए। CarzSpa नेपालका प्रमुख तरुण औजा तथा कम्पनीका प्रमुख अंकुर सामीले कार्यक्रमलाई सम्बोधन गर्दै CarzSpa को अन्तर्राष्ट्रिय अनुभव, गुणस्तरीय सेवा र प्रविधिप्रति प्रतिबद्धता पोखरामा पनि ल्याइएको जानकारी दिए। ''अंकुर सामीले कार्यक्रममा आफुले आफ्नो श्रीमतीको भन्दा कारको मायालाग्ने बताएका छन , सरसफाई लाइ इङ्ग...
ट्राफिक लाइटमा समस्या आयो, सवारी चालक पैदलयात्रीलाई झुक्यायो

ट्राफिक लाइटमा समस्या आयो, सवारी चालक पैदलयात्रीलाई झुक्यायो

ताजा समाचार, मुख्य समाचर
पोखरा आइतबार । पोखरामा जडान गरिएका ट्राफिक लाइट बिग्रिएर आवश्यकता अनुसार नियमित संकेत नगरेकै कारण पैदलयात्री र सवारी चालकलाई आवतजावतमा समस्या परेको छ।पोखराको मुख्य चोक पृथ्वीचोकमा जेब्राक्रस ट्राफिक लाइटले काम नगरेपछि जेब्राक्रसबाट बाटो काट्ने पैदलयात्री अलमलमा पर्ने गरेका छन्।हरियो बत्ती बलेपछि मात्रै बाटो काट्ने भनी पर्खिरहेका कतिपय यात्रु झुक्किएर पर्खिरहनु परेको पृथ्वीचोकमा व्यापार गरी बस्ने स्थानीय व्यापारी साथै पैदलयात्रीहरूले समेत बताएका छन्।नयाँबजारतर्फ जाने सडकमा दायाँतर्फ रहेको एउटा ट्राफिक लाइट रातो बलिरहेको छ भने बायाँतर्फको हरियो–रातो बलिरहेको देख्न पाइन्छ।यसैगरी पृथ्वीचोकबाट चाइनापुल हुँदै नागढुङ्गा तर्फ जाने सडकमा ट्राफिक लाइटले काम नगरेपछि सवारी चालक तथा यात्रुहरू झुक्किने गरेका छन्।जसले गर्दा कुनै पनि समयमा ट्राफिक लाइटकै कारण गम्भीर दुर्घटना हुन सक्ने खतरा देखिएक...
पत्रकार पाठक र अधिकारी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार पाठक र अधिकारी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा — लामो समय देखि पत्रकारिता क्षेत्रमा लागेर पत्रकारिता गर्दै आइरहेका पत्रकार, केशव पाठक र दुर्गा अधिकारी, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।नेपाल पत्रकार महासङ्घ कास्कीले स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकार पाठक र अधिकारिलाई नगद २५–२५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे। पाठक पोखरा स्पोर्ट्स अनलाइनका सम्पादक साथै खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत हुन् ।विशेष गरेर उनि खेलकुद पत्रकारितामा सक्रिय रहँदै आएका छन्।उनले यसभन्दा पहिला राष्ट्रिय स्तरमा स्थापित खेलकुद पत्रकारिता पुरस्कारहरू प्राप्त गरिसकेका छन् भने,अधिकारीले क्रियाशील पत्रकार महिला समूह गण्डकी प्रदेशको नेतृत्व गर्दै आएकी थिइन् उनी निजी रेडियोहरूको छाता संस्...
पोखरामा कटप्पा नेतृत्वको गिरोहद्वारा डकैती, ६९ लाख बराबरको चोरी खुलासा

पोखरामा कटप्पा नेतृत्वको गिरोहद्वारा डकैती, ६९ लाख बराबरको चोरी खुलासा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा पछिल्ला केही महिनायता ताला फोरेर गरिने चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ती घटनाहरूको पछाडि रहेको गिरोह पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो। सोही अनुसन्धानको क्रममा घरमा कोही नभएको मौकामा ताला फोरेर सुनचाँदीका गहना तथा नगद रकम चोर्ने एक संगठित समूह पक्राउ परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले घटनाबारे जानकारी दिँदै बताए, “पक्राउ परेकाहरू सुवास विक उर्फ कट्टप्पाको नेतृत्वमा रहेका आफन्तहरूसँग मिलेर चोरी र डकैतीमा संलग्न थिए। गिरोहमा रहेका बिमल विक, सुरेश विक र गणेश सुनार सबै सुवासकै नातेदार हुन्, जसमा कोही फुपूको छोरा, कोही ठुलोबुवाको छोरा र कोही मामा तर्फका नातेदार छन्।” प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले पोखराका ९ र तनहुँका ३ स्थानमा चोरी गरेका थिए। यिनले छानेका अधिक...