आविष्कार अस्पत्ताल पोखरा र प्राइम कमर्शियल बैक बीच स्वास्थ्य सम्झौता
जेठ १५ गते आविष्कार अस्पताल, बुद्धचोक र प्राइम कमर्शियल बैंक बीच प्राइम कमर्शियल बैंकमा खाता भएका ग्राहकहरुलाई अस्पतालमा दिईने सेवा सुविधाको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बिच अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. कृष्ण बोगटी र प्राइम कमर्शियल बैंक लेकसाइड शाखाका तर्फबाट शाखा प्रबन्धक दिनेश कुमार श्रेष्ठ उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर समारोमा अस्पतालका तर्फ़ बाट अस्पताल संचालक राम शर्मा बास्तोला र बोर्ड अफ़ डाइरेक्टर सुजु सौतम तथा बैंकको तर्फ़बाट बैंकका पब्लिक रिलेशन मनेजर भेष राज पराजुली उपस्थिती रहेको थियो। उक्त समझौता अनुसार अब प्राइम कमर्शियल बैंकमा खाता रहेका सबै ग्राहकहरुले अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुमा २० % र औषधिमा ५ प्रतिसत छुट पाउने भएका छन् । उक्त अस्पतालमा बिगतमा हरियोखर्क अस्पतालमा काम गरेका अनुभवी बरिष्ठ नाक कान तथा घॅाटी र...









