चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट नेपाल पुरस्कृत
चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गरेको ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० ’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुनुभएको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले सँघको छैटौ साधारण सभाको अवसरमा शनिबार नेपाललाई सो पुरस्कार प्रदान गर्नु भएको हो । पुरस्कारको राशी रु ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको थियो ।
सँघले जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार गण्डकी प्रदेसमा पत्रकारिता गर्दै आइ रहेका पत्रकार मध्येबाट बर्सेनि एक जनालाई पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कृत व्यक्तित्व नेपाल हाल पोखराको आदर्श समाज दैनिकमा कार्यरत हुनुहुन्छ भने उहाँले राष्ट्रिय समाचार समिति(रासस)मा समेत केही वर्ष काम गर्नु भएको थियो । पत्रकार नेपालले मुख्यगरी फिल्म तथा रङ्ग पत्रकारितामा कलम चलाउँदै आउनु भएको छ ।
पाल्पाको रिव्दीकोट गाउँपालिका–७ मैनादी स्थायी घर भएका नेपाल दुई दश...









