नवौ पोखरा स्पोर्टस् अवार्ड २०८१ नेपाल लाई
पोखरा
पत्रकार विजय नेपाल नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ द्वारा सन्मानित हुने भएका छन्।नवौ पोखरा स्पोर्टस् अवार्ड २०८१ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।
मञ्चका पूर्व अध्यक्ष केशव पाठक सँयोजक रहेको प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा रहेका थिए ।
मञ्चद्वारा वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजित नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा उनलाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान ...









