पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१: प्रवेश निःशुल्क नेपाली लोकसंगीतको सम्मानमा विशेष कार्यक्रम
पोखरा
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सम्मानमा 'पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१' आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०८१ साल चैत्र २२ गते शुक्रबार पोखरा सभागृहमा दिउँसो ३ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार, कार्यक्रममा पुरुषोत्तम न्यौपानेले आफ्ना १८ लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ। साथै, उहाँको जीवनीमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिनेछ। सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको छ।
पुरुषोत्तम न्यौपाने नेपाली लोकदोहोरी क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहनु भएको छ। २०४६ सालमा 'बलाम देवीथान' बोलको गीतबाट सांगीतिक यात्रा प्रारम्भ गर्नु भएका न्यौपानेका 'झिलझिल सितारा', 'ऐना हेरेर', 'फूलको बासना', 'श्रीखण्ड चन्दन', 'मिर्मिमुन...









