अर्जुन काफ्ले पुनः प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष निर्वाचित
पोखरा
प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन सोमबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले अर्जुन काफ्लेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा सबिना राना, महासचिवमा गुणराज रोक्का चयन भएका छन्। खुला सचिवमा अर्जुन अविरल र सुरेश अधिकारी, दलित सचिवमा साने बहादुर नेपाली, जनजाति सचिवमा दान बहादुर गुरुङ तथा कोषाध्यक्षमा श्रीभद्र पौडेल निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा सन्तोष परियार, प्रनिश गिरी, सबिता शर्मा, राजकिरण छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सह-इञ्चार्ज हरिराज अधिकारी रहेका...









