Thursday, April 30News That Matters

ताजा समाचार

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की — नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, पोखरा महानगरपालिका–११ शितलदेवीमा बस्ने देविकला अधिकाीरलाई लुटपाट गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा पोखरा–९ मोदी गाउँका २४ वर्षीय सुजन के.सी. पक्राउ परेका हुन्। उनको साथबाट नक्कली पेस्तोल (खेलौनाको) एक थान ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका सुजनमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ। प्रहरीका अनुसार, उनी उक्त पेस्तोल देखाएर लुटपाटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। ...
ढुङेसाघु–महतगौडामा स्थानीयवासीको रात्रिकालीन गस्ती सुरु

ढुङेसाघु–महतगौडामा स्थानीयवासीको रात्रिकालीन गस्ती सुरु

ताजा समाचार, मुख्य समाचर
पोखरा, देशभरका स्थानीय तहहरूमा सुरक्षाको जिम्मेवारी जनस्तरसम्म झर्ने क्रम बढ्दै गएको छ। सरकारी सुरक्षानिकायहरूको सीमित उपस्थिति, कमजोर मनोबल र हालैका आन्दोलनका क्रममा लुटिएका हतियारका कारण स्थानीय तहमा असुरक्षाको वातावरण देखिन थालेपछि समुदाय आफैं सचेत बन्दै गएका छन्। यही पृष्ठभूमिमा पोखरा–१७ का ढुङेसाघु र महतगौडा बासिन्दाले पनि रात्रिकालीन गस्ती अभियान सुरु गरेका छन्। दशैंअघि नै सुरु भएको यो अभियान अहिले निरन्तर चलिरहेको छ। स्थानीय गस्ती संयोजक नेत्र भण्डारीका अनुसार टोलका बासिन्दाले आफ्नो क्षेत्रलाई सात भागमा विभाजन गरी पालैपालो गस्ती गर्ने जिम्मा लिएका छन्। रातभर सानो समूहमा टर्च र बाँसका लठ्ठी बोकेर उनीहरू गल्लीगल्ली हिँड्छन्— कसैले शंका लाग्दो गतिविधि गरे तुरुन्त जानकारी दिने व्यवस्था छ। भण्डारी भन्छन्, “प्रहरीको मनोबल अहिले केही कमजोर देखिन्छ। यस्तो अवस्थामा हामीले आफ्नै टोल, ...
पोखरामा गण्डकी अटो मेकानिकल वर्क्सले गाडी मर्मतमा सहयोगको पहल

पोखरामा गण्डकी अटो मेकानिकल वर्क्सले गाडी मर्मतमा सहयोगको पहल

ताजा समाचार, मुख्य समाचर
पोखरा, कात्तिक २०८२ – गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखरा ले हालैका आन्दोलनका क्रममा क्षति पुगेका गाडीहरुको मर्मत गर्न पहल थालेको छ। महासचिव विजयेंद्र चौधरी र अध्यक्ष विष्णु प्रसाद अधिकारीका अनुसार, एशोसिएसनले देशभरका ३२१ वर्कसपलाई आवद्ध गर्दै सामाजिक, रचनात्मक कार्य र तालिममार्फत सदस्यहरुलाई नयाँ प्रविधि अनुसार तयार पार्दै आएको छ। एशोसिएसनले जनाएको छ, “तोडफोड र आगजनीका कारण क्षति पुगेका गाडीहरू सहुलियत मूल्यमा मर्मत गर्ने तयारी छ। यसले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने साथै अनावश्यक विदेशी खर्च कम गर्नेछ।”साथै, एशोसिएसनले आफ्ना सदस्यहरुको व्यवसाय प्रवर्द्धन, वर्कसप सरसफाई, डेङ्गु नियन्त्रण र सचेतनामुलक कार्यक्रमहरू निरन्तर गर्दै आएको छ। यस पहल मार्फत गाडी व्यवसायीहरूलाई करको दायरामा ल्याउने र देश विकासमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।महासचिव चौध...
पोखरामा ‘द सिक्स्टीन सोडाउन’: नेपाली ब्रो र द युभबीच रेसलिङ प्रतिस्पर्धा आज

पोखरामा ‘द सिक्स्टीन सोडाउन’: नेपाली ब्रो र द युभबीच रेसलिङ प्रतिस्पर्धा आज

ताजा समाचार, मुख्य समाचर
पोखरा ।पोखराको क्लब सिक्स्टीनमा शनिबार ‘द सिक्स्टीन सोडाउन’ प्रतियोगिता हुने भएको छ। साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। रेसलिङमा दुई चर्चित नेपाली रेसलर ‘नेपाली ब्रो’ कुमार थापा र ‘द युभ’ युवराज गिरीबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकामा पूर्वसैनिकका रूपमा काम गरेका थापा, जसलाई रेसलिङको दुनियाँमा ‘नेपाली ब्रो’ नामले चिनिन्छ, नेपाल वुमेन रेसलिङ फाउण्डेशन (NWWF) का क्रुजरवेट च्याम्पियन हुन्। उनले भारत, पाकिस्तान, अमेरिका र युरोपलगायतका देशमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्। थापाले भने, ‘नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ, तर त्यसका लागि सुरक्षा र व्यावसायिक प्रशिक्षण अति आवश्यक छ।’ पोखराका युवराज गिरी हाल भारतमा बस्दै आएका छन्। उनले पाकिस्तान, भारत, रुस र चीनलगायतका देशमा रेसलिङ प्रतियोगिता जितिसकेका छन्...
कास्कीमा चाडपर्व विशेष सुरक्षा योजना लागू

कास्कीमा चाडपर्व विशेष सुरक्षा योजना लागू

ताजा समाचार, मुख्य समाचर
जिल्ला प्रहरी कार्यालय कास्कीले  चाडपर्वको समयमा सुरक्षालाई प्राथमिकता दिँदै “चाडपर्व विशेष सुरक्षा योजना २०८२” लागू गरेको छ। चोरी, ठगी, लुटपाट, मादक पदार्थको गैरकानुनी कारोबार, जुवा–तास जस्ता अपराध नियन्त्रणका लागि योजना अनुसार अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस योजना अन्तर्गत सहरका भीडभाडयुक्त स्थान, बजार, ग्रामीण क्षेत्र, पर्यटकीय गन्तव्य तथा संवेदनशील क्षेत्रमा विशेष गस्ती, निगरानी र चेकजाँच कडाइ गरिएको छ। आवतजावतका मार्ग, हाटबजार, मेलापर्व र मनोरञ्जनस्थलमा समेत शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली सक्रिय रहने जनाएको छ। “यस्ता अपराध तथा सम्भावित खतरालाई मध्यनजर गर्दै, नियन्त्रणका लागि योजना अनुसार ९२३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।” सूचना अधिकारी मोहन बहादुर बस्नेतले प्रेस विज्ञप्ति मार्फत उक्त जानकार...
कास्की प्रहरीले चोरीसम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरीले चोरीसम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ गरेको छ।

ताजा समाचार, मुख्य समाचर
पोखरा — कास्की प्रहरीले वडा प्रहरी कार्यालय रामबजारको टोलीसहितको संयुक्त कारबाहीमा पाम अयल चोरी प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१०, औद्योगिक क्षेत्रभित्र रहेको हिमश्री फुड्स प्रालिमा आपूर्ति गर्नुपर्ने पाम अयल (Palm Oil) तेलको सट्टामा पानी भरेर ल्याइएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीकाका अनुसार पक्राउ पर्नेमा बारा, जितपुरसिमरा–२२ अमलेखगञ्ज बस्ने ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय छविनाथ (शम्भु) गौतम र ३७ वर्षीय बुद्धिबहादुर लामाले ना.५ ख ७७०८ नम्बरको ट्रकमार्फत ल्याउँदै गरेको तेल बाटोमै चोरी गरी बिक्री वितरण गरेको खुलेको छ। तौल मिलाउनका लागि जर्किनमा पानी भरेको पनि प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १८ थान पानी भरेका पहेंलो जर्किन र नगद १३ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई कास्की जिल...
पोखरामा चोरीको मुद्दाः १ जना पक्राउ, बरामद गरगहना र नगद रकम सार्वजनिक

पोखरामा चोरीको मुद्दाः १ जना पक्राउ, बरामद गरगहना र नगद रकम सार्वजनिक

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा २०८२ साउन २४ गते राति करिब ७ बजेतिर दुई घरमा चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी चोरी गरिएका गरगहना र नगद रकम सार्वजनिक गरेको छ। घरभित्र कोही नभएको मौका पारी सुन, चाँदीका गहना र नगद रकम चोरी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान गरेको हो। अनुसन्धानका क्रममा रुपन्देही बुटवल उपमहानगरपालिका–९ घर भई हाल पोखरा–१४ बस्ने ३१ वर्षीय मोती गुरुङको कोठाबाट चोरीका सामग्री फेला परे। उनलाई नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा छड्के तिलहरी १ थान, रातो पोतेसहितका माइलि तिलहरी २ थान, रातो गेडीको जन्तर १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान, झुम्का २ थान, फलामको छ...
पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित

पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित

ताजा समाचार, मुख्य समाचर
पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित पोखरा- २९ गते आइतबार जन्मदिन मनाउने परा्परागत शैली आधुनिकता तर्फ लम्किदै गर्दा पछिल्लो समयमा भने जन्मदिन मनाउनै शैलिमा परिवर्तनआउन थालेको छ। यस्तो परिवर्तन आएसँगै फरकफरक ढङ्गले जन्मदिन मनाउन थालिएको छ। पोखराका पत्रकार आरजु विष्ट सल्यानिले आफ्नो जन्मदिन मनाउदा मानवसेवा मार्फत जन्मदिनलाइ रक्तदान जिवनदानको रुपमा स्थापित गराउदै आइतबार पोखरामा रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी कास्की शाखा कार्यालयमा आयोजित कार्यक्रममा उनले २५ औं पटक रगत दिएर उदाहरण प्रस्तुत गरेका हुन्। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले गण्डकी प्रदेशमा हिजो जस्तो रगतको आवस्यकता परेमा पावर र पौच भनसुन गर्नु पर्ने अवस्था अन्त्य भएको वताउदै प्रदेसमा अब देखि निःशुल्क रगत उपलब्ध हुने व्यवस्था रहेको उल्लेख गर्दै कास्की...
प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार, मुख्य समाचर
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। यो निर्णय उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसपछि गरेका हुन्।यसअघि राष्ट्रपति कार्यालयले नियुक्ति र प्रक्रियागत तयारी पूरा गरेको थियो। त्यसअनुसार प्रतिनिधिसभा विघटन भइसकेको छ। यस प्रकारको घटना नेपालको राजनीतिक इतिहासमा दुर्लभ मानिन्छ। फागुन २१ गते नयाँ निर्वाचन हुने पनि घोषणा गरिएको छ। जेनजी आन्दोलनको मागअनुसार अन्तरिम प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको हो। ...
पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीको रूपमा सपथ

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीको रूपमा सपथ

ताजा समाचार, मुख्य समाचर
पोखरा । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले आज राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरिन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाएका थिए, र यो प्रक्रिया संविधानको धारा ६१ अनुसार सम्पन्न भएको हो।जेनजी आन्दोलनको बदलिँदो परिस्थितिलाई चिर्दै देशले पहिलो महिला प्रधानमन्त्री पाएको हो। छ महिनाभित्र निर्वाचन गर्ने गरी उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।सपथ समारोहमा उनका श्रीमान् दुर्गा सुवेदी, उपराष्ट्रपति रामप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रपति सल्लाहकार सुनिल थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विदेशी कूटनीतिक समुदायका वरिष्ठ व्यक्तित्व उपस्थित थिए। राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् गठन र कार्यविभाजनको निर्णय सार्वजनिक गर्दै प्रारम्भिक रूपमा अर्थ, उद्योग, वाणिज्य ...