सात युवाको पहलः भेट्रान्स भलिबल प्रतियोगिताबाट संकलित रकम शिक्षामा लगानी
पोखरा
प्रथम अमलाचौर–चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिता गत २०८१ फागुन २९ गतेदेखि चैत २ गतेसम्म युवाहरूको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रमबाट बचत भएको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने आयोजकहरूले प्रतिबद्धता जनाएका थिए। आर्वा अमलाचौरका युवाहरू मार्फत संकलित रकम आयोजकहरूले स्वास्थ्य र शिक्षामा लगानी गर्ने प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा सहयोग गरिएको हो।
भलिबलप्रेमी, मानवभावका व्यक्तिहरू तथा साथीभाइ शुभचिन्तकहरूबाट जम्मा २ लाख ७७ हजार ५९१ रुपैयाँ संकलन भएको थियो। कुल खर्च २ लाख १७ हजार ५ रुपैयाँ भएको र कार्यक्रमपछि ६० हजार ५८६ रुपैयाँ बचत भएको आर्थिक संयोजकहरूले जनाए। २०८१ साल चैत १ गतेदेखि २०८२ साल साउन २८ गतेसम्मको ब्याजसहित जम्मा रकम ६१ हजार ३३६ रुपैयाँ पुगेको छ।
कार्यक्रममा श्री अधिकारी र अमृतराज परियार खेल संयोजकको रूपमा, देवेन्द्र परियार, सुरज अधिकारी र शम्भ...








