दुर्घटना न्युनिकरण तथा सचेतनाका लागि गण्डकी प्रदेसभर ट्राफिक सप्ताह२०८२ शुभारम्भ
पोखरा
नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेसले जिम्मेवार चालक म ,जिम्मेवार पैदलयात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारि भन्ने मुल भन्ने मुल उदेश्य सहित बढ्दो दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ ट्राफिक सप्ताह आज आइतबार प्रभातफेरि कार्यक्रम सहित सुरु गरेको छ।
पछिल्लो समय बढ्दो सवारी दुर्घटनाबाट जनधनको क्षति हुँदै आइरहेको र यसको न्यूनिकरणका लागि नागरिक नै सचेत हुन आवश्यकता रहेकाले जनचेतना जगाउने उदेस्य सहित गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको हो ।आज पहिलो दिन ट्राफिक सप्ताह शुभारम्भ समारोहका बीच गण्डकी प्रदेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ट्राफिक सप्ताह शुभारम्भको सुरुवात गर्नु भयो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान वहादुर थ...









