प्रेस सेन्टर कास्कीले स्थापना दिवस प्रभातफेरी र स्वास्थ्य परीक्षणद्वारा मनायो
पोखरा
प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी (र्याली) र निःशुल्क स्वास्थ्य परीक्षण गरी आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ। कार्यक्रम पोखराको मानव अधिकार चोकबाट सुरु भई सभागृहमा समापन भएको थियो।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टरको २१ वर्षे ईतिहासलाई स्मरण गरे। उनले प्रेस सेन्टरलाई समाजवादी यात्रामा थप सशक्त बनाउँदै जनताको पक्षमा कलम चलाउन आग्रह गरे। साथै, उनले स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्दै आवाजविहीनहरूको आवाज बुलन्द पार्न सञ्चारकर्मीलाई प्रेरित गरे।
प्रेस सेन्टरका केन्द्रिय सचिव माधव पनेरू, माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, गण्डकी उपाध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पत्रका...









