Friday, June 26News That Matters

मुख्य समाचर

प्रधानमन्त्री ओलि पोखरा आउनु हुँदै भोलि

प्रधानमन्त्री ओलि पोखरा आउनु हुँदै भोलि

ताजा समाचार, मुख्य समाचर
पोखरा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि पोखरा आउनु हुने भएको छ।वहाँ माघ ३ गते बिहिवार भोलि मध्याह्न करिब १२.३० बजेतिर पोखरा आउनु हुने जानकारी प्राप्त भएको छ। वहाँले पोखरामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको नव निर्मित इमर्जेन्सी भवनको उद्घाटन गर्नु हुनेछ भने ,नर्सिङ क्याम्पसको प्रथम दिक्ष्यान्त समारोह कार्यक्रममा समेत सरिक हुनु हुने छ। पोखराका मुख्य मुख्य विभिन्न चोक सडकमाट्राफिक तथा सुरक्षा व्यवस्थापन चुस्त पारिनुका साथै आजै बुधबारदेखि सुरक्षा सयन्त्र परिचालन गरिएको छ। ...
पत्रकार महासंघ गण्डकी प्रदेस सस्थापक अध्यक्ष स्व.पौडेलको स्मरणमा स्मृति सभा

पत्रकार महासंघ गण्डकी प्रदेस सस्थापक अध्यक्ष स्व.पौडेलको स्मरणमा स्मृति सभा

ताजा समाचार, मुख्य समाचर
पोखरा / नेपाल पत्रकार महासंघ गण्डकी प्रदेसले प्रदेस कार्यालयमा आज पत्रकार महासँघ गण्डकी प्रदेस सँस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेल साथै ,पत्रकार स्व. अनिल शाही को स्मरणमा ,स्मृति सभाको आयोजना गरेको छ। आज माघ १ गते मङ्गलवार महासंघ द्वारा आयोजित दोस्रो स्मृति सभामा वक्ताले पौडेलले महासङ्घको संस्थागत विकास तथा पत्रकारिता लगायत राजनीतिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै स्वर्गीय पौडेलले गरेका य‍ोगदान बारे वक्ता हरुले चर्चा गरेका थिए। स्मृति सभामा उपस्थित पत्रकार हरु बिच अग्रज पाका पत्रकारहरुले उनी सग विताएका पलहरुको चर्चा गर्दै पौडेलको य‍ोगदान अमुल्य रहेको जनाउदै पौडेलले देखाएको मार्गलाई अवलम्बन गर्दै अगाडि बढ्नु पर्ने वताउदै उनका सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा वक्ताहरुले जोड दिए । ठिक २ वर्षअघि आजकै दिन पोखराको सेती खोँचमा यती एयर दुर्घ...
पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी: “फ्रम द रकिज टु द हिमालयज”

पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी: “फ्रम द रकिज टु द हिमालयज”

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा, पोखरा आर्ट ग्यालरीमा सोमबारदेखि दुईदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनीको सफल समापन भएको छ । अमेरिका, डेनमार्कसहित , फिलिपिन्स ,आयरल्याण्ड,र विभिन्न देशका २६ जना विदेशी कलाकार तथा २४ जना नेपाली कलाकारको चित्रकला प्रदर्शनीमा समावेश गरिएको छ। प्रदर्शनीमा पानी रङ, एक्रेलिक रङ, तथा २३ क्यारेट सुनको जलप प्रयोग गरेर बनाइएका चित्रहरू प्रदर्शनमा राखिएका छन्। आयरल्याण्डकी लोरा मर्फीले नेपाली हातले बनाइएको कागजमा आफ्नो कला प्रस्तुत गरिन्। उनले रातो पृष्ठभूमिमा कल्पना गरिएको युवतीको अनुहार बनाएकी थिइन्। लोरा भन्छिन्, "नेपाली कागज बलियो र सुन्दर छ, जसले मेरो चित्रलाई नयाँ रूप दियो।" साथै, सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङले भनेका छन्, "नेपाली र विदेशी कलाकारले एकै ठाउँम...
प्रेस सेन्टर नेपाल तनहुको पाचौ   जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ पर्वतमा पनी सातौ अधिवेसन सफल

प्रेस सेन्टर नेपाल तनहुको पाचौ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ पर्वतमा पनी सातौ अधिवेसन सफल

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रेस सेन्टर नेपाल तनहुको पाचौ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशन बाट अध्यक्षका लागि सर्वसम्मत निर्वाचित अस्मिता खनालको नेतृत्वमा उपाध्यक्ष अशोक विश्वकर्मा, सचिव विनोद ढुङ्गाना ,सह सचिवमा सुष्मा गुरुङ ,कोषाध्यक्षमा सावित्री कोइराला चयन हुनु भएको छ। येस्तैमा प्रेस सेन्टर नेपाल पर्वतको सातौं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ।साजन परियारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ भने , राजकुमार बिक सचिवमा चयन हुनु भएको छ। बाँकी पदाधिकारीको जिम्मेवारी पहिलो वैठकबाट हुने वताइएको छ।प्रदेश प्रतिनिधिहरु प्रनिश गिरी र राजबाबु पिसी साथै केन्द्रिय प्रतिनिधिमा मुरारी शर्मा र निर्मल पौडेल चयन हुनुभएको छ ।अधिवेशन कार्यक्रममा जिल्ला इन्चार्ज उमाकान्त भुर्तेलको प्रमुख आतिथ्यता भएको थियो भने मिडिया इन्चार्ज शंकर गिरीको विशिस्ट आतिथ्यता रहेको थियो । ...
प्रेस सेन्टर कास्कीको छैटौं अधिवेसनको तयारी कान्तिपुर राष्ट्रिय दैनिककर्मि परियार सन्मानित हुने

प्रेस सेन्टर कास्कीको छैटौं अधिवेसनको तयारी कान्तिपुर राष्ट्रिय दैनिककर्मि परियार सन्मानित हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रेस सेन्टर कास्की को छैटौं अधिवेशन भ‍ोलि पौष २७ गते शनिवार हुने भएको छ। अधिवेशनले आगामी ३ बर्षे कार्यकाल रहने गरि नया नेतृत्व चयन गर्नेछ।अधिवेशन कार्यक्रमको पोखरा बास्तोलाथर शिल्भर पाटि प्यालेसमा शनिवार बिहान ९ बजे पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवँ नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठले उद्घाटन गर्नु हुनेछ। भोलि शनिवार हुने छैटौं अधिवेशन कार्यक्रमको अवसरमा विगत जस्तै यस बर्ष पनि थमन महेश स्मृति पत्रकारिता पुरस्कार प्रेस सेन्टर कास्कीले कान्तिपुर राष्ट्रिय दैनिक कर्मि क्रियाशिल पत्रकार दिपक परियार लाई प्रदान गर्ने भएको छ। वहा कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध रहेर पत्रकारिता कर्म गर्दै आउनु भएको छ ।करिब डेढ दसक देखि क्रियाशिल रहि जनपक्षीय पत्रकारिता गर्दै आउनु भएका परियारलाइ शनिबार नगद २५ हजार रुपैया नगद सहित सन्मनन तथा पुरस्कृत गरिने प्रेस ...
रवि लामिछाने धरौटीमा रिहा, ठगी अभियोगको अनुसन्धान जारी

रवि लामिछाने धरौटीमा रिहा, ठगी अभियोगको अनुसन्धान जारी

ताजा समाचार, मुख्य समाचर
पोखरा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बसेपछि कास्की जिल्ला अदालतको आदेशअनुसार धरौटीमा रिहा भएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नताको आरोप लागेका लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने शर्तमा रिहा गरिएको हो। लामिछानेसहित ६३ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारी वकिल कार्यालयले उनीहरूले एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको दाबी गरेको छ। लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीबाट ३ करोड ३७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेका छन्। गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका बेला सहकारीको रकम उनको खातामा विभिन्न समयमा स्थानान्तरण भएको र सोही रकम फिर्ता पनि भएको देखिएको छ। अदालतले यथेष्ट प्रमाण अभावका कारण उनलाई तत्काल धरौटीमा रिहा गर्न आदेश दिएको हो। ...
सरकारको यातायात क्षेत्रमा गरिएको विभेद प्रति ,एकीकृत यातायात मजदुर सगठनको आपत्ति

सरकारको यातायात क्षेत्रमा गरिएको विभेद प्रति ,एकीकृत यातायात मजदुर सगठनको आपत्ति

ताजा समाचार, मुख्य समाचर
सोही पत्रकार भेटघाट कार्यक्रमा सार्वजनिक यातायात केन्द्रीय महासघ नेपालका सचिव गान्धी राज गिरिले सरकारले समयमै भाडा समाय‍ोजन नगरेकै कारण यस्तो अवस्था आएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका सचिव गान्धीराज गिरीले सरकारले समयमा भाडा समायोजन नगर्दा भाडा बारे विवाद हुने गरेको र आम जनमानसमा टेक्सिले लुटे भन्ने खालको भ्रम पैदा भएको वताए । उनले पठाउ र इन ड्राइभको विषयमा आफूहरू तयार भएको र सार्वजनिक यातायातका लागि समेत सरकारले एप्स खोलिदिनु पर्ने तर नेपालबाटै सञ्चालित एप हुनु पर्ने बताए । रातो प्लेटका दुई पाङ्गे र चार पाङ्गे सवारी साधनलाई ऐन संशोधन गरेर एप मार्फत सञ्चालनमा ल्याउन खोजेको भन्दै महासघ त्यसको विरोधमा रहेको स्पष्ट पारे । पटकपटकको आन्दोलन गर्नु भन्दा वार्ता तथा सवाद छलफल बाट हल गरौ, सकभर बन्द हडताल जस्ता कार्य नगरौ भन्ने रहेको वताए। सङ्घीय ऐन संशोधन नगरि प्र...
रवि लामिछानेको मुद्दा: भोलि वार कि पार, रिहा कि कारागार?

रवि लामिछानेको मुद्दा: भोलि वार कि पार, रिहा कि कारागार?

ताजा समाचार, मुख्य समाचर
पोखरा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेको रवि लामिछानेको थुनछेक आदेश बिहीबार (भोलि) टुंगो लाग्ने सम्भावना रहेको छ। प्रतिवादी तर्फको कानूनी बहस अन्तिम चरणमा पुगेको हुँदा जवाफी बहस बिहीबार बिहान सकिएर साँझसम्म अदालतले आदेश दिने अपेक्षा गरिएको छ। सरकारी वकिल कार्यालय, कास्कीकी प्रमुख न्यायाधिवक्ता कमला काफ्लेका अनुसार, “भोलि पहिलो सत्रमा जवाफी बहस समाप्त हुनेछ र साँझसम्ममा अदालतको आदेश आउने अपेक्षा रहेको वताइएको छ। मंगलबार गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानूनी व्यवशायिहरुको बहस समाप्त भएको थियो ।बुधबार भने अन्य प्रतिवादीहरू, रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ, र आरती गुरुङका तर्फबाट कानूनी प्रतिनिधिले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट पनि बहस जारीनै रहेको वताइएक‍ो छ।...
मणिपाल हस्पिटल तथा पोखरा इलेक्ट्रोनिक मोबाइल व्यवशायिक सँघ बिच स्वास्थ सेवा सम्झौता

मणिपाल हस्पिटल तथा पोखरा इलेक्ट्रोनिक मोबाइल व्यवशायिक सँघ बिच स्वास्थ सेवा सम्झौता

ताजा समाचार, मुख्य समाचर
पोखरा इलेक्ट्रोनिक तथा मोबाईल व्यावसायिक संघ कास्की तथा मणिपाल हस्पिटल प्रशासन बिच आज बुधबार २४ गते स्वास्थ्य क्षेत्रका बिभिन्न सेवामा छूट सुविधा हरू उपलब्ध गराउने सम्झौता भएको छ। मणिपाल हस्पिटल प्रशासन का ceo श्री अनिल ओडूविल तथा सस्थाका अध्यक्ष चिन्तामणि खरेल बीच हस्ताक्षर गरी सम्झौता गरीएको छ। स‍ोहि सम्झौताका लागि कृष्ण मोहन श्रेष्ठ , रोशन अधिकारी,कृष्णप्रसाद गौतम लगायतले पहल गर्नु भएको थियो। सम्झौता हस्ताक्षर गर्दै सघका अध्यक्ष खरेलले सम्झौतामा पहल गरि सहयोग गर्नु हुने मणिपाल व्यवस्थापन तथा प्रशासन लगायत सबैमा धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियोे ।सोही अवसरमा व्यवशायि सँघका महासचिव रामचन्द्र तिवारी लगायत पदाधिकारीको समेत उपस्थिति रहेको थियो । यो भिडियो पनि हेर्नुहोस:- https://youtu.be/R9Xlt_LVyCo ...
प्रेस सेन्टर नेपालमहानगर कमिटी पोखरा अध्यक्षमा गुरुङ

प्रेस सेन्टर नेपालमहानगर कमिटी पोखरा अध्यक्षमा गुरुङ

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रेस सेन्टर नेपाल महानगर कमिटी पोखरा अध्यक्षमा हुम बहादुर गुरुङ्ग र्निबाचित भएका छन ।प्रेस सेन्टर नेपाल महानगर कमिटि पोखराको दोस्रो अधिबेशनमा होम वहादुर गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निबिरोध र्निबाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, दित्तिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता गायक र सहसचिवमा दिलिप भण्डारी र्निबाचित भएका हुन । त्यसैगरि सदस्यहरुमा गिता तिवारी, एलिशा थापा रवि भण्डारी, दक्ष गुरुङ् चयन भएका छन् ।अधिबेशनको उदघाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता बिस्व प्रकाश लामिछानेले पत्रकारीताका माध्यम बाट समाजबाद स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नुभयो । अब नेपालमा बिधिको सासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आबस्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा अध्यक्ष शिबराज बस्ताकोटी शिवदाइले स...