लेखनाथ उध्योग बाणिज्य संघ द्वारा आयोजित २०८१ महोत्सवको तयारी अन्तिम चरणमा
पोखरा
सँकृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मुल नाराका साथ लेखनाथ उध्योग बाणिज्य सँघले यहि पौष १८ गते देखि माघ १ गते सम्म २० अौ सँस्करण लेखनाथ महोत्सव अन्तिम चरणमा पुगेको छ।
लेखनाथ उध्योग बाणिज्य संघले महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल रुपान्तरण गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको लेखनाथ उध्योग बाणिज्य सँघका अध्यक्ष तथा आयोजित महोत्सवका मुल सँयोजक बिनोद श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रमको अवसरमा बताए ।
महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुह...









