सुरक्षित यात्राका लागि स्तरीय बस सेवा सञ्चालन
पोखरा
पोखरा पर्यटकिय राजधानी घोषणा भए सगै यातायात क्षेत्रमा पर्यटक हरुका लागि आरामदायी तथा सुरक्षित यात्राका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा दिने उदेश्य सहित नया प्रयासको थालनि गरेको छ।
यतिबेला पोखराको हेम्जा बाट ललितपुर ,ललितपुर बाट पोखराका लागि कोइली ट्राभल्स प्रालिले यात्रुसेवाका लागि सुरक्षित तथा अत्यन्तै आरामदायि यात्राका लागि स्तरीय दुई वटा बस सेवा सञ्चालनमा ल्याएको छ।यहि कार्तिक १२ गते सोमबार देखि हेम्जावासि हरुलाइ समेत सहज बस सेवा दिने उदेश्यले हेम्जा बाट साँझ ७ बजे छुट्ने गरि बस सञ्चालन गर्न लागेको पृथ्वी राजमार्ग सञ्चालक समितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष योगेन्द्र वहादुर केसिले वताउनु भयो ।सोहिक्रममा केसिले यसभन्दा पहिला पनि दुइ वटा स्तरीय बस पोखरा देखि सौराहा सौराहा देखि पोखराका लागि सञ्चालनमा ल्याइ सकिए...









