Thursday, June 25News That Matters

मुख्य समाचर

जिल्ला प्रशासन कास्की द्वारा सुरक्षा सहित दसैको एकदिन निशुल्क वस सेवा

जिल्ला प्रशासन कास्की द्वारा सुरक्षा सहित दसैको एकदिन निशुल्क वस सेवा

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिक सहायता कक्ष सहित १ दिने निशुल्क वस सेवा सञ्चालन गर्ने भएको छ।चाडपर्वको समयलाइ मर्यादित तथा सुरक्षित बनाउन र आम नागरिकलाइ सहज यात्रा र सुरक्षाको अनुभुती हुनेगरि दसैक‍ो बेला जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सँघसस्था तथा सरोकार निकाय हरुसँग समन्वयन गरि सुरक्षाक‍ो व्यवस्थापन गरेको छ। यसै शिलशिलामा विभिन्न ठाउमा कढाइका साथ चेकजाँच, बजार अनुगमन सवारी चेकजाँच, सवेरै देखि साँझसम्म यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। अधिक जनसंख्या रहेको पोखरा महानगर पालिकामा दसैको दिन यात्रुको अधिक आवतजावत हुने चहलपहल बढ्ने तर ,अन्य दिन भन्दा सवारी कम चल्ने हुदा आम नागरिकलाइ आवतजावतमा कठिनाइ पर्न सक्ने सम्भावना लाई मध्यनजर गरि यस पटकको दसैमा यातायात सेवामा थप सहजता ल्याउनका लागि स्थानिय प्रशासन द्वारा महानगर पालिका र विभिन्न यातायात व्यवशायिसमिति तथा कम...
दशैँमा पनि भएन व्यापार: “आर्थिक मन्दी र महानगरपालिकाको ज्यादतिको मारमा व्यापारी”

दशैँमा पनि भएन व्यापार: “आर्थिक मन्दी र महानगरपालिकाको ज्यादतिको मारमा व्यापारी”

ताजा समाचार, मुख्य समाचर
विगतका वर्षहरूमा जस्तै यस वर्ष त्यति व्यापार हुन नसकेको पोखराका व्यवसायीहरूले बताएका छन्। एक त देशमा भइरहेको आर्थिक मन्दी, त्यसमा पनि महानगरपालिकाको ज्यादति — न समान राम्रोसँग देखिने गरी राख्न पाइन्छ आफ्नो घरको पेटीमा सजाउनु पनि नपाइने नियम , न त सहज तरिकाले व्यापार गर्न पाइन्छ। यस्तो अवस्था सिर्जना भएकाले अपेक्षा अनुसार यस वर्षको दशैंमा व्यापार नहुने पोखराका फेन्सी कपडा पसललगायत विभिन्न व्यवसायमा लागेका व्यवसायीहरू गुनासो पोख्छन्। एकनारायण अधिकारीको आँखा अझै पनि ग्राहकको प्रतीक्षामा छ। ३६ बर्ष देखि पसल गरेको मन्दीले "५०० मा दुई जोर रोजी-रोजी छानी-छानी राखेका छौं, तर कोही किन्ने आउँदैनन्," उनी चिन्तित स्वरमा भन्छन्। पृथ्वीचोकको मुख्य बजारमा घाम झुल्कनेबित्तिकै पसलको शटर खोलेका एकनारायण अधिकारीको आँखा अझै पनि ग्राहकको प्रतीक्षामा छ। ३६ बर्ष देखि पसल गरेको मन्दीले "५०० मा दुई जोर रो...
स्टार ग्रुपको पाँचौ शाखा जापानको चिवा क्षेत्रमा विस्तार:प्रमुख पण्डित

स्टार ग्रुपको पाँचौ शाखा जापानको चिवा क्षेत्रमा विस्तार:प्रमुख पण्डित

ताजा समाचार, मुख्य समाचर
पोखरा जापानको फुकुसी र इबाराकी क्षेत्रमा रेष्टुरेन्ट, ग्रोसरी एवम् बार लगायतका व्यवसाय गर्दै आएको सिर्जना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ। यही सेप्टेम्बर २० तारिखदेखि सेवा सुरु गरेको स्टार ग्रुपको पाँचौं शाखामा नेपाली खानाका परिकारहरू पाइने भएका छन्। साथै, बैठक, सेमिनार तथा पारिवारिक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्न सकिने ठाउँ रहेको कम्पनीका सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो। चिवा केनको याचिओदाई स्टेशन नजिकै रहेको आवकी भवनको पहिलो तलामा ग्रोसरी र दोस्रो तलामा रेष्टुरेन्ट रहेको छ। जापानीहरू माझ लोकप्रिय रहेको स्टारले नेपालीहरूलाई लक्षित गरेर सेवा विस्तार गरेको हो। मार्टमा सुपथ मूल्यमा सामानहरू पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजर सुनिल...
आगामी २०८४ मा हुने चुनावमा एकल प्रतिस्पर्धामा जाने : अध्यक्ष प्रचण्डको घोषणा

आगामी २०८४ मा हुने चुनावमा एकल प्रतिस्पर्धामा जाने : अध्यक्ष प्रचण्डको घोषणा

ताजा समाचार, मुख्य समाचर, राजनिति
पोखरा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालको चुनावमा कुनै पनि पार्टीसँग मिलेर नजाने घोषणा गर्नुभएको छ। शनिबार काठमाडौंमा दोलखा समन्वय समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभएको हो। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालको चुनावमा कुनै पनि पार्टीसँग मिलेर नजाने घोषणा गर्नुभएको छ। दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समिति नेकपा माओवादी केन्द्रले शनिबार आयोजना गरेको छलफलमा उहाँले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउँदै, अब एकल प्रतिस्पर्धामा जाने तयारी गरिएको र त्यसको शुभारम्भ आगामी मंसिरमा हुने उपनिर्व...
“ऐतिहासिक धार्मिक तथा तपोभुमि कास्कीक‍ोटमा शान्तिको कामना गर्दै नवदुर्गा पुजा गरिने”

“ऐतिहासिक धार्मिक तथा तपोभुमि कास्कीक‍ोटमा शान्तिको कामना गर्दै नवदुर्गा पुजा गरिने”

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्कीकोट/ गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लाको ऐतिहासिक कास्कीकोट दरबारस्थित गुप्तकालिका मन्दिरमा शान्तिको कामनासहित नवदुर्गा महोत्सव सम्पन्न हुँदैछ। कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुने भएको छ। फोटो :- भिम सुबेदी परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको यो मन्दिरमा यस वर्ष देशभरि आएको बाढी, पहिरो, र प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै शान्तिको कामनासहित घटस्थापनादेखि दशमीसम्म पुजारीहरूले मन्दिरमै बसेर गुप्तकालिकाको पूजा गर्नेछन्। धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीका अनुसार, यस वर्ष पूजा विशेष महत्त्वपूर्ण रहनेछ। असोज १७ गते घटस्थापनादेखि विधिवत रूपमा कोतमा प्रवेश गरी नवदुर्गाका लागि विशेष चण्डी पाठ र दुर्गा कवच पाठ हुने धार्मिक क्षेत्र व...
“मनसुनको सिर्जनशील वर्षा: हितमान गुरुङलाई सिर्जनशील युवा कला पुरस्कार २०८१”

“मनसुनको सिर्जनशील वर्षा: हितमान गुरुङलाई सिर्जनशील युवा कला पुरस्कार २०८१”

ताजा समाचार, मुख्य समाचर
पोखरा लम्जुङ्का सिर्जनशील युवा कलाकार हितमान गुरुङलाई यस वर्षको सिर्जनशील युवा कला पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ। पोखरामा आयोजित चौथो संस्करणको “मन्सुन सामूहिक चित्रकला प्रदर्शनी” को समापन समारोहमा गुरुङलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरियो। यस पुरस्कारलाई दिवंगत सिद्धिरत्न शाक्य र सेतुलिमाया शाक्यको स्मृतिमा सुपुत्र श्री विश्वरत्न शाक्य र परिवारद्वारा स्थापना गरिएको छ, र सिर्जनशील कलाकार समूह, पोखरा, द्वारा प्रत्येक वर्ष प्रदान गरिन्छ। कार्यक्रमको मुख्य आकर्षण गुरुङको सम्मान मात्र नभई, उहाँको योगदान र सिर्जनशीलतामा समर्पित रहेको थियो। गुरुङले आफ्नो सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, "यस सम्मानले मलाई अझ प्रेरित बनाएको छ। म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।" प्राज्ञ तथा साहित्यकार सरुभक्त ले कार्यक्रममा गुरुङको कलाको प्रशंसा गर्दै कलाकारहरूको हकहितक...
विन्ध्यवासिनी धार्मिक क्षेत्रबाट गरिने नवदुर्गा शोभायात्रा स्थगित

विन्ध्यवासिनी धार्मिक क्षेत्रबाट गरिने नवदुर्गा शोभायात्रा स्थगित

ताजा समाचार, मुख्य समाचर
पोखरा विन्ध्यवासिनी बाट नवदुर्गा घटस्थापनाको दिन निकालिने शोभायात्रा यस बर्ष भने स्थगित गरिएको छ। नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विन्ध्यबासिनी मन्दिरमा आयोजना गर्ने नवदुर्गा महोत्सवको अवसरमा घटस्थापनाको दिन निकाल्दै आएको शोभायात्रा यसपटक भने स्थगित गरिएको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले जानकारी गराएको छ। यहि असोज १७ गते गर्ने भनिएको शोभायात्रा समितिले देसैभर भएको प्राकृतिक विपदको दुःखद घडीमा देशमा नेपाल सरकार बाट राष्ट्रिय शोक घोषणा भएअनुसार समितिले आयोजना गर्दै आइ रहेको शोभायात्रा पनि यो बर्ष भने स्थगित गरिने बारे मंगलबार सूचना जारी गरेको छ। जारि सूचनामा भनिएको छ हालै देशको विभिन्न भागमा अविरल बर्षा भई बाढी र पहिरोकै कारण देसभर अत्यन्तै दुखदायिपुर्ण जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समिति...
“पोखरामा पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु  तामाङले महिलातर्फ जितिन्”

“पोखरामा पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङले महिलातर्फ जितिन्”

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका निरोज भट्ट क्षत्रीले उपाधि जितेका छन्। पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा क्षत्रीले ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि हासिल गरेका हुन्। फोटो:डाडाघरेखबरडटकम पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले ४१ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पूरा गरी दोस्रो स्थान हासिल गरे भने पोखरा–१७ का प्रकाश थिँकले ४२ मिनेट ४२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे। विजेतालाई नगद रु २५,०००, उपविजेतालाई रु १५,००० र तेस्रो हुनेलाई रु ७,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। विश्व शान्ति स्तूपबाट सुरु भएको पर्वतीय दौड पुम्दीकोटमा रहेको विशाल महादेवको मू...
अस‍ोज १६ गते सभागृहमा चर्चित गायक जीवन सर्माका क्रान्तिकारी गित प्रस्तुत हुने

अस‍ोज १६ गते सभागृहमा चर्चित गायक जीवन सर्माका क्रान्तिकारी गित प्रस्तुत हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा देशभर व्याप्त बेथिति, विसंगति, भ्रष्टाचार, राष्ट्रघात, र महँगीविरुद्ध पोखरामा रक्तिम सांस्कृतिक अभियानले जनसांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ। सांस्कृतिक जागरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०८१ असोज १६ गते पोखरा सभागृहमा कार्यक्रम गरिने भएको हो। "उक्त कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहनेछ" भने रक्तिम परिवार र सामना परिवारका कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्, ।सो कुरा पोखरामा शुक्रबार आय‍ोजित पत्रकार भेटघाट कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले जानकारी दिएको छ। सोही अवसरमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले सांगीतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण सांस्कृतिक प्रेमीहरूसँग अपिल गरेका छन्।२०८१ भदौ २८ गते जारी गरिएको अपिलमा शर्माले भनेका छन्, “देश संकटमा छ, श्रमजीवी जनता दुःखमा डुबिरहेक...
“पोखरा-१५ मा सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता: नवप्रवेशी खेलाडीहरूको लागि अवसर”

“पोखरा-१५ मा सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता: नवप्रवेशी खेलाडीहरूको लागि अवसर”

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका-१५, नयाँगाउँमा आयोजना गर्न लागिएको विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्योर फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। पोखरा-१५ को वडा कार्यालय नजिकको खेल मैदानमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित असोज १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी उच्च स्तरमा भइरहेको जानकारी आयोजक विकास गुरुङले शनिबार आयोजित पत्रकार सम्मेलनमा दिएका छन्। गुरुङका अनुसार, नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा विजेताले नगद रु ६० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र जित्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, र सर्वाधिक गोलकर्ता प्रत्येकलाई नगद रु ३,००० क...