ववातावरण सँरक्षण अभियान सहित वाइसीएल गण्डकी प्रदेस कमिटी द्वारा आयोजित वृक्षरोपण कार्यक्रम
पोखरा
वातावरण सँरक्षण अभियान लाई थप अगाडि बढाउने उदेश्य सहित योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेशलेपोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमका बिच बृक्षारोपण गरेको छ ।
वाइसीएल गण्डकी प्रदेश अध्यक्ष थमन गुरुङका अनुसार वातावरण सँरक्षण अभियान लाई थप निरन्तरता दिने उदेश्यका साथ वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो।
वाइसीएल केन्द्रिय कमिटीको वृक्षरोपण अभियान लाई थप विस्तार गर्दै , वातावरण सँरक्षण तथा उत्पादनमूलक कार्यलाई अगाडि बढाउने सन्देश सहित विध्यालय वरपर डालेघाँस फलफूल समेत गरि १५० वटा विरुवा लगाउने उदेश्य लिएर सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङले वताए।विध्यालय परिसरमा यसभन्दा पहिल्यै पनि फलफूल तरकारी लगाउनुका साथै गाई भैंसी समेत पालिएको हुदा थप सहयोग पुग्ने अपेक्षा सहित आँप अमला, लिचि ,एभोगाड लगायत फलफूल साथै ...









