पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।
गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको संयमन, पारदर्शिता र पेशागत पत्रकारिताको प्रवर्द्धनलाई संस्थागत रूप दिन सोमबार पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिए। स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य हुने भन्दै उनले प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर ऐतिहासिक कदम चालेको बताए। “यस कार्यालयले कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शितामा नयाँ आयाम थप्नेछ। सञ्चार माध्यमहरू व्यवस्थित हुने मात्र होइन, पत्रकार र संस्थाबीचको आपसी विश्वास पनि मजबुत बन्छ,” मुख्यमन्त्री पाण्डेले भने।
प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा यो कार्यालय महत्वपूर्ण आ...








