प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता : कमल गिरि
पोखरा
प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दुई दिने 'विकास पत्रकारिता तालिम' सम्पन्न भएको छ। वैशाख २६ र २७ गते सञ्चालन भएको तालिममा विकास पत्रकारिता, आर्थिक पत्रकारिता, जनपत्रकारिता तथा सञ्चार माध्यमको सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिइएको थियो।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोगमा सम्पन्न तालिममा पहिलो दिन बिनोद शर्मा र दिपक परियारले प्रशिक्षण दिएका थिए। दोश्रो दिनमा प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय सदस्य चिरन्जीवी अधिकारीले आइटी सम्बन्धी ग्यान समेत प्रदान गरेका थिए।
प्रशिक्षक बिनोद शर्माले पत्रकारितालाई राइट होल्डर्सबाट डिउटी बेरियर्ससम्म पुर्याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले विकास पत्रकारिताको सम्मानजन्य भूमिका स्थापित गर्नका लागि सूचना श्रृंखला (Chain of Information) लाई प्र...







