Saturday, April 18News That Matters

ताजा समाचार

कास्की प्रहरीले चोरीसम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरीले चोरीसम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ गरेको छ।

ताजा समाचार, मुख्य समाचर
पोखरा — कास्की प्रहरीले वडा प्रहरी कार्यालय रामबजारको टोलीसहितको संयुक्त कारबाहीमा पाम अयल चोरी प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१०, औद्योगिक क्षेत्रभित्र रहेको हिमश्री फुड्स प्रालिमा आपूर्ति गर्नुपर्ने पाम अयल (Palm Oil) तेलको सट्टामा पानी भरेर ल्याइएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीकाका अनुसार पक्राउ पर्नेमा बारा, जितपुरसिमरा–२२ अमलेखगञ्ज बस्ने ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय छविनाथ (शम्भु) गौतम र ३७ वर्षीय बुद्धिबहादुर लामाले ना.५ ख ७७०८ नम्बरको ट्रकमार्फत ल्याउँदै गरेको तेल बाटोमै चोरी गरी बिक्री वितरण गरेको खुलेको छ। तौल मिलाउनका लागि जर्किनमा पानी भरेको पनि प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १८ थान पानी भरेका पहेंलो जर्किन र नगद १३ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई कास्की जिल...
पोखरामा चोरीको मुद्दाः १ जना पक्राउ, बरामद गरगहना र नगद रकम सार्वजनिक

पोखरामा चोरीको मुद्दाः १ जना पक्राउ, बरामद गरगहना र नगद रकम सार्वजनिक

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा २०८२ साउन २४ गते राति करिब ७ बजेतिर दुई घरमा चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी चोरी गरिएका गरगहना र नगद रकम सार्वजनिक गरेको छ। घरभित्र कोही नभएको मौका पारी सुन, चाँदीका गहना र नगद रकम चोरी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान गरेको हो। अनुसन्धानका क्रममा रुपन्देही बुटवल उपमहानगरपालिका–९ घर भई हाल पोखरा–१४ बस्ने ३१ वर्षीय मोती गुरुङको कोठाबाट चोरीका सामग्री फेला परे। उनलाई नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा छड्के तिलहरी १ थान, रातो पोतेसहितका माइलि तिलहरी २ थान, रातो गेडीको जन्तर १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान, झुम्का २ थान, फलामको छ...
पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित

पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित

ताजा समाचार, मुख्य समाचर
पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित पोखरा- २९ गते आइतबार जन्मदिन मनाउने परा्परागत शैली आधुनिकता तर्फ लम्किदै गर्दा पछिल्लो समयमा भने जन्मदिन मनाउनै शैलिमा परिवर्तनआउन थालेको छ। यस्तो परिवर्तन आएसँगै फरकफरक ढङ्गले जन्मदिन मनाउन थालिएको छ। पोखराका पत्रकार आरजु विष्ट सल्यानिले आफ्नो जन्मदिन मनाउदा मानवसेवा मार्फत जन्मदिनलाइ रक्तदान जिवनदानको रुपमा स्थापित गराउदै आइतबार पोखरामा रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी कास्की शाखा कार्यालयमा आयोजित कार्यक्रममा उनले २५ औं पटक रगत दिएर उदाहरण प्रस्तुत गरेका हुन्। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले गण्डकी प्रदेशमा हिजो जस्तो रगतको आवस्यकता परेमा पावर र पौच भनसुन गर्नु पर्ने अवस्था अन्त्य भएको वताउदै प्रदेसमा अब देखि निःशुल्क रगत उपलब्ध हुने व्यवस्था रहेको उल्लेख गर्दै कास्की...
प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार, मुख्य समाचर
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। यो निर्णय उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसपछि गरेका हुन्।यसअघि राष्ट्रपति कार्यालयले नियुक्ति र प्रक्रियागत तयारी पूरा गरेको थियो। त्यसअनुसार प्रतिनिधिसभा विघटन भइसकेको छ। यस प्रकारको घटना नेपालको राजनीतिक इतिहासमा दुर्लभ मानिन्छ। फागुन २१ गते नयाँ निर्वाचन हुने पनि घोषणा गरिएको छ। जेनजी आन्दोलनको मागअनुसार अन्तरिम प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको हो। ...
पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीको रूपमा सपथ

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीको रूपमा सपथ

ताजा समाचार, मुख्य समाचर
पोखरा । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले आज राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरिन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाएका थिए, र यो प्रक्रिया संविधानको धारा ६१ अनुसार सम्पन्न भएको हो।जेनजी आन्दोलनको बदलिँदो परिस्थितिलाई चिर्दै देशले पहिलो महिला प्रधानमन्त्री पाएको हो। छ महिनाभित्र निर्वाचन गर्ने गरी उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।सपथ समारोहमा उनका श्रीमान् दुर्गा सुवेदी, उपराष्ट्रपति रामप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रपति सल्लाहकार सुनिल थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विदेशी कूटनीतिक समुदायका वरिष्ठ व्यक्तित्व उपस्थित थिए। राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् गठन र कार्यविभाजनको निर्णय सार्वजनिक गर्दै प्रारम्भिक रूपमा अर्थ, उद्योग, वाणिज्य ...
जेन–जी समूहको आकस्मिक पत्रकार सम्मेलन, ११ बुँदे माग सार्वजनिक

जेन–जी समूहको आकस्मिक पत्रकार सम्मेलन, ११ बुँदे माग सार्वजनिक

ताजा समाचार, मुख्य समाचर
पोखरा जेन–जी गण्डकी प्रदेशले पोखरामा आकस्मिक पत्रकार भेटमा आफूहरू कुनै राजनीतिक दल वा राजावादी नभएको स्पष्ट पार्दै ११ बुँदे माग सार्वजनिक गरेको छ। प्रतिनिधिहरूले पत्रकार भेटमै भने,“हामी कुनै दलमा छैनौं, न त राजावादी हौं। जेन–जी हाम्रो आफ्नै परिचय हो। सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुखका रूपमा सुझाव दिएको मात्रै हो, यो कुनै दलगत स्वार्थ होइन।”उनीहरूले देशभरको जेन–जी गतिविधि सम्झिँदै पत्रकार भेटमै थपे,“कतै जेन–जीले आगो लगाएको थियो, कतै निभाएको थियो। कतै लुटिरहेको थियो, कतै लुट्न नदिई जगाउँदै थियो, कतै सडक सफा गर्दै थियो। जेन–जीको आत्मा भनेको जागरूकता र जिम्मेवारी हो।” समूहले पत्रकार भेटमा सार्वजनिक गरेको ११ बुँदे माग यसप्रकार छन् :हाल कायम रहेको संघीय संसद तत्काल विघटन।राष्ट्रपति आह्वानमार्फत सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने प्रस्ताव।भदौ २३–२४ को जेन–जी प्रदर्श...
Gen Z आन्दोलनको क्रममा पोखरामा कहाँ–कहाँ के–के जलेका छन् भन्ने विवरण तस्वीरमा हेर्नुहोस्।

Gen Z आन्दोलनको क्रममा पोखरामा कहाँ–कहाँ के–के जलेका छन् भन्ने विवरण तस्वीरमा हेर्नुहोस्।

ताजा समाचार, मुख्य समाचर
पोखरामा ठूलो मात्रामा तोडफोड र आगजनीका घटना भएका छन्। पोखरा महानगरपालिकाको कार्यालयमा तथा अन्य स्थानहरूमा पनि आगजनी भएको खबर आएका छन्। तर हालसम्म क्षतिको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। तस्वीरमा पोखराका यी विभिन्न स्थानमा भएको आगजनी र तोडफोडका दृश्यहरू हेर्न सकिन्छ। फोटो :- प्रकाश अधिकारी भिडीयो हेर्नुस :- http://youtu.be/dvAngQxIMOU ...
पोखरा र काठमाडौंमा जेन–जेड आन्दोलनः कफ्र्यू आदेश जारी, गोली लागेर घाइते र देशभर १९को मृत्यु

पोखरा र काठमाडौंमा जेन–जेड आन्दोलनः कफ्र्यू आदेश जारी, गोली लागेर घाइते र देशभर १९को मृत्यु

ताजा समाचार, मुख्य समाचर
पोखरा – जेन–जेडको आन्दोलन अनियन्त्रीत भएसँगै पोखरामा कफ्र्यू आदेश जारी गरिएको छ। आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोडफोड समेत गरेका थिए। प्रदर्शनकारीले प्रदेश वन मन्त्रालयको बा२झ ४२२ नम्बरको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म शहीद, राष्ट्रबैंक चोक र मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा कफ्र्यू आदेश जारी भएको जानकारी दिइन्। पोखरामा रबरको गोली लागेर विनेस गुरुङ घाइते भएका छन्। उनको आँखा भन्दा माथिको भागमा गोली लागेको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। ...
पोखरामा कलाकार विश्व केसीको ‘स्यान्ट्याक्स अफ अब्स्ट्र्याक्सन – डिस्प्ले अफ अब्स्ट्र्याक्ट’ शीर्षक कलाकृति प्रदर्शनी

पोखरामा कलाकार विश्व केसीको ‘स्यान्ट्याक्स अफ अब्स्ट्र्याक्सन – डिस्प्ले अफ अब्स्ट्र्याक्ट’ शीर्षक कलाकृति प्रदर्शनी

ताजा समाचार, मुख्य समाचर
पोखरा, नयाँबजारस्थित आर्ट ग्यालरीमा कलाकार विश्व केसीले तयार पारेका २९ वटा अमूर्त (Abstract) कलाकृति तीन दिनका लागि “Syntax of Abstraction – Display of Abstract” शीर्षकअन्तर्गत प्रदर्शनी कार्यक्रममार्फत राखिएका छन्। कलाकारले पोखरामा पहिलो पटक एकल अमूर्त कला प्रदर्शनी गरेर दर्शक तथा कलाप्रेमीबीच प्रतिक्रिया लिन खोजेको बताए। कार्यक्रममा स्थानीय कला प्रेमी, वरिष्ठ तथा सिर्जनशील कलाकारहरूको उपस्थिति रहेको थियो। वरिष्ठ चित्रकार तथा कार्टुनिस्ट दुर्गा बरालले केसीका कलाकृतिहरू प्रारम्भिक कामभन्दा अझ परिष्कृत र सशक्त बन्दै गएको टिप्पणी गर्दै, निरन्तरता पाएमा नेपाली कलामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।  बरिष्ठ कलाकार यादवचन्द्र भुर्तेलले केसी कलामा दौडिरहेका व्यक्तित्व भएको बताउँदै, लक्ष्यमा पुग्न निरन्तरता र लगनलाई अझ मजबुत बनाउन सुझाव दिए। रेस्टुरेन्ट व्यव...
उत्कृष्ट विद्यार्थी लक्ष्मी विध्या पदकबाट सन्मानित, पत्रकार बिष्ट पुरस्कृत

उत्कृष्ट विद्यार्थी लक्ष्मी विध्या पदकबाट सन्मानित, पत्रकार बिष्ट पुरस्कृत

ताजा समाचार, मुख्य समाचर
आइतबार नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा पोखराको जेष्ठ उध्योग तथा व्यापारीक सँस्था उद्योग वाणिज्य सँघले सञ्चालन गर्दै आएको नेपालको प्रतिष्ठित व्यवशायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका आयोजना गरि तीनजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ। ।उध्योग बाणिज्य सँघको ७१औँ साधारण सभाको उद्घाटन कार्यक्रमको अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको छ भने पत्रकार विष्ट लाई पुरस्कृत गरिएको छ। । यस वर्षको आयोजित सन्मान कार्यक्रममा लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन् । स्थापित विध्या पदक सँगै स्नातकोत्तर विद्यार्थीलाई रु...